मनमोहक मेला

मनमोहक मेला

काठमाडौं: राजधानीको भुकुटीमण्डपमा जारी ‘नाडा अटो सो'मा महिन्द्रा कम्पनीको स्पोर्ट्स थार डेब्रेक चर्चामा छ। पाए थारको ड्राइभिङ सिटमा बसेर, नपाए टाँस्सिएर फोटो खिच्ने होडबाजी छ । टेलिभिजनको स्पोर्ट्स च्यानलमा खाल्डाखुल्डी सडकमा कुदाएको देखिने गाडी आँखैअगाडि देखिएपछि कार पारखी दर्शक झुम्मिएका हुन् । एडभेन्चर्स कार पारखीले थार किन्न खोजेमा झन्डै करोड रुपैयाँ हाल्नुपर्नेछ।

 

मेलाको अर्को आकर्षण हो, फोर्डले भित्र्याएको मस्टाङ स्पोटर्स कार। प्रिमियम सेग्मेन्टको मस्टाङतिर दर्शक तान्नकै लागि फोर्ड बिक्रेताले भारतको बिक्रेताबाट मेलामा प्रदर्शनीका लागि मात्र कार यहाँ ल्याएका हुन्। मेला सकिएपछि कार भारतमै पठाउनुपर्नेछ ।

अमेरिकन कम्पनी फोर्डले आफ्नो ब्रान्डको शक्ति प्रदर्शन गर्न खोजेको देखिन्छ। प्रिमियम स्पोटर्स कार मस्टाङले नेपालमा फोर्डको ब्रान्ड भ्यालू बढाउन सहयोग पुर्‍याएको स्टलकर्ता बताउँछन्।

मेलामा अरू कम्पनीले पनि नयाँनयाँ मोडल भित्र्याएर ग्राहक तानिरहेका छन्। इन्ट्री लेभलदेखि करोडभन्दा माथिका नयाँ कार मेलामै सार्वजनिक गरिएको छ। एक दर्जन हाराहारी कम्पनीले मेलामा नयाँ तथा रिभाइज्ड कार भित्र्याएका छन्, उत्तिकै संख्यामा बाइक÷स्कुटर पनि भित्र्याएका छन्। मेलाको मौकामा नयाँ गाडी र बाइक भित्र्याएर ग्राहक तान्ने होडबाजी वर्षौंदेखि चल्दै आएको छ। ‘नाडा अटो सो' निजी सवारी खरिदबिक्री गर्ने गतिलो प्लेटफर्म बन्दै आएको छ।

आकर्षक छुट र सुविधामा एकै ठाउँमा रोजीरोजी गाडी÷बाइक खरिद गर्न पाइने भएकाले ग्राहक पनि अटो सो कुरेर बस्ने गर्छन्। गाडी बिक्रेता पनि ग्राहकको ध्यान खिच्ने मौका अटो सोलाई नै ठानेर प्रतिस्पर्धी प्रोडक्ट भित्र्याउँछन्। नाडा अटो सोदेखि दसैंसम्म सबैभन्दा गाडी बिक्री हुने सिजन हो।

एक वर्षमा बिक्री हुने सवारीको झन्डै ४० प्रतिशत कारोबार यही सिजनमा हुने व्यवसायी बताउँछन्। यो वर्षको नाडा अटो सोमा टाटा, सुजुकी, डाट्सन, भक्सवागन, स्कोडा, निसान, फोर्ड, महिन्द्रालगायत कम्पनीले नयाँ तथा रिभाइज्ड मोडल प्रदर्शनीमा राखेका छन्। यस्तै, यामाहा, होन्डा, टीभीएस, हिरो, महिन्द्रा, बेनिली, यूएमलगायत ब्रान्डले अटो मेलामा नयाँ बाइक÷स्कुटर राखेका छन्।


