टेलिकमको प्राथमिकतामा फोरजी

टेलिकमको प्राथमिकतामा फोरजी

काठमाडौं : नेपाल टेलिकमले द्रुत गतिको मोबाइल इन्टरनेट (फोरजी)लाई लगानी प्राथमिकतामा राखेको छ । टेलिकमले काठमाडौं उपत्यका र पोखरामा दिइरहेको फोरजी सेवा अब एकैपटक देशैभर पुर्‍याउने गरी आक्रामक योजना सार्वजनिक गर्ने तयारी गरेको छ । फोरजीको सेवा विस्तारका लागि सार्वजनिक प्रस्ताव आह्वान गर्ने टेलिकमको तयारी छ ।

टेलिकमले सञ्चालक समितिसमक्ष बोलपत्र आह्वानको प्रक्रिया स्वीकृत गराउन प्रस्तावसमेत पेस गरेको छ । यस विषयमा समितिमा छलफल सुरु भएको टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजण्डारीले जानकारी दिइन् । टेलिकमले गत पुसबाटै फोरजी विस्तार थालेको हो । नयाँ फ्रिक्वेन्सी, सीडीएमए र वाइम्याक्सका उपकरण व्यवस्थापन र एलटीईको स्पेस निर्माणलगायतका कारण विस्तारमा ढिलाइ भएको छ । फोरजी नयाँ प्रविधि भएको हुँदा अध्ययनमै समय लागेको राजभण्डारीको भनाइ छ ।

टेलिकमले चालू आर्थिक वर्षमा कम्पनीको सेवा तथा गुणस्तर सुदृढीकरणमा २२ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ ।

टेलिकमले चालू आर्थिक वर्षमा कम्पनीको सेवा तथा गुणस्तर सुदृढीकरणमा २२ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । यो लगानीको यति प्रतिशत फोरजीमा भनेर नछुट्ट्याएको भए पनि नयाँ प्रविधिमै अधिकांश रकम लगानी हुने राजभण्डारीको बताइन् । टेलिकम पुरानो प्रविधि विस्थापन गर्दै नयाँ प्रविधिलाई आत्मसात् गर्दै जान थालेको छ ।

अहिले सेवा दिइरहेको सीडीएमए र वाइम्याक्ससहितका प्रविधि फोरजीको तुलनामा कम उपयोगी छन् । अब जति पनि नयाँ अनुसन्धान र आविष्कार सबै फोरजी तथा फाइभजीमा हुन थालेको छ ।

डाटा सेवामा निकै प्रभावकारी प्रविधि पनि फोरजी नै हो । यो प्रविधिको कभरेज र क्षमता बढाएर देशैभर सेवा विस्तार गर्न लागिएको टेलिकमको भनाइ छ । टेलिकमका अनुसार टूजीमात्रै पुगेको स्थानमा र थ्रीजी पुगिसेककासहित सबै ठाउँमा अब एकैपटक फोरजीको प्रविधि पुग्ने भएको छ । टेलिकमले फोरजी चलाउनकै लागि थप फ्रिक्वेन्सीको आवश्यकतासमेत उल्लेख गरेको टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले बताए । ‘टेलिकमले हाल १८ सय ब्यान्डविथमा प्रविधि तटस्थताका आधारमा फोरजी सुरु गरको छ ।' अझै पाँच मेगाहर्ज सोही ब्यान्डमा फ्रिक्वेन्सी आवश्यक भएको अधिकारीले जानकारी दिए ।

एक करोड मोबाइल सेवा विस्तार

टेलिकमले आर्थिक वर्ष २०७४/०७५ भित्रै एक करोड मोबाइल सेवा विस्तार गर्ने भएको छ । टेलिकमले मुलुकभर गुणस्तरीय मोबाइल सेवा उपलब्ध गराउने उद्देश्यअनुसार चालू आवभित्रै सेवा विस्तारको योजना सम्पन्न गर्ने योजना अघि सारेको छ । यो सेवा विस्तारबाट दुर्गम तथा बिकट ग्रामीण भेगसम्मका ग्राहकलाई सेवा दिइनेछ ।

हाल टेलिकमको मोबाइल प्रायोगकताएको संख्या एक करोड ५३ लाख १८ हजार छ । यो संख्या अघिल्लो वर्षको तुलनामा १९ प्रतिशतले बढी हो । मोबाइल सेवाको प्रयोगकर्ता बढ्दै गएका कारण टेलिकमको सीडीएमए र ल्यान्डलाइनको वृद्धिदर भने निकै न्यून छ । सीडीएमएको वार्षिक वृद्धिदर तीन र ल्यान्डलाइनको एक प्रतिशत रहेको टेलिकमको गत असार मसान्तसम्मको तथ्यांकले देखाएको छ ।

दैनिक २२ सय नयाँ प्रयोगकर्ता

टेलिकमको मोबाइल डाटा तथा इन्टरनेट प्रयोगकर्ता दैनिक २२ सयले थपिँदै गएका छन् । टेलिकमले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार एक वर्षमा आठ लाख १३ हजार तीन सय २५ याँ प्रयोगकर्ता थपिएका छन् । अघिल्लो वर्ष टेलिकमको कुल डाटा प्रयोगकर्ताको संख्या ७६ लाख सात हजार सात सय ६९ रहेकामा गतवर्ष ८४ लाख २५ हजार आठ सय ९४ पुगेको छ । यो संख्या कुल इन्टरनेट प्रयोगकर्ताको तथ्यांकमा आधारित रहेको टेलिकमले जानकारी दिएको छ ।

टेलिकमको अहिले पनि बजारमा डाटा सेवाको बजार हिस्सा ५४ प्रतिशत छ । ४४ प्रतिशतको बजार हिस्सा एनसेलको छ भने बाँकी अन्य कम्पनीको बजार हिस्सा रहेको पनि नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत वैशाखसम्मको तथ्यांकले देखाएको छ ।




प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.