उपप्रधानमन्त्री याङद्वारा राष्ट्रिय आयुर्वेद अनुसन्धानको अवलोकन

 उपप्रधानमन्त्री याङद्वारा राष्ट्रिय आयुर्वेद अनुसन्धानको अवलोकन

काठमाडौँ: चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले नेपालमा आयुर्वेदको विकास र विस्तारका लागि चीन सरकारले पूर्ण सहयोग गर्ने बताएको छ।


कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र अवलोकनका लागि बुधबार पुग्नुभएका उपप्रधानमन्त्री याङले आयुर्वेदको अनुसन्धानका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

स्वास्थ्य सचिव किरण रेग्मीले नेपाल सरकार संघीयतामा गएपछि सातै प्रदेशमा आयुर्वेद अस्पताल निर्माण गर्ने लक्ष्य लिएको र त्यसका लागि चीन सरकारका तर्फबाट आबश्यक सहयोग गर्न उपप्रधानमन्त्री याङसँग आग्रह गरे।


राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्रका कार्यकारी निर्देशक डा सिद्धार्थकुमार ठाकुरले आयुर्वेदको क्षेत्रमा अनुसन्धान गर्नु केन्द्रको एक मात्र उद्देश्य भएको बताए।

चीन सरकारले सन् २००९ मा रु ६८ करोडको लगानीमा अनुसन्धानका सो केन्द्रको भवन निर्माण गरी सन् २०११ मा नेपाल सरकारलाई हस्तान्तरण गर्नुका साथै रु २४ करोड बराबरको चिकित्सा सम्बन्धी उपकरण पनि उपलब्ध गराएको छ।

सो केन्द्रबाट हाल शल्य चिकित्सा, स्त्री, प्रसूति सेवा अर्बुद्ध रोग उपचार, अकुपञ्चर, रेडियोलोजी, प्याथोलोजीलगायतका सेवा प्रदान हुँदै आएको छ। अन्तरंग सेवाअन्तर्गत पञ्चकर्म, क्षारसुत्र सेवा, स्वस्थ्यत सेवा, कौमारभृत्य, योग तथा फिजियोथेरापी, एक्सरे, सिटी स्क्यान र टेलीमेडिसिनलगायतका सेवा सुरु हुने तयारीमा रहेको केन्द्रले जनाएको छ। रासस

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.