मेलाका नयाँ कार

एमजी जीएस एसयूभी
बेलायती ब्रान्ड मोरिस ग्यारेज (एमजी)ले दुई मोडलका नयाँ एसयूभी कार भित्र्याएको छ । कम्पनीले १५ सय सीसीको एमजी जीएस र दुई हजार सीसीको एमजी एडब्ल्यूडी भित्र्याएको हो । वातावरणमैत्री युरो–५ मापदण्ड प्रमाणित एसयूभी डिजाइन र आरामदायी रहेको दाबी छ । एमजी जीएस मोडलका गाडीको बजारमूल्य ६५ लाख रुपैयाँभन्दा माथि छ।

डाट्सन ‘रेडी गो'
जापानी डाटसन ब्रान्डको ‘रेडी गो' १ हजार सीसी क्षमतामा उपलब्ध छ । यसअघिको आठ सय सीसीको रेडी गो इन्ट्री लेबल कारमा लोकप्रिय छ । नयाँ मोडलले पनि मेलामा दर्शकको ध्यान खिचिरहेको छ । पेट्रोल इन्जिनको रेडी गो दुईवटा भेरियन्टमा उपलब्ध छ । यसले एक लिटर पेट्रोलमा २२.५ किलोमिटरसम्म माइलेज दिने कम्पनीको दाबी छ । एयर कन्डिसनर, डिजिटल टेक्नोमिटर, ड्राइभ कम्प्युटर, पावर विन्डोलगायत यसका आकर्षक फिचर हुन्।

फक्सवागन न्यू टिग्वान
जर्मन प्रिमियम कार निर्माता फक्सवागनले चर्चित एसयूभी गाडी टिग्वानको रिभाइज्ड भर्सन प्रदर्शनीमा राखेको छ । नयाँ टिग्वान चारवटा भेरियन्टमा उपलब्ध छ । कम्पनीले नयाँ टिग्वानको मूल्य ९९ लाखदेखि एक करोड २८ लाख रुपैयाँसम्म तोकेको छ । चारवटै भेरियन्टको ग्राउन्ड क्लियरेन्स दुई सय एक मिलिमिटर छ । कारमा ६० लिटर इन्धन क्षमताको ट्यांकी छ । यसमा अगाडि र पछाडि डिस्क ब्रेक, अगाडि दुईवटा रिडिङ लाइट, आठवटा स्पिकर, सेन्टर लक, मोबाइल फोन कनेक्सन, एडजस्टेबल सिट, रिभर्स पार्किङ क्यामेरा, पार्किङ ब्रेक, ६ वटा एयरब्याग र दुई आवाजको हर्नलगायत फिचर्स छन्।

टाटा टिगोर र हेक्जा
टाटाको कम्प्याक्ट सेडान कार ‘टिगोर' मा नयाँ रिभोटर्न १२ सय सीसीको पेट्रोल इन्जिन छ । यो चारवटा भेरियन्ट र ६ आकर्षक कलरमा उपलब्ध छ । कारको सुरुवाती मूल्य २३ लाख ४५ हजार र अधिकतम मूल्य २९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । आकर्षक फिनिसिङसहित उत्कृष्ट ड्युल टोन इन्टेरियर, आरामदायी सिटलगायत कारका उत्कृष्ट विशेषता हुन्

यसैगरी टाटा हेक्जा २.२ लिटरको भेरिकोर इन्जिनयुक्त कार हो । यसमा अटो, कम्फर्ट, डाइनामिक र रफ रोड गरी चारथरीको ड्राइभ मोड छन् । ६ स्पिड म्यानुअल र तीन स्पिड ट्रान्समिसन यसको उत्कृष्ट फिचर हो । यसमा ६ वटा एयरब्याग राखिएको छ । दुई सय एमएम ग्राउन्ड क्लियरेन्स भएको हेक्जा ६ भेरियन्ट र पाँच कलरमा उपलब्ध हुनेछ।

