एउटै थलोमा रोजीरोजी गाडी, कुन गाडीको मूल्य कति ?

एउटै थलोमा रोजीरोजी गाडी,  कुन गाडीको मूल्य कति ?

निजी सवारीसाधनका पारखीलाई आफ्नो रोजाइको गाडी खोज्न यतिबेला धेरै ठाउँ भौंतारिइरहनुपर्दैन। बजारमा कस्ताकस्ता गाडी उपलब्ध छन्, तिनको मूल्य केकति छ ? त्यसबारे बुझ्न, सवारीको डिजाइन हेर्न, बुकिङ र खरिद गर्न राजधानीको भृकुटीमण्डप गए पुग्छ।

भृकुटीमण्डपमा नेपाल अटोमोबाइल डिलर्स एसोसियसन (नाडा)ले आयोजना गरेको ‘नाडा अटो सो’ अहिले धुमधामका साथ जारी छ। वर्षको सबैभन्दा ठूलो गाडी मेलाका रूपमा ‘नाडा अटो सो’लाई लिइन्छ। अटो सोमा नेपालमा भित्रिएका सबैखाले गाडी एकै स्थानमा हेर्न र रोज्न पाइन्छ। यहाँ कम्तीमा १२ लाखदेखि करोडौं रुपैयाँसम्मका सवारीसाधन उपलब्ध छन्।

 

अटो सोमा विभिन्न कम्पनीले विभिन्न छुट तथा सुविधासहित गाडी बिक्री तथा बुकिङ गरिरहेका छन् । सबै कम्पनीले गाडी बिक्रीका लागि आकर्षक अफरसमेत सार्वजनिक गरेका छन् । सोका अवसरमा कम्पनीहरूले नगद छुट, उपहार, पुरस्कार तथा सुविधासहितका योजना सार्वजनिक गरेका हुन्।
कम्पनीहरूबीच गाडी बिक्री गर्न तीव्र प्रतिस्पर्धा छ। ग्राहकलाई बढीभन्दा बढी छुट दिन कम्पनीहरू तँछाडमछाड गरिरहेका छन्। गाडीको सुविधा हेरी मूल्य निर्धारण गरिएको हुँदा ग्राहकले आफ्नो हैसियतअनुसारका गाडी खरिद गर्न सक्ने सुविधा यहाँ छ।

नेपालमा सवारीसाधनको मूल्य अत्यन्त महँगो छ। भन्सार कर महँगो भएकै कारण सवारीको मूल्य पनि महँगो हुनु स्वाभाविकै हो। तर जति महँगो भए पनि सवारी पारखीहरू रोजीरोजी गाडी खरिद गर्ने गर्छन्।

अटो सोमा सवारी कर्जा उपलब्ध गराउन बैंकहरूबीच समेत तीव्र प्रतिस्पर्धा छ। सवारी कर्जा लिन सेवाग्राहीले सम्बन्धित बैंक वित्तीय संस्था धाउनुपर्ने हो । तर मेलामा बैंकहरूले सस्तो ब्याजदरमै सवारीकर्जा उपलब्ध गराउँदै आएका छन्।

यसपटकको मेलामा बैंकहरूले साढे नौदेखि साढे १२ प्रतिशतसम्म सवारी कर्जा उपलब्ध गराउँदै आएका छन्। बैंकले सेवाग्राहीलाई सहज एवं सरल रूपमा स्टलबाटै कर्जा उपलब्ध गराउने गरी सवारी कर्जाको स्किम ल्याएका कारण ग्राहकले सहज रूपमा गाडी खरिद गर्न सक्छन्।

कुन गाडीको मूल्य कति ?

autoauto2


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.