विराटनगर भन्सार ठप्प

विराटनगर भन्सार ठप्प

विराटनगर : भारतीय बाढीपीडितले गरेको आन्दोलनका कारण विराटनगर भन्सार कार्यालयको काम ठप्प भएको छ । पाँच दिनदेखि सीमामा भइरहेको आन्दोलनले भन्सार राजस्व असुली प्रभावित भएको छ । ठूला मालवाहक गाडी आउन सकेका छैनन् भने नेपालतर्फबाट समेत मालसामान निर्यात ठप्प छ।

गत शनिबार आएको बाढीमा परेर मरेका भारतीय नागरिकलाई त्यहाँको सरकारले राहत तथा क्षतिपूर्ति नदिएको भन्दै पाँच दिनदेखि सीमाको जोगबनी नाकामा दिनहुँ प्रदर्शन भइरहेको छ । विहार सरकार र अररिया जिल्ला मेजिस्ट्रेड कार्यालयले समेत वास्ता नगरेको भन्दै भारतीय नागरिकले नेपाल-भारत सीमाको जोगबनी नाकामा टायर बालेर प्रदर्शन गरिरहेका छन् । यसका कारण भारतबाट नेपालतर्फ आउने मालवाहक सवारी आवगमनमा समस्या भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

बाढीप्रभावितको आन्दोलनले भन्सार असुलीमा ठूलो असर गरेको भन्सार कार्यालयका प्रवक्ता दिलीप केसीले बताए । साउन २८ गतेदेखि मालवाहक गाडी सीमापारि रोकिएको तर उताको यार्डमा भएका गाडी भने लगभग सीमासम्म आइसकेको विराटनगर भन्सार कार्यालयको भनाइ छ । गाडी नआउँदा भन्सार असुली घट्ने क्रम सुरु भएको हो । दैनिक साढे ६ करोड रुपैयाँसम्म राजस्व संकलन गरिरहेको कार्यालयले अहिले मुस्किलले पाँच लाख मात्र संकलन गरिरहेको छ ।


ठूला मालवाहक गाडी आउन सकेका छैनन् भने नेपालतर्फबाट समेत मालसामान निर्यात ठप्प छ ।

सडकको दूरवस्था र जीर्ण भारतीय पुलका कारण भारततर्फ करिब पाँच सयकोे संख्यामा मालवाहक गाडी थन्किएको विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष बिजेन्द्र परासरले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.