‘सहकारी ऐन मैले नै रोकेको हुँ

‘सहकारी ऐन मैले नै रोकेको हुँ

काठमाडौं: सहकारी तथा गरिवी निवारण मन्त्री अम्बिका बस्नेतले आफूले नै सहकारी ऐन रोकेको बताएकी छिन्।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को ३० औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री बस्नेतले सहकारी ऐन थप अध्ययन गर्नुपर्ने भएकाले कार्यसूचीमा रहेपनि पारित हुनबाट रोकेको बताएकी हुन्। ‘मेरो पालामा ऐन पारित हुँदै छ, तर मैले अध्ययन गर्न पाउनु नाजायज होइन' उनले भनिन्। केही समयको अध्ययनपश्चात ऐन छिट्टै पारित गर्ने उनको भनाई छ।

संविधान बन्न गाह्रो भएझैं सहकारी ऐन बन्न पनि केही समय लागेपनि यसले सबैलाई चित्त बुझाउन नसक्ने मन्त्री बस्नेतले बताइन्। सहकारी बैंकको मोडेलबाट अघि बढेको भन्दै सहकारी संस्था सहकारीकै सिद्वान्तमा सञ्चालन हुनुपर्नेमा जोड दिइन्। मन्त्री बस्नेतले सहकारीले उत्पादन वृद्वि र रोजगारी सिर्जना गर्न सके युवा पलायन रोक्न सकिनेमा विश्वस्त रहेको बताइन्।

सहकारीले धेरैलाई रुवाएको भन्दै मन्त्री बस्नेतले सहकारी ऐन पारित भएपश्चात सहकारी पीडितले न्याय पाउने बताइन्। सहकारीले आर्थिक सशक्तीकरणमा जोड दिनुपर्ने र तल्लोस्तरको वर्गको उत्थानमा केन्द्रीत हुनुपर्ने उनको भनाई थियो। सहकारीमार्फत गरिबी निवारण गर्न सकिनेमा विस्वस्त रहेको उनले बताइन्। सहकारीका समस्या समाधान गर्न सहकारी अभियान र राज्य सँगसँगै हिड्नुपर्ने उनको भनाई थियो। 

कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीको साइनबोर्ड राखेर अपराध गर्न कसैलाई पनि छुट नभएको बताए। ओरियन्टललगातका सहकारी डुब्नुमा अभियानको कमजोरी नभई राज्यकै कमजोरी भएको बडालको भनाई थियो। ‘सहकारी ऐन कम्परमाइज डकुमेन्ट हो, तर पारित हुन ढिलाई भए राज्य तथा अभियान सबैलाई अफ्ठेरो पर्न सक्छ' उनले भने।

ऐन रोक्न खोज्नेहरुको पछाडी स्वार्थ हुन सक्ने भन्दै अध्यक्ष बडालले सहकारी सिद्वान्तभन्दा बाहिर गएर ऐन आउन नहुने बताए। सहकारीको बाटो नहिँडी समाजवादको गन्तव्यमा पुग्न नसकिने बडालको भनाई थियो। सहकारीको गतिशीलता र व्यापकतामा अवरोध नहुने गरी ऐन आउनुपर्ने बडालले बताए।

राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष सरोजकुमार शर्माले सहकारीलाई उद्यम र उत्पादनशील क्षेत्रमा जान अभिप्रेरित गर्नेगरी ऐन ल्याउनु अहिलेको आवश्यकता भएको बताए। उत्पादनमैत्री ऐन ल्याउनका लागि सबै चनाखो भएर लाग्नुपर्ने उनको भनाई थियो।

सांसद एवम् राष्ट्रिय सहकारी संघका उपाध्यक्ष ओमदेवी मल्लले बचत सहकारीको बाहुल्यता धेरै पनि नेफ्स्कूनसँग आवद्व न्यून हुन दुःखद भएको बताइन्। कांग्रेसले सहकारी अभियानलाई सधैँ नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उनले सुनाइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.