जाजरकोटका सांसदले निजी लगानीमा अस्पताल निर्माण गर्दै
जाजरकोट: कमजोर आर्थिक अवस्था र स्वास्थ्य सेवाको पहुँच अभावले विभिन्न किसिमका महामारीको शिकार भैरहने जाजरकोटमा सांसद राजीवविक्रम शाहले व्यक्तिगत लगानीमा दुर्गम गाउँमा २५ शैयाको अस्पताल निर्माण थालेका छन्। जाजरकोट जिल्लाको पश्चिम क्षेत्रका जनतालाई स्वास्थ्य सेवा दिने उदेश्यले छेडागाडको थलबजारमा अस्पताल निर्माण हुन थालेको हो।शाहले स्थापना गरेको कुमारी ट्रस्ट मार्फत ५ करोड रुपौयाँको लगानीमा छेडागाड नगरपालिका—५ थलबजारमा अस्पताल निर्माण थालेका हुन्।
जाजरकोट क्षेत्र न २ वाट निर्वाचित सासंद शाहले कमजोर आर्थिक अवस्था भएका यस क्षेत्रका जनतालाई गाउँघरमै सर्वसुलभ रुपमा स्वास्थ्य सेवा दिने उदेश्यले व्यक्तिगत लगानीमा अस्पताल निर्माण गर्न लागेको बताए।स्थानिय रत्नबहादुर शाहीले यस्तो दुर्गम ठाउमा २५ शैयाको अस्पताल बन्नु खुसीको कुरा भएको बताए। उनले साँसद शाहलाई धन्यवाद दिए।
एलजीएस लोगोस्ट्रील प्रविधिको प्रयोग गरी आगामी मंसिर महिनाभित्र निर्माण सम्मन्न गर्ने गरी भवन निर्माणको काम सुरु गरिएको निर्माणको जिम्मा लिएको पञ्चकन्या गुप्रले बताएको छ।अहिले अस्पतालको फाउण्डेसन निर्माणको काम अन्तिम चरणमा पुगेको अस्पतालको डिजाईनर एचबी अर्किटेक्ट कम्पनीका आर्किटेक्ट राजीव अवालले बताए।
जग निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए। २५ शैयाको अस्पताल भवनका साथै चिकित्सक र स्टापहरुको लागि आवास, प्रशासनिक भवन, सोलार र जेनेटर राख्ने भवन पनि निर्माण गर्न लागिएको छ। भूकम्प प्रतिरोधी भवनको निर्माणसँगै अस्पतालको लागि आवश्यक पर्ने २ करोड ५० लाख रुपैयाका उपकरण पनि किनिएको छ।
साँसद शाहले माइनर अप्रेसन पनि गर्न मिल्ने गरी भवन निर्माण गर्न लागिएको र पछि यसलाई विस्तार गर्न सकिने बताए।अस्पताल निर्माणपछि पश्चिम क्षेत्रका साविकका १५ वटा गाविसका साथै पूर्वी क्षेत्रका अधिकाश गाविसका जनतालाई पनि उपचारमा सहयोग पुग्ने कुमारी ट्रष्टका जिल्ला सचिव रमेश सिहले बताए।
थल बजारमा २५ शैयाको अस्पाल निर्माण हुन थालेपछि यस क्षेत्रका जनता निकै हर्षित छन्।अस्पताल निर्माणपछि माइनर अप्रेसन पनि हुने भएकोले आर्थिक रुपमा विपन्न जनतालाई धेरै राहात पुग्ने छ।
२०७० सालको निर्वाचनमा सांसद शाहले क्षेत्र न २ का जनतासँग गर्नु भएको प्रतिवद्धतालाई अस्पताल वनाएर पुरा गर्ने भएका छन्। साँसद शाह चुनावी प्रचारको क्रममा थलबजारमा व्यक्तिगत लगानीमा सामुदायिक अस्पताल निर्माण गर्ने जनतासँग प्रतिवद्धता गरेका थिए।
२०६६ सालमा जाजरकोटमा महामारीको रुपमा फैलिएको झाडापखालाको बेला निजी लगानीमा हेलिकोप्टर बाट डाक्टर र औषधी पुरयाएर चर्चामा आएका शाहलाई जाजरकोटी जनताले उनको गुण तिरी सकेका छन् साँसद जिताएर। उनबाट जिल्लावासीले जिल्लाको सम्रग विकासमा ठुलो अपेक्षा गरेका छन् ।