रसुवागढीमा लक्ष्य भन्दा एक सय २० प्रतिशत बढी राजश्व संकलन

रसुवागढीमा लक्ष्य भन्दा एक सय २० प्रतिशत बढी राजश्व संकलन

नुवाकोट: नेपाल-चीन प्रवेशको लागि हाल सन्चालनमा रहेको एकमात्र रसुवागढी नाकावाट राजश्व संकलनमा वढोत्तरी भएको छ।गत आर्थिक वर्षमा टिमुरेमा रहेको रसुवागढी भन्सार कार्यालयमा लक्ष्य भन्दा एकसय २० प्रतिशत वढि राजश्व संकलन गरेको छ। चालु आर्थिक वर्षमा रसुवागढी भन्सार कार्यालयले दैनिक एक करोड रुपैयाँ राजस्व संकलन गरिरहेको छ।

 

बितेको आव २०७३/७४ मा रसुवागढी भन्सारले दुई अर्व ४३ करोड राजश्व असुली लक्ष्य राखेकोमा लक्ष्यभन्दा एकसय २० दशमलव ५५ प्रतिशत वढि अर्थात दुई अर्व ९३ करोड रुपैया राजश्व असुली गरेको भन्सार प्रमुख केदार पनेरुले जानकारी दिए।

अघिल्लो आव २०७२/०७३ मा रसुवागढी भन्सारले दुई अर्व चार करोड रुपैया राजश्व असुली गरेको थियो। वडादशैंका लागि व्यापारीहरुले सामान ल्याइरहेका कारण हाल रसुवागढी भन्सारमा सरदर दैनिक ४० थान कन्टेनरका सामान जाँचपास हुँदै आएको छ।

रसुवागढी भन्सारले चालु आव २०७४÷०७५ मा तीन अर्व ६३ करोड राजश्व संकलन असुली लक्ष्य राखेको छ। डेढ महिनाको अवधिमा १८ करोड रुपैया राजश्व संकलन भइसकेको छ।

साउनमा मात्र ६ करोड रुपैया राजश्व संकलन गरेको थियो।सोही अनुसार राजश्व संकलन गर्दै जाँदा आर्थिक वर्ष सकिनु अगावै भन्सारले आफ्नो असुली लक्ष्य पूरा गर्ने भन्सार कार्यालयले जनाएको छ।

रसुवागढी भन्सारबाट केरुङ हुँदै नेपालतर्फ स्याउ, तयारी पोसाक, विद्यूतीय सामग्री, जुत्ता चप्पल, चियापत्ति आयात हुँदै आएको छ भने नेपालबाट चीनतर्फ मैदा, कस्मेटिक सामग्री, चाउचाउ, हस्तकलाका सामग्री निर्यात हुँदै आएको छ।

अविरल वर्षात्ले पहिरो गएर रसुवागढी नाका वन्द रहदासमेत चालु आर्थिक वर्षको सुरुवातमा रसुवागढी भन्सार कार्यालयको राजश्व संकलनमा वढोत्तरी आएको हो।वर्षात् र पटकपटकको सडक अवरुद्धका कारण रसुवागढी नाका साउनदेखि डेढ महिनाको अवधिमा मात्र एक महिना अवरुद्ध भएको भन्सार प्रमुख केदार पनेरुको भनाई छ।

गत आवमा रसुवागढी नाका दुई महिना अवरुद्ध हुंदासमेत लक्ष्य भन्दा एकसय २० प्रतिशत वढि राजश्व संकलन गर्न सफल भएको हो। विनासकारी भुकम्पपछि वन्द रहेको रसुवागढी नाका गत २०७२ साल मंसिरदेखि पुनः सन्चालनमा आएको हो।

वर्षात र पहिरोले यातायात सञ्चालनमा कठिनाइ भए पनि भन्सारको पहिलो डेढ महिनाको राजस्व लक्ष्यको तुलनामा बढेको हो।बाढीपहिराका कारण चीनको केरुङ र नेपालतर्फको भूभागमा पहिरैपहिरो गएको थियो। केरुङ नाकाबाट स्याउ, विद्युतीय सामग्री, मेसिनरी औजार, कपडालगायत सामग्री आयात हुने गरेको छ।