सुजुकी न्यू डिजायर र इग्निस
डिजायर लोकप्रिय बनेपछि सुजुकीले नयाँ अवतारमा डिजायर भित्र्याएको छ । यसको डिजाइन आकर्षक छ, फिचर्स पनि अपग्रेड गरिएको छ । कारमा की–लेस इन्ट्री, डीआरएल, रियर भेन्टसहितको अटो एसी, डायमन्ड कट अलोइज तथा स्टेट अफ आर्ट इन्फोटेनमेन्ट सिस्टमलगायत सुविधा छन् । यसमा रहेको इन्फोटेनमेन्ट सिस्टममा दिइएको एन्ड्रोइड अटो सुविधा भारतमा निर्मित कारमै पहिलो भएको कम्पनीको दाबी छ । १२ सय सीसीको कारमा ड्युल एयर ब्याग, फ्रन्ड डिस्क ब्रेक र ब्याकमा ड्रम ब्रेक प्रयोग गरिएको छ।

यसैगरी सुजुकीले इग्निस मोडल पनि नेपाल भित्राएको छ। चार भेरियन्टमा उपलब्ध इग्निसमा १.२ लिटरको पेट्रोल इन्जिन छ । यसले प्रतिलिटर २०.८९ किलोमिटर माइलेज दिनेछ । यसमा प्रिमियम फिचर्स रहेका छन्। एक सय ८० एमएम ग्राउन्ड क्लियरेन्स रहेको इग्निस नेपाली सडक सुहाउँदो रहेको छ ।

हुन्डाई इलाइट आई २०
हुन्डाईले अटो मेलामा नयाँ इलाइट आई २० आस्टा डुअल टोन प्रदर्शनीमा राखेको छ। आस्टा स्पोर्टी, गतिशील र नवीनतम ह्याचब्याक कार हो । यसका उपकरण, स्टाइल र ड्राइभिङ गतिशीलताले माथिल्लो सेग्मेन्टको कारसरहको अनुभूति प्रदान गर्ने कम्पनीको दाबी छ । नयाँ मोडलले ग्राहकको ड्राइभिङको चाहनालाई पूर्ण गर्नुका साथै आत्मविश्वास र छुट्टै अनुभूति पनि दिनेछ। स्मार्टफोन कनेक्टिभिटी र डायमन्ड कट एलो ह्विल यसका केही अद्भूत विशेषता हुन् । यसको बजार मूल्य ३६ लाख ९६ हजार रुपैयाँ रहेको छ।

रेनो डस्टर
गत वर्ष भित्रिएको रेनोल्टले एसयूभी डस्टरको पेट्रोल इन्जिनमा एमटी र डिजेल इन्जिनमा आरएक्सएक्स भर्सन भित्र्याएको छ। यो अपग्रेडेड भर्सन हो । यसअघि भित्रिएको डस्टरका अन्य भेरियन्टले बजारमा राम्रो उपस्थिति देखाइसकेको छ ।

स्कोडा सुपर्व
स्कोडाको प्रिमियम सेडान सुपर्वमा १.८ लिटरको पावरफुल इन्जिन छ । यसमा मल्टिकोलिसन ब्रेक, इलेक्ट्रिक टायर प्रेसर मोनिटरिङ, आठवटा एयरब्यागलगायतका उत्कृष्ट फिचर्स छन् । आरामदायी यात्राको अनुभूति दिलाउने सुपर्वमा रियर भ्यू क्यामेरासहित इलेक्ट्रोमेकानिकल पार्किङ ब्रेकको पनि सुविधा छ । यसको मूल्य एक करोड १५ लाख रुपैयाँ तोकिएको छ ।

निसान फेसलिफ्ट
निसानले माइक्रा एक्टिभ र एक्स ट्रेलको फेसलिफ्ट भित्र्याएको छ। इन्टेरियर र एक्सटेरियर डिजाइनमा परिवर्तन गरेर दुवै मोडल भित्रिएका हुन् । नयाँ स्पोर्टी बम्परले गाडी आकर्षक देखाएको छ । पावर स्टेरिङ, अटो एडजस्टेबल ड्राइभर सिट, पावर विन्डो, सेन्ट्रल लक, ड्राइभर सिट एयरब्यागलगायत यिनका फिचर्स हुन्।

