४० जिल्लामा पुग्दै निःशुल्क इन्टरनेट

४० जिल्लामा पुग्दै निःशुल्क इन्टरनेट

काठमाडौं : सरकारले ग्रामीण क्षेत्रसम्म निःशुल्क इन्टरनेट सेवा पुर्‍याउन शुक्रबारसम्म ४० जिल्लाका लागि प्रस्ताव आह्वान गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रदेश नं ६ का तीन जिल्ला सुर्खेत, दैलेख र सल्यानका लागि शुक्रबार ४५ दिनभित्र उपयुक्त कम्पनीमार्फत प्रस्ताव पेस गर्न आह्वान गरेकोे हो । यसअघि ३७ जिल्लाको प्रस्ताव भइसकेको र तीन जिल्ला थप हुँदा ४० पुगेको हो । प्राधिकरणले ७५ जिल्लामै ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याउने भएकाले बाँकी जिल्लाको प्रस्ताव पनि चरणबद्ध रूपमा माग गर्दै जाने प्राधिकरणका प्रवक्ता मीनप्रसाद आर्यालले जानकारी दिए ।

उपयुक्त कम्पनीको प्रस्ताव मूल्यांकन गरेर ९० दिनभित्रै सम्बन्धित कम्पनीले जिम्मेवारी पाउने बताइएको छ । प्राधिकरणले कम्तीमा ५१२ केबीपीएस डाउनलोड गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा दुई वर्षसम्म निःशुल्क दिने र त्यसपछि न्यूनतम शुल्कमा दिनुपर्ने सर्त अघि सारेको छ । एकैपटक गर्दा गाह्रो हुने भएकाले पनि जिल्लागत रूपमा प्रस्ताव अगाडि बढाइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) प्रयोग गरी देशैभर इन्टरनेट सेवा पुर्‍याउन लागेको हो । ग्रामीण क्षेत्रका गाउँपालिका कार्यालय, सामुदायिक विद्यालय र स्वस्थ्यचौकीमा इन्टरनेट सेवा पुर्‍याउन आवश्यक प्रक्रिया अगाडि बढाएको प्राधिकरणको भनाइ छ ।

मध्यपहाडी लोकमार्गलाई केन्द्रित गरेर प्राधिकरणले सम्बन्धित जिल्ला सदरमुकामसम्म सूचना महामार्ग विस्तार गर्ने प्रक्रिया अगाडि बढाएको छ । प्राधिकरणले तीनवटा प्याकेजमार्फत सूचनाको महामार्ग तयार गर्ने काम गरिरहेको छ । प्रदेश नं १ देखि ३ सम्म टेलिकमले, ४ र ५ यूटीएलले पूर्वाधार बनाउने जिम्मा पाइसकेको छ । ६ र ७ नं प्रदेशको प्रस्ताव मूल्यांकन भइरहेको छ । सूचना महामार्गलाई आधार बनाएर प्राधिकरणले गाउँगाउँसम्म इन्टरनेट पुर्‍याउन हालसम्म ४० जिल्लाको प्रस्ताव आह्वान गरेको हो ।

सूचना महामार्गलाई आधार बनाएर प्राधिकरणले गाउँगाउँसम्म इन्टरनेट पुर्‍याउन हालसम्म ४० जिल्लाको प्रस्ताव आह्वान गरेको हो ।

काठमाडौं उपत्यकाका तीन जिल्लाबाहेक बाँकीमा यसकै माध्यमबाट इन्टरनेट सेवा विस्तार हुनेछ । काठमाडौं उपत्यकामा अहिले नै विभिन्न कम्पनीले द्रुत गतिको इन्टरनेट सेवा दिइरहेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले दूरसञ्चार ऐन २०५३ को दफा ३० को उपदफा (४) मा ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्न एउटा कोष स्थापना गर्ने व्यवस्था छ । उक्त कोषमा अनुमतिपत्र प्राप्त दूरसञ्चार कम्पनीले प्राप्त गरेको आयको वार्षिक दुई प्रतिशतले हुन आउने रकम अनिवार्य रूपमा जम्मा गर्नुपर्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषमा दूरसञ्चार सेवाप्रदायकबाट आम्दानीको दुई प्रतिशत रकम जम्मा गराउन थालेको हो । कोषमा हाल विभिन्न ६ वटा सेवाप्रदायक र इन्टनरेट सेवाप्रदायकबाट वार्षिक दुई अर्ब रुपैयाँ संकलन हुने गर्छ । हाल नेपाल टेलिकम, एनसेल, हेल्लो नेपाल, सीजी टेलिकम, स्मार्ट टेलिकम र यूटीएलले दूरसञ्चार सेवा प्रदान गरिरहेका छन् । इन्टरनेट सेवाप्रदायकमा दुई दर्जनभन्दा बढी सक्रिय छन् । सेवाप्रदायकले कोषमा रकम जम्मा नगरे प्राधिकरणले दुई सय प्रतिशतका दरले जरिवाना गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.