पान नम्बर अनिवार्य

पान नम्बर अनिवार्य

काठमाडौं: आर्थिक वर्ष २०७५/७६ देखि दोस्रो बजारमा सेयर कारोबार गर्र्नेले पनि स्थायी लेखा नम्बर (पान) लिनुपर्ने भएको छ। करको दायरा बढाउने सरकारको नीतिलाई सघाउन धितोपत्र बोर्डले दोस्रो बजारका लगानीकर्तालाई पनि पान अनिवार्य गरेको हो।

 

दोस्रो बजारमा सेयर कारोबार गर्ने व्यक्तिले अनिवार्य रूपमा पान नम्बर लिनुपर्ने व्यवस्था गर्न लागिएको धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले जानकारी दिए । बोर्डले आगामी दिनमा बढ्दो पुँजीबजारलाई धान्न सक्नेगरी धितोपत्र बजारलाई प्रतिस्पर्धी बनाउन कर्पोरेट खाकामा नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि सहजीकरण गर्ने भएको छ ।

बोर्डले चालू आर्थिक वर्षका नयाँ योजना तथा कार्यक्रम सार्वजनिक गर्दै नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिने संकेत गरेको हो । धितोपत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएका लगानी कम्पनीलाई नियमनको दायरामा ल्याउन कम्पनी रजिस्ट्रारको कार्यालयसँग समन्वय स्थापित गरी आवश्यक कार्य अगाडि बढाउने बोर्डको योजना छ ।

यो वर्षदेखि कमोडिटी डेरिभेटिभ बजारलाई नियमावली बनाई दायरामा ल्याउने, नगरपालिका ऋणपत्र निस्कासनसम्बन्धी नयाँ व्यवस्था, ऋणपत्र, अग्राधिकार सेयर बजार विकासका लागि आवश्यक प्रोत्साहनमूलक नीतिका सम्बन्धमा अध्ययन गर्ने योजना रहेको बोर्डले जनाएको छ।

बोर्डले कम्पनी रजिस्ट्रार कार्यालयको सहयोगमा धितोपत्र बजारमा लगानी गर्न स्थापना भएकालाई नियमनको दायरामा ल्याउने भएको छ । धितोपत्र बजारमा गैरआवासीय नेपालीलाई लगानी खुलाउन आवश्यक कार्यविधि बनाउने भएको छ। इन्टरनेटमार्फत धितोपत्र खरिदबिक्री व्यवस्थालाई कार्यान्वयनमा ल्याइने, ब्रोकरको रासायिको कार्यक्षेत्र बढाउन मार्जिन ट्रेडिङ र धितोपत्र व्यापारी सेवा विस्तारका सम्बन्धमा अध्ययन गर्ने भएको छ।

श्चित संख्यासम्मको अभौतिकृत हुन बाँकी धितोपत्रलाई बिक्रीको अवसर दिई त्यस्ता धितोपत्रको तरलता अभिवृद्धि गर्न अभौतिक धितोपत्र कारोबार गर्ने छुट्टै प्लेटफर्मको विकास गर्ने योजना पनि बोर्डले अघि सारेको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए।

यसैगरी बोर्डले सूचीकृत संगठित संस्थाका लागि संस्थागत सुशासन निर्देशिका र सुपरीवेक्षण म्यायूअल बनाइ लागू गर्ने, भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फन्डको अध्ययन गरी नियम गर्ने भएको छ। सामूहिक लगानी कोषअन्तर्गत खुलामुखी योजना प्रवेश गराउने र बोर्डको ५१ प्रतिशतसम्म लगानी हुने गरी धितोपत्र प्रशिक्षण संस्था स्थापना गर्ने जस्ता योजना छन् ।

दैनिक ८९ करोड रुपैयाँको सेयर कारोबार
धितोपत्र बजारमा औसत वार्षिक ८९ करोड रुपैयाँको सेयर कारोबार हुने गरेको छ। नेपाल धितोपत्र बोर्डले दिएको जानकारीअनुसार दोस्रो बजारमा हुने सेयरको दैनिक कारोबार गत आव २०७३/७४ मा २६ प्रतिशतले बढी हो। अघिल्लो आब २०७२÷७३ मा यस्तो सेयर कारोबार ७० करोड रुपैयाँ रहेको नेपाल धितोपत्र बोर्डले जारी गरेको तथ्यांकमा उल्लेख छ।

धितोपत्रको वार्षिक कारोबार दुई खर्ब पाँच अर्ब हुने गरेको छ । यो कारोबारमा भएको कुल सेयर संख्या ३९ करोड २९ लाख रहेको पनि उल्लेख छ । बोर्डले चालू आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रमका रूपमा सूचीकृत संगठित संस्थाको निम्ति संस्थागत सुशासनसम्बन्धी निर्देशिका बनाएर लागू गर्ने योजना अघि सारेको छ। इन्फो करको दायरा बढाउने सरकारको नीतिलाई सघाउन धितोपत्र बोर्डले दोस्रो बजारका लगानीकर्तालाई पनि पान अनिवार्य गरेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.