विश्व बजारमा नक्कली अलैंची फैलिँदा नेपाली अलैंचीलार्इ मार

विश्व बजारमा नक्कली अलैंची फैलिँदा नेपाली अलैंचीलार्इ मार

काठमाडौं : विश्व बजारमा ‘नक्कली अलैंची’ फैलिँदा नेपाली अलैंचीको मूल्य तीन सय प्रतिशतले घटेको छ । दुई वर्षअघि प्रतिमन (४० किलो) एक लाख २० हजार रुपैयाँमा खरिद–बिक्री भएको अलैंचीको मूल्य अहिले ३० हजारमा झरेको छ ।

झट्ट हेर्दा उस्तै देखिने तर अलैंचीको कुनै गुण नभएको वस्तु भियतनाम, ग्वाटेमालाबाट भारतीय बजारमा भित्रिएको छ । चीनमा उत्पादन हुने समान प्रजातिको तर अलैंचीभन्दा फरक वस्तु पनि सस्तोमा बिक्री भइरहेको छ । नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईका अनुसार चिनियाँ उत्पादन खाडी मुलुक यूएईमा प्रतिकिलो पाँच सय रुपैयाँमा बिक्री हुन्छ, जहाँ नेपाली अलैंची दुई हजारमा बिक्री हुने गरेको छ । नेपाली अलैंचीको मूल्य घट्नुमा नक्कलीको आयात कारक रहेको अध्यक्ष भट्टराईको बुझाइ छ ।

‘हेर्दा अलैंची नै हो कि भन्ने लाग्छ तर विशेषता शतप्रतिशत फरक छ’, उनी भन्छन्, ‘त्यसले गर्दा हाम्रो महँगो वास्तविक अलैंचीको माग कम भएको हो ।’ यो समस्याको सामना गर्न सरकारले नै कदम चाल्नुपर्ने उनी बताउँछन् ।महासंघका वरिष्ठ उपाध्यक्ष दीपक नेपाल अन्तर्राष्ट्रिय बजारले नेपाली अलैंचीको मूल्य निर्धारण गर्ने बताउँछन् । अहिलेको गिरावट अनपेक्षित रहेको उनको भनाइ छ ।

 

नेपाली अलैंची निर्यातकर्ता भारतको सिलगुडीका बाबुलाल जयन भारत र भुटानमा उत्पादन बढ्नुका साथै मिसावट भएका कारण नेपाली अलैंचीको मूल्यमा ह्रास आएको बताउँछन् ।भारतीय बजारलाई आवश्यक अलैंची सिक्किम, दार्जिलिङ, आसाम, मेघालय क्षेत्रमै उत्पादन भएको उनको भनाइ छ । माग हुँदाको अवस्थामा पनि नेपाली अलैंची प्रतिस्पर्धात्मक मूल्यमा पाउन नसकेको उनी सुनाउँछन् ।

अर्का निर्यातकर्ता सिलगुडीकै प्रभात अग्रवाल नेपाली उत्पादनको मूल्य घट्नुमा व्यापारिक सिन्डिकेट दोषी रहेको बताउँछन् । खुला प्रतिस्पर्धा गर्न पाए मूल्य बढ्ने उनको ठम्याइ छ । उनका अनुसार अलंैचीलाई बंगलादेशबाहेक अन्य मुलुकमा निर्यात विस्तार गर्न नदिएका कारण मूल्य घटेको हो । अहिले दार्जिलिङ तोदेको अलैंची विश्वमा नम्बर एक मानिन्छ ।

मूल्य बढ्ने आशामा नेपाली व्यापारीले ८० प्रतिशत अलैंची भण्डारण गरेर राखेका छन् । भण्डारणपछि अलैंचीको गुणस्तर घट्छ ।भारत र भुटानमा उत्पादन वृद्धि, भण्डारणका कारण गुणस्तरमा कमी, प्रशोधनमा कमजोरीलगायत कारण मूल्य घटेको निर्यातकर्ताको भनाइ छ । सिक्किम, आसाम, नागाल्यान्ड, अरुणाञ्चल, दार्जिलिङ, तोदे र भुटानमा उत्पादित अलैंचीमा चाहिँ गुणस्तर सुधार भएको उनीहरू बताउँछन् ।

नेपाली अलैंची पाकिस्तान हुँदै अन्य मुलुक पुग्दा १० प्रतिशतसम्म मिसावट हुने महासंघले जनाएको छ । बजारमा नेपाली अलैंची उत्कृष्ट भनिए पनि मिसावटका कारण माग घट्दो रहेकाले नेपाली टे«डमार्ककै आवश्यकता देखिएको छ । नेपालको नमुना निर्यात वस्तुमा गनिने अलैंचीको यो अवस्थालाई सुधार्न सरकारले उत्पादन र निर्यातमा ‘ड्युटी फ्री’ व्यवस्था गर्नुपर्ने व्यवसायीको माग छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.