जीवन बिमा कम्पनीको नाफा घट्यो

जीवन बिमा कम्पनीको नाफा घट्यो

काठमाडौं : जीवन बिमा कम्पनीहरूको नाफा घटेको छ । आर्थिक वर्ष २०७३/७४ मा जीवन बिमा कम्पनीको नाफा ४१.५ प्रतिशत घटेर एक अर्ब ३१ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष जीवन बिमा कम्पनीले दुई अर्ब २५ करोड ८६ लाख रुपैयाँ नाफा गरेका थिए । ठूला कम्पनीको नाफा घटेका कारण समग्र नाफामा गिरावट आएको हो ।

नेपाल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बिमा कम्पनीको यो नाफा अपरिस्कृत भएको बताए । ‘नाफाको यथार्थ मूल्यांकन प्रतिवेदन आउन बाँकी छ । अहिले बिमा कम्पनीले कमाएको नाफा अपरिस्कृत तथ्यांक हो', झाले भने,‘ लेखा परीक्षणपछि जीवन बिमा कोषबाट आएको रकम समावेश गरी यथार्थ नाफा आउँछ ।'

उनका अनुसार अहिले प्रकाशित भएको र गएको वर्षभन्दा नाफा घटेका देखिएका कम्पनीको वित्तीय विवरणमा बिमांक मूल्यांकनको नाफा समावेश भएको छैन । उनले थपे, ‘यो रकम जोडेपछि सबै बिमा कम्पनीको नाफा बढ्छ, यसमा प्रमुख नाफा त जोडिनै बाँकी छ ।' अबको दुई तीन महिनापछि मात्र बिमा कम्पनीको वास्तविक नाफा कति थाहा हुने उनको भनाइ छ ।

अपरिस्कृत तथ्यांकअनुसार नेसनल लाइफ इन्सुरेन्स, नेपाल लाइफ इन्सुरेन्स र अमेरिकन लाइफ इन्सुरेन्सको नाफा घटेको छ । सूर्या, सिद्धार्थ, गुराँस, एसिएन, प्राइम र नेसनल लाइफ इन्सुरेन्सको नाफा बढेको देखिएको छ ।

नेपाल लाइफ इन्सुरेन्स

नेपाल लाइफ इन्सुरेन्सले गत आवमा ४१ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ । यो बिमा कम्पनीले यस वर्षको बिमांकीय मूल्यांकन गर्न बाँकी रहेको र त्यसपछि हुने नाफा पनि यसमा जोडिने जानकारी सीईओ झाले दिएका छन् । यो बिमा कम्पनीले अघिल्लो वर्ष ९० करोड ६६ लाख नाफा गरेको थियो । यो नाफा बिमांकीय मूल्यांकन पश्चात प्राप्त भएको ५७ करोड ८९ लाख रुपैयाँको नाफासमेत जोडेर राखिएको अन्तिम तथ्यांक हो ।

ठूला कम्पनीको नाफा घटेका कारण समग्र नाफामा गिरावट आएको हो ।

यो बिमा कम्पनीको गत आवसम्ममा तीन अर्ब नौ करोड रुपैयाँ छ । यसले जगेडा कोषमा चार अर्ब ७४ करोड रुपैयाँ जम्मा गरेको छ । यो बिमा कम्पनीले बिमा शुल्कमार्फत १२ अर्ब रुपैयाँ संकलन गरेको छ । यसले अभिकर्ता कमिसनमा एक अर्ब २२ करोड खर्च गरेको छ । यसले बिमा शुल्कमार्फत गत आवसम्ममा ५२ अर्ब ३७ करोड रुपैयाँ संकलन गरेको छ । गत आवमा मात्रै १२ अर्ब २१ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेको छ । यो बिमा कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४५ पैसा छ । यसको प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ ३६ पैसा रहेको छ ।

सूर्या लाइफ इन्स्योरेन्स

सूर्या लाइफ इन्सुरेन्सले गत आर्थिक वर्ष नौ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो बिमा कम्पनीले अघिल्लो वर्ष आठ करोड ३९ लाख रुपैयाँ यस्तो नाफा कमाएको थियो । यो कम्पनीको चुक्ता पुँजी ६५ करोड ६२ लाख रुपैयाँ छ । यसको जगेडा कोषमा ३२ करोड ४६ लाख र जीवन बिमा कोषमा दुई अर्ब ४३ करोड रुपैयाँ छ ।

यसले गत आवसम्ममा एक अर्ब ३३ करोड रुपैयाँ शुल्कमार्फत आर्जन गरेको छ । कम्पनीको बिमालेख संख्या आठ लाख आठ हजार छ । यसको बोनस दर प्रतिहजार ३५ देखि ७० रुपैयाँसम्म छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ एक सय ५४ रुपैयाँ ६९ पैसा छ ।

