भारत नेपालीसँग काँधमा काँध मिलाउन तयार: मोदी
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार अपरान्ह टेलिफोन वार्ता गरेका छन्।
मोदीले टेलिफोन वार्तामा तराई बाढीले पुर्याएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । मोदीले वार्ताकै क्रममा भारत सरकारको तर्फबाट २५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्। नेपाली जनतासँग भारत सरकार काँधमा काध मिलाउन तयार रहेको मोदीको भनाइ रहेको प्रधानमन्त्री देउवाले बताएका छन्।
Spoke to Nepal PM, Rt. Hon. Sher Bahadur Deuba. Expressed condolences on the loss of lives due to flooding in Nepal.
— Narendra Modi (@narendramodi) August 18, 2017
भारतीय प्रधानमन्त्री मोदीले बाढीका कारण ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको परिवारप्रति समवेदना व्यक्त गरे। ‘भारतीय प्रधानमन्त्रीले बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्दार र राहत कार्यमा सक्दो सहयोग गर्ने वचन दिनुभयो,’ प्रधानमन्त्री देउवाले टेलिफोन वार्तापछि भने।
India stands shoulder to shoulder with the people of Nepal & is ready to provide all possible relief assistance.
— Narendra Modi (@narendramodi) August 18, 2017
भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासँग राहत र उद्धार कार्यमा भारत सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।