मेलाका नयाँ बाइक/स्कुटर
यामाहा एफजी२५
यामाहाको चर्चित एफजी सिरिजमा दुई सय ५० सीसीको शक्तिशाली एफजी२५ स्ट्रिट फाइटर बाइक भित्रिएको छ । यो एफजी सिरिजको हेभी बाइक हो । यसको मूल्य तीन लाख ५४ हजार ९ सय रुपैयाँ तोकिएको छ। यसमा ओइल कुल्ड, फ्युल इन्जेक्सन इन्जिन जडान गरिएको छ । यसले ३५ देखि ४३ किलोमिटरसम्म माइलेज दिने दाबी छ।

होन्डा सीबी १९० आर
जापानी होन्डा मोटर्सले सीबी १९० आर मोडलको हेभी सेग्मेन्ट बाइक नाडा अटो सोमा सार्वजनिक गरिएको छ । बाइकमा एक सय ८४ सीसीको एयर कुल्ड फोर स्ट्रोक इन्जिन जडान गरिएको छ । बाइकमा पीजीएम–एफआई इलेक्ट्रोनिक फ्युल इन्जिन प्रविधि जडित छ । यसमा पाँच स्पिड गियर रहेको छ । बाइकमा १२ लिटर पेट्रोल अटाउने इन्धन ट्यांकी छ।

टीभीएस स्ट्राइकर

एक सय २५ सीसीको बाइक आकर्षक डिजाइनमा छ । इन्धन किफायती र शक्तिको सही मि श्रण भएको स्ट्राइकर नेपाली सडकसुहाउँदो छ । यसको मूल्य एक लाख ७३ हजार नौ सय तोकिएको छ। यसले एक लिटर पेट्रोलमा ६७ किलोमिटर माइलेज दिने दाबी छ। बाइक भल्कानो रेड, मेटालिक ब्लू र क्रिमसन ह्वाइट कलरमा उपलब्ध छ।

हिरो मेस्ट्रो एज
हिरोले अटो सोमा मेस्ट्रो एज स्कुटर सार्वजनिक गरेको छ । एक सय १० सीसीको मेस्ट्रो एज बिल्कुल नयाँ मोडल हो। यसमा एयर कुल्ड, फोर स्ट्रोक सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । आकर्षक लुक्समा रहेको स्कुटर आधा दर्जन कलरमा उपलब्ध हुनेछ। यसले ६५ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यसमा ६ लिटर पेट्रोल अटाउने इन्धन ट्यांकी छ।

महिन्द्रा गस्टो
महिन्द्रा गस्टो स्कुटर ग्राफिक्स र केही फिचर्स परिवर्तन भएर भित्रिएको छ। एक सय १० सीसीको गस्टो बजारमा लोकप्रिय छ। यसले ६३ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ।

बेनिली टीएनटी ३००
बेनिलीको टीएनटी ३०० मोडल अपग्रेडेड भर्सनमा भित्रिएको छ । नयाँ भर्सनमा एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस) थपिने बताइएको छ। यो प्रिमियक बाइक हो । स्पोर्टी डिजाइनमा रहेको बाइकले हेभी बाइकका पारखीको विश्वास जित्ने कम्पनीको अपेक्षा छ।

यूएम रेनेगाड कमान्डो र स्पोर्ट्स एस
मेलामा यूएमको ३०० सीसीका रेनेगाड कमान्डो र रेनेगाड स्पोटर्स एस प्रदर्शनीमा राखिएको छ । पूर्ण डिजिटल मिटरमा आधारित बाइक आकर्षक छ, माइलेजमा पनि अब्बल रहेको कम्पनीको दाबी छ। ‘फिल द फ्रिडम' भन्ने थिमसहित आएको कमान्डो ३०० मा फोर स्ट्रोक लिक्विड कुलेड इन्जिन छ । यसको मूल्य चार लाख ९२ हजार रुपैयाँ पर्छ। ‘रुल द स्ट्रिट' थिमसहित आएको स्पोटर््स यसको मूल्य चार लाख ९९ हजार छ।

भेस्पा एलएक्स
अटो सोमा भेस्पाले नयाँ स्कुटर भेस्पा एलएक्स सार्वजनिक गरेको छ । एक सय २५ सीसीको स्कुटर हो । यसमा एनालग डिस्प्लेट र ड्रम ब्रेक प्रयोग गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.