शान्तिको लागि युवाले बन्दुक उठाउन नपरोस्: ढुंगेल

शान्तिको लागि युवाले बन्दुक उठाउन नपरोस्: ढुंगेल

काठमाडौं: राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले शान्ति र समृद्धिको लागि युवाहरुले पटकपटक बन्दुक उठाउन पर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुक्रबार राजधानीमा भएको युवा शान्ति सम्मेलन उद्घाटन गर्दै कार्यकारी उपाध्यक्ष ढुंगेलले युवाहरुले खोजिरहेको शान्ति र समृद्धि अहिलेसम्म प्राप्त नभएको बताएका हुन्।

विश्वमै सबैभन्दा बढी संख्यामा रहेका युवाहरुलाई उपेक्षा गरेर विश्वमा शान्ति र समृद्धि प्राप्त नहुने उनको भनाइ थियो।'हामीले खोजेको शान्ति र समृद्धि प्राप्त भएको छैन।त्यसको लागि नै हतियार उठाइन्छ, मसालको राँको बालिन्छ', उनले भने, 'त्यसैले युवाहरुले शान्ति र समृद्धिको लागि पटकपटक बन्दुक उठाउन पर्ने अवस्थाको अन्त्य हुनुपर्छ।'

कार्यकारी उपाध्यक्ष ढुंगेलले युवाहरुको लागि पर्याप्त रोजगारी सिर्जना नगरिएसम्म शान्तिको लागि आन्दोलन, संघर्ष र युद्धसम्म भइरहने स्पष्ट पारे।उनले ४० प्रतिशतको संख्यामा रहेका नेपाली युवाहरुलाई उपेक्षा गरिए देशमा दिगो विकास र समृद्धि प्राप्त नहुने पनि बताए।

युवाको क्षेत्रमा कार्यरत २३ वटा युवासम्बन्धी संघसंस्थाहरुसँगको सहकार्यमा भएको उक्त सम्मेलनमा युवा तथा खेलकुद मन्त्रालयका उपसचिव ज्ञानराम सुवेदीले युवाहरुको लागि लगानीको क्षेत्रको पहिचानमा मन्त्रालयले कार्य गरिरहेको जानकारी दिए।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुवोधराज प्याकुरेलले अहिलेका युवासामु अवसरको खुला आकाश नै भएकाले समाज र देशमा दिगो शान्ति र समृद्धिको लागि युवाहरु लाग्नु जरुरी रहेको बताए।

करिब एकसय युवायुवतीको सहभागिता रहेको सम्मेलनमा ग्लोबल पिसका डा.चूडामणि भट्टराई, महिला अधिकारकर्मी रीता साह, सामाजिक अभियन्ताद्वय श्रीकृष्ण सिम्खडा र सुवर्ण बस्नेतले शान्ति र समृद्धिको लागि युवाहरुको भूमिका, जिम्मेवारी र दायित्वबारे प्रस्तुतीकरण गरेका थिए।

युवामार्फत व्यक्ति, घरपरिवार, समाज हुँदै देश र परदेशसम्म दिगो शान्ति स्थापना गर्न टेवा पुर्‍याउने उद्देश्यले युवा शान्ति सम्मेलन गरिएको आयोजक राष्ट्रिय युवा महासंघ नेपालका केन्द्रीय अध्यक्ष राजुसिं बजिकोले जानकारी दिए।उनले युवाहरुलाई हत्याहिंसा, द्वन्द्वबाट टाढा राख्दै शान्ति र समृद्धिमा लाग्न अभिप्रेरित गर्ने उद्देश्यले सम्मेलन गरिएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.