मालपोत कार्यालय र लेखापढी व्यवसायीबीच पाँचबुँदे सहमति

 मालपोत कार्यालय र लेखापढी व्यवसायीबीच पाँचबुँदे सहमति

भक्तपुर: अनिश्चितकालीन कलम बन्दै गरेर मालपोत कार्यालय भक्तपुर ठप्प पार्दै आएका लेखापढी कानुन व्यवसायीहरुले शुक्रबार सहमति गरेका छन्। गएको शुक्रबारदेखि कलम बन्द गरेर मालपोत कार्यालय भक्तपुरको सम्पूर्ण काम ठप्प पार्दै आएका उनीहरुले बिहीबारदेखिको वार्तालाई शुक्रबार सहमतिमा पुर्‍याएका हुन्।

 

नेपाल लेखापढी कानुन व्यवसायी एसोसियसन भक्तपुरका अध्यक्ष राजकुमार दाहालले शुक्रबार पाँचबुँदे सहमति भएकाले अब मालपोत कार्यालयको सम्पूर्ण कामकारबाही निर्वाध रुपमा चल्ने बताए। मालपोत कार्यालय भक्तपुरका प्रमुख कमलप्रसाद तिमिल्सिनाले पनि लेखापढी कानुन व्यवसायीहरुको आठबुँदे मागलाई सम्बोधन गर्ने गरी शुक्रबार पाँचबुँदे सहमति भएको बताए।

उनका अनुसार मालपोत कार्यालयमा देखापर्ने समस्याहरुको समाधान गर्ने उद्देश्यले प्रत्येक महिनामा एकपटक लेखापढी कानुन व्यवसायी एसोसियसन र मालपोत कार्यालयको संयुक्त बैठक बस्ने सहमति भएको छ। उक्त बैठकबाट मालपोत कार्यालयमा देखिने समस्या समाधानको पहल गर्ने सहमतिपत्रमा उल्लेख गरिएको

त्यस्तै मालपोत कार्यालयमा जनशक्ति अभावले भइरहेको ढिलासुस्तीलाई सम्बोधन गर्न रिक्त दरबन्दी पूर्तिको लागि सम्बन्धित निकायमा पहल गर्ने पनि सहमति गरिएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका ६ जना कर्मचारीहरुलाई भ्रष्टाचार गरेको आरोपमा नियन्त्रणमा लिएको थियो।

दुई पटकमा तीनतीनजना कर्मचारी अख्तियारले नियन्त्रणमा लिएपछि कार्यालयमा ती कर्मचारीहरुको स्थान पूर्ति हुन नसकेको कार्यालयले जनाएको छ।आन्दोलनकारी लेखापढी कानुन व्यवसायी र मालपोत अधिकृतहरुले कार्यालयमा जनताको सम्पत्ति (मोठ, स्रेस्ता) रहेकोले त्यसको सुरक्षा गर्ने मालपोत कार्यालयको भएकोले मोठ तथा तामली फाँटमा कर्मचारीबाहेक अरुलाई प्रवेश निषेध गर्ने सहमति भएको छ।

त्यस्तै कार्यालयमा कामको सिलसिलामा प्रवेश गर्ने लेखापढीहरुले एसोसियसनबाट जारी गरिएको परिचयपत्र अनिवार्य रुपमा भिर्ने सहमतिसमेत भएको छ।तर मालपोत कार्यालयका कर्मचारीहरुले काम गर्नुअघि आफूहरुसँग माग्ने आर्थिक लाभबारे भने केही सहमति नभएको भन्दै सेवाग्राहीहरुले आपत्ति जनाएका छन्।

त्यस्तै केही लेखापढी व्यवसायीहरुले एसोसियसनको मुख्य मागमै सहमतिपत्रमा एकशब्द उल्लेख नगरेको भन्दै विरोध जनाएका छन्। एसोसियसनले आफ्नो आठबुँदे मागमा मालपोत कार्यालय भक्तपुरका प्रमुख तिमिल्सिनाको गलत कार्यशैली सच्याउनुपर्ने बताएको थियो। जुन मागबारे पाँचबुँदे सहमतिमा एक शब्द पनि उल्लेख भएन।

लेखापढी कानुन व्यवसायीहरुका अनुसार फाँटमा कुनै अन्योल भए निर्णयको लागि प्रमुख तिमिल्सिनाकहाँ जाँदा जेजसरी भए पनि फाँटबाटै काम गर्नू भन्दै आएका थिए। प्रुमख तिमिल्सिनाले यसो भनेपछि फाँटमा बसेका कर्मचारीहरुको हातमा ‘पैसा’ थमाएपछि अघि हुन्न भन्ने काम पनि फटाफट हुँदै आएको उनीहरु बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.