नेसनल लाइफ इन्सुरेन्स

नेसनल लाइफ इन्सुरेन्सले गत आवमा २३ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो बिमा कम्पनीले अघिल्लो वर्ष १६ करोड ९५ लाख रुपैयाँ गरेको नाफा थियो । यो बिमा कम्पनीको चुक्ता पुँजी एक अर्ब ३२ करोड रुपैयाँ छ । यसको जगेडा कोषमा ६१ करोड ३१ लाख रुपैयाँ छ भने जीबन बिमा कोषमा १७ अर्ब ३७ करोड रुपैयाँ छ ।

यो बिमा कम्पनीले गत आवसम्ममा चार अर्ब ९७ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । यसको बिमालेख संख्या आठ लाख ७५ हजार ९१ रहेको छ । बोनस दर ६१ देखि ८० रुपैयाँसम्म छ । यसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ४५ पैसा छ ।

लाइफ इन्सुरेनस कर्पोरेसन

लाइफ इन्सुरेनस कर्पोरेसनले गत वर्ष ११ करोड ६७ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । यो बिमा कम्पनीले अघिल्लो वर्ष ३२ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो । यसले कुल बिमा शुल्कमार्फत आठ अर्ब ७० करोड रुपैयाँ संकलन गरेको छ । कम्पनीका बिमालेख संख्या ६ लाख ६८ हजार एक सय ३८ वटा छन् । यसको घोषित मुनाफा दर (बोनस) ६१ देखि ७५ रुपैयाँसम्म छ । यसको चुक्ता पुँजी अर्ब ३३ करोड रुपैयाँ छ । यसले जीवन बिमा कोषमा ३३ अर्ब ८९ करोड रुपैयाँ र जगेडा कोषमा दुई अर्ब ६० करोड रुपैयाँ राखेको छ । यो बिमा कम्पनीको प्रतिसेयर आम्दानी आठ रुपैयाँ ७५ पैसा छ । प्रतिसेयर नेटवर्थ एक सय २६ रुपैयाँ ५ पैसा रहेको उल्लेख छ ।

अमेरिकन लाइफ इन्सुरेन्स

अमेरिकन लाइफ इन्सुरेनस मेटा लाइफको नाफा ५२.४३ प्रतिशत घटेको छ । यो जीवन बिमा कम्पनीको नाफा गत आवमा २२ करोड २४ लाख रुपैयाँ मात्रै छ । यसको नाफा अघिल्लो वर्ष ३३ करोड ९० लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा यो नाफा ११ करोड ६६ लाख रुपैयाँ कम हो । यसको जीवन बिमाकोषमा १३ अर्ब २२ करोड रुपैयाँ छ भने जगेडा कोषमा एक अर्ब नौ करोड रुपैयाँ छ । यो बिमा कम्पनीको कुल बिमाशुल्क आम्दानी तीन अर्ब आठ करोड छ । यसले सात लाख ६७ हजार बिमालेख जारी गरेको छ । यो बिमा कम्पनीले अन्तिम लेखा परीक्षण नभएको र यो पनि नाफा परिवर्तन हुन सक्ने बताएको छ ।

गुराँस लाइफ इन्सुरेन्स

गत आवमा गुराँसले तीन करोड १० लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा उसको खुदनाफा दुई करोड ६६ लाख रुपैयाँ मात्र थियो । गुराँसले सार्वजनिक गरेको गत आवको अपरिस्कृत वित्तीय विवरणअनुसार बिमाशुल्क आम्दानी २४.५८ प्रतिशत बढेर एक अर्ब २१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ९७ करोड रुपैयाँमात्र बिमा शुल्क आर्जन गरेको थियो । हालसम्म कुल बिमाशुल्क आर्जन चार अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

कुल दाबी भुक्तानी रकम २८ करोड ३९ लाख रुपैयाँ भएकामा गत आवसम्म १५ करोड ६३ लाख रुपैयाँ दाबी भुत्तानी गरेको कम्पनीले जनाएको छ । हालसम्म एक लाख ६२ हजार आठ सय १३ बिमालेख जारी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी पाँच रुपैयाँ २३ पैसा छ । एसियन तथा प्राइम लाइफ इन्सुरेन्सले पनि अघिल्लो वर्षको तुलनामा नाफा बढाएका छन् । राष्ट्रिय बिमा संस्थानले अघिल्लो वर्षदेखि लेखा परीक्षण नगरेकाले गएको वर्षको समेत वित्तीय विवरण सार्वजनिक गर्न सकेको छैन । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.