रसुवागढी नाकावाट चीनतर्फ मैदा, चाउचाउ, हस्तकलाका सामग्री, इट्टा, खुर्सानीलगायतका सामग्री निर्यात हुदै आएको छ भने चीनवाट नेपालतर्फ विद्युतीय सामग्री, कपडा, जुत्ताचप्पल, चियापत्ति आयात हुंदै आएको छ । रसुवागढी भन्सारले गत आवमा सबैभन्दा बढी जेठ महिनामा ५३ करोड र सवैभन्दा कम फागुनमा ६ करोड रुपैया राजश्व संकलन गरेको थियो।

रसुवागढी भन्सारवाट हाल दैनिक २० देखि २५ कन्टेनर जांचपास भएर नुवाकोट हुँदै सामान काठमाडौ जान थालेको भन्सार प्रमुख केदार पनेरूले जानकारी दिए। स्याउ, प्याज, ऊन, लसुन मात्र आयात भइरहेकामा सहमतिपछि वडादसैंका लागि झिकाइएका तयारी पोसाकलगायतका व्यापारिक वस्तुको आयात बढेको हो।

यसबाट भन्सार असुली पनि वृद्धि भएको छ।'भन्सारमा दैनिक करोडभन्दा बढी राजस्व संकलन भइरहेको छ,’ उनले भने, 'यस महिनामा वुधबारसम्म १८ करोड रुपैयाँ राजस्व संकलन भएको छ।'

भूकम्पका कारण २८ महिनादेखि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवागढीबाट आयात निर्यात हुन थालेको हो। यो नाकाबाट तयारी कपडा, लेडिज सेन्डल, रबर, प्लास्टिकका जुत्ता चप्पल, हाते झोला, कम्प्युटरसम्बन्धी र प्लास्टिकका सामानलगायतका वस्तु आयात भइरहेका छन्।त्यस्तै धातुको मूर्ति, मेहन्दी, टुथपेष्ट, श्रृंगारका सामानलगायतका वस्तु निकासी हुने गरेको छ।

नयाँ तोकेको यथार्थ खरिद मूल्यअनुसार व्यापारीले सामान आयात गर्न सहमति जनाएपछि भन्सारको नियमित कारोबारसमेत बढेको हो। भन्सारले यसअघि व्यापारीले खरिद मूल्य न्यून घोषणा गरेको भन्दै समायोजन गर्न अडान लिएको थियो।

यसबाट सामानको मूल्य घोषणा र मूल्यांकनबाट घाटा व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको जनाउँदै व्यापारीले आयात गर्न आनाकारी गर्दै आएका थिए। महिनाभन्दा बढीदेखि भन्सार कारोबार ठप्प थियो।

व्यापारीले नयाँ खरिद मूल्यमा सहमत भएपछि रसुवागढीवाट आयात बढेको जनाइएको छ। रसुवागढी नाका काठमाडौवाट एकसय ५२ किलोमिटर दुरी उत्तर भोटेकोशी नदी किनारामा रहेको छ।

चीनले नेपाल प्रवेशका लागि हाल सन्चालनमा रहेको दोश्रो ठुलो रसुवागढी नाकावाट अन्तरराष्ट्रिय नाकाको रुपमा सन्चालन गर्ने घोषणा गरेको छ। चीनले आगामी सेप्टेम्वर महिनादेखि जिलोङ अर्थात् केरुङ पोर्टलाई अन्र्तराष्ट्रिय नाकाको रुपमा विकसित गर्ने घोषणा गरेको चीनको केरुङका अधिकारीले जानकारी दिएको रसुवागढी भन्सार कार्यालयका प्रमुख केदार पनेरुले जानकारी दिए।

चीनको सो निर्णयवाट रक्सौल-वीरगन्ज-गल्छी-देवीघाट-स्याफ्रुवेशी-केरुङ अन्तराष्ट्रिय मार्गको रुपमा विकसित हुने पूष्टि भएको छ। चीनको केरुङ रसुवागढी नाकावाट २७ किलोमिटर दुरी उत्तर पश्चिममा रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.