चार वर्षमा पनि आएन बिजुली

चार वर्षमा पनि आएन बिजुली

मंगलसेन : अछामको कैलाशखोलास्थित अछाम साना जलविद्युत् केन्द्रको नहर भत्किएको चार वर्ष बितिसक्दा पनि विद्युत् उत्पादन अझै सुचारु हुन सकेको छैन ।चार वर्षअघि २०७० भदौ ७ गते राति भत्किएको विद्युत्को नहर मर्मतको काम सकिएको छ ।

ढिलै भए पनि भत्किएको नहर र टर्बाइनसमेत मर्मत भएर विद्युत् उत्पादन हुने अवस्थामा पनि सुचारु हुन नसकेको हो । चार सय किलोवाट क्षमाताको आयोजनाबाट उत्पादित विद्युत् यसअघि सदरमुकाम मंगलसेन, साँफेबगरलगायत आसपासका क्षेत्रमा वितरण गरिएकोमा अब भने त्यसलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नुपर्नेछ ।

 

कर्मचारी अभाव र राष्ट्रिय प्रसारण लाइनमा जोड्न सिन्कोमाइजर नामक उपकरण अभावमा विद्युत् उत्पादन सुचारु गर्न नसकिएको नेपाल विद्युत् प्राधिकरण अछाम वितरण केन्द्रका प्रमुख रोशनकुमार ठाकुरले जानकारी दिए । ‘गत असारमै नहर र टर्बाइन मर्मतको काम सम्पन्न भइसकेको हो । तर पनि उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण केन्द्रमा जोड्न आवश्यक उपकरण र कर्मचारी अभावका कारण समस्या थपिएको हो', ठाकुरले भने, ‘आवश्यक नयाँ दरबन्दी सिर्जना गर्नुपर्ने र उपकरण खरिद गर्न क्षेत्रीय कार्यालयलाई जानकारी गराइसकिएको छ ।'

पुरानो विद्युत् वितरणको समयमा २८ कर्मचारीको दरबन्दी भए पनि हाल विद्युत् विस्तारको काम बढेकाले कैलाशखोला जलविद्युत् आयोजना सुचारु गर्न थप ८/९ कर्मचारी आवश्यक रहेको ठाकुरले जानकारी दिए । नहर भत्किएको करिब एक महिनाभित्र मर्मत कार्य सम्पन्न हुने भनिए पनि कार्यालयको बेवास्ताका कारण करिब ९ महिनासम्म मर्मत प्रक्रिया सुरु हुन सकेन ।


चार वर्षअघि २०७० भदौ ७ गते राति भत्किएको विद्युत्को नहर मर्मतको काम सकिएको छ ।

समयमै नहर मर्मतको काम सम्पन्न नहुँदाजिल्लावासीले राष्ट्रिय प्रसारणलाइनको लामो लोडसेडिङको मार खेप्नुपरेको छ । साथै आयोजना सञ्चालन नहुँदा मेसिनमा खिया लागेको छ । पुरानो मेसिन भएका कारण मेसिनमा खिया लागेको हो । २०५३ सालमा निर्माण सकिएको विद्युत्को नहर मर्मतसम्भार नगर्दा पूरै जीर्ण बनेको छ । नहरका साथै मेसिनसमेत पुरानो भएकाले ठाउँठाउँबाट पानी चुहिन्छ । २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले बम विस्फोटन गरी विद्युत् केन्द्र ध्वस्त बनाएको थियो ।

नहर भत्किनुअघि साविक १६ गाविसका दुई हजार आठ सय ५५ उपभोक्ताले विद्युत् सेवा पाएका थिए । यसबाट मासिक १२ लाख रुपैयाँभन्दा बढी विद्युत् महसुल संकलन हुँदै आएको प्राधिकरण अछाम वितरण केन्द्रले जानकारी दिएको छ । चार वर्षसम्म विद्युत् अवरुद्ध हुँदा करिब पौने ६ करोड रुपैयाँ गुमेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.