सस्तोमा औषधी बेच्दा अस्पताललाई नाफा

सस्तोमा औषधी बेच्दा अस्पताललाई नाफा

चितवन : आफ्नै फार्मेसी सञ्चालनबाट भरतपुर अस्पतालले करोड आम्दानी गरेको छ। विरामीलाई सस्तोमा औषधी विक्री गरेर पनि नाफा गरेर अस्पतालको आम्दानी बृद्धि गरेको छ।

फार्मेसी सञ्चालनबाट अस्पतालले ९ महिनामा १ करोड ६ लाख ५० हजार आम्दानी गरेको छ। चितवनको एक मात्र सरकारी भरतपुर अस्पतालले गतवर्षदेखि आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको हो । यसअघि अस्पतालले नीजि फार्मेसीलाई मासिक १७ लाखमा सटर भाडामा दिने गरेको थियो । अस्पतालले नै फार्मेसी संचालन गरेपछि मासिक २० लाख आम्दानी गर्न थालेको छ।

साउन महिनामा २० लाख रुपैया आम्दानी भएको फार्मेसीका स्टोर प्रमुख राजकुमार ढुङ्गानाले बताए। ‘हामीलाई नाफा चाहिएको होईन, अन्तभन्दा धेरै सस्तोमा औषधी विक्री गरेका छौ' उनले भने ‘अस्पतालले सेवामूलक काम गर्दा दिदाँ पनि आम्दानी बढेको छ'। अस्पतालले गतवर्षको कार्तिक महिनाबाट आफै फार्मेसी सञ्चालन गरेको थियो । पहिलो महिनामै साढे तीनलाख आम्दानी भएको थियो।

त्यसका लागि सरकारले १५ रुपैयाँ दिएको थियो। सरकारबाट आएको रकम चलाउन नपाईने भएपछि उधारोमा औषधी किनेर फार्मेसी चलाईएको थियो। सस्तोमा औषधी बिक्रि गर्दा पनि अहिले मासिक ३ रुपैया बढी आम्दानी भएको छ। सार्वजनिक खरिद ऐन अनुसार औषधी खरिद गरिएको छ । टेण्डरबाट औषधी खरिद गर्दा कतिपय उच्च गुणस्तरका औषधी तथा सामाग्री किन्न नसकेको अस्पतालले जनाएको छ।

अस्पतालको फार्मेसीमा औषधी किन्नेको भीड लाग्ने गरेको छ। अहिले फार्मेर्सीको काउण्टर थप्ने तयारी गरिएको छ। यसअघि बजेट अभावको कारण फरक फरक कम्पनीको औषधी राख्न समस्या थियो। आम्दानी बढेपछि चिकित्सकको सिफारिस गरिएको कम्पनीको औषधी राख्न थालिएको छ। ‘बजेट नहुँदा सुरुमा जटिल प्रक्रिया लाग्यो ,औषधी बेचेर तिर्ने भनी उधारोमा औषधी किनेर चलायो' अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. रुद्र प्रसाद मरासिनीले भने ‘सरकारको निति र जनताको सुविदाको लागि आफैले फामेर्सी चलाएका हौ।'

सरकारको स्वास्थ्य विमा कार्यक्रम लागू भएपछि यसका लागि सहज गराउन खोजिएको हो। सरकारी स्वास्थ्य विमा गराउनेहरुको उपचार भरतपुर अस्पतालमा हुने छ। उनीहरुको सुविदाका लागि पनि सस्तोमा गुणस्तरीय औषधीको सुविदा हुने अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले बताए। ‘जनताको अस्पताल भएपछि जनतालाई सुविधा हुनुपर्छ भनेर लागेका हौ' राजभण्डारीले भने ‘अस्पतालको हरेक सेवा विरामी मैत्री बनाएका छौ।' फार्मेसी सञ्चालन गरेपछि १३ जनाले प्रत्यक्ष रोजगार पाएका छन।

अस्पतालले सेवा विशिष्टीकरण गर्दै गएको छ। पछिल्लो पटक नेपालकै ठुलो सिटिस्क्यान मेसिन ल्याएको छ। अस्पतालमा न्यूरो सर्जरीको सेवा सुरु गरेको छ। अस्पतालबाट हुने खर्च कटौतीका लागि अस्पतालले लुगा धुने मेसिन, अक्सिजन प्लाण्ट, फोहोर ब्यवस्थापनलगाएतको काम गर्न थालेको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.