महोत्तरीका किसानको गुनासो, 'बाढीले धान खेत डुबायो, जीवन कसरी चलाउने?'

महोत्तरीका किसानको गुनासो, 'बाढीले धान खेत डुबायो, जीवन कसरी चलाउने?'

बर्दिवास: धान रोप्ने समयमा असारे पानी परेन। पम्पीसेटबाट पानी तानेर महोत्तरीको वलवाका ५६ बर्षीय नरेश यादव २५ कठ्ठा धान रोपे।

मजदुरी गरेर कमाएको १८ हजारको डिजेल खर्चे उनले धान रोपाइ गरे धान रापाई सिजनमा बर्षा नहुँदा नरेशलाई धान रोप्न हम्मेहम्‍मे पर्‍यो। जेन तेन उनले धान रोपे।बर्षभरी हात मुख जोड्न बाली लगाए।धान रोपाइले नरेश खुशी नै थिए।

शनिबार राति अविरल बर्षाले रातु खोलमा ठूलो बाढी आयो।पुरै धान खेत खोलाको भेलमा डुब्यो। बाढीसँगै बगेर आएको वालुवाले धानलाई खेतमै पुरिदियो। विहान नरेश धान खेतान पुग्दा उनी धान खेत पुरेको देखेर मुर्छित भए।

'एक त बाढीले किसानको ज्यान लियो।अर्को पानी परेन। पम्पीसेटबाट रोपेको धान पनि खोलाले डुवाइदियो,' उनले भने, 'हाम्रो मुख्य आम्दानीको श्रोत धान खेती थियो। त्यो पनि खतम भयो। अब कसरी पालने परिवार र कसरी चलाउने जीवन?'

यस्तै, नरेशका छिमेकी सुरेश साहले यसपटक १० कठ्ठा धान खेती गरेका थिए।उनको पनि धान बाढीको भेलले डुबायो।उनले भने, 'बाढी घर पनि डुबायो।धान खेत पनि सखाप गर्‍यो।अब गर्ने के? न बस्ने घर छ, न बर्षभरी खाने अन्न उब्जने रोपेके धान छ।'

धान किसानहरुले राहत वितरण गर्न सरकारसँग माग गरेका छन्।किसान शैलेन्द्र यादव भन्छन्, 'हामीलाई अरु लोभ छैन।वास्तविक क्षतिपूर्ति सरकारले हामीलाई दियोस्।'

सरपल्लोका धान किसान सञ्‍जीव यादवका अनुसार बाढीले धान किसान शोकका डुबेका छन्।सरकारले किसानहरुको पीडा मलहम पट्टी गर्नुपर्छ। किसान त्यसै पनि मरेको छ।

महोत्तरीका ललक बासमती, साँवासव, सर्नासव(१) लगायतका जातका धान रोपिएको थियो। प्रारम्भि तथ्यांक अनुसार बाढीले २२ हजार ५ सय हेक्टर धान खेती डुवानमा परेको जिल्ला कृषि विकास कार्यालय महोत्तरीका वरिष्ठ कृषि अधिकृत सुकेश्वर झाले बताए।

उनले भने, 'पानी नपरेका कारण महोत्तरीमा यस बर्ष ६० प्रतिशत धान रोपाई भएको थियो। त्यो सबै धान खेत डुवानमा परेको छ,' उनले भने,'बाढीमा डुबान भएको धान खेतको तथ्यांक लिन पाँच टोलि खटाएका छौं। दुई दिन भित्रमा वास्तविक डुवानको डाटा आउँछ।'

पम्पि सेट, खोलाको पानीले सिचाई गरेर धान रोपाई गरिएको थियो।जोताई, बीउ, मल, ज्याल बढेकाले मँहगो मुल्यमा महोत्तरीका किसानहरुले धान रोपाइ गरेका बनौटाका किसान दीपेन्द्र सिंहले बताए। महोत्तरीमा यस बर्ष २२ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती लगाइएको थियो। यहाँ ३५ हजार ५ सय हेक्टरमा धान खेती हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.