मधेस दौडाहामा प्रचण्ड

मधेस दौडाहामा प्रचण्ड

 

 सिमरा : दुई नम्बर प्रदेशको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ अहिले मधेस दौडाहामा छन्। असोज २ गते हुने निर्वाचनमा आफ्नो पार्टीलाई विजयी गराउने अभियानका क्रममा प्रचण्ड दुई नम्बर प्रदेशको आठवटै जिल्लामा कार्यकर्ता भेटघाट र चुनावी सभामा व्यस्त देखिन्छन्।

 

वैशाख ३१ र असार १४ गते भएको दुई चरणको निर्वाचनमा माओवादी केन्द्र तेस्रो भएपछि प्रचण्डको ध्यान यतिबेला दुई नम्बर प्रदेशमा केन्द्रित भएको छ। यस प्रदेशमा माओवादीलाई पहिलो स्थानमा उभ्याउने प्रयास स्वरुप मधेस दौडाहा सुरु गरेका प्रचण्डले मन्तव्यका क्रममा मधेसको साथी माओवादी नै रहेको बताइरहेका छन्।

चुनावी प्रचारमा व्यस्त रहेका प्रचण्डले केन्द्रीय सचिवालय बैठक वीरगन्जमा आयोजना गरेर मधेसबाटै चुनावी रणनीति बुन्ने प्रयास समेत गरेका छन्। सचिवालय बैठकमा माओवादी केन्द्रका सयौं नेता भेला भएर चुनावको रणनिति र उम्मेदवारको टुंगो लगाउने बिषयमा छलफल गरेको थियो।

दुई चरणको निर्वाचनमा सोचेजस्तो परिणाम आउन नसकेपछि माओवादीले तेस्रो चरणको निर्वाचनमा थप मजबुत भएर मधेसमा प्रस्तुत हुने रणनीति बनाएको छ। त्यसैले पनि प्रचण्ड झण्डै एक सातादेखी मधेसका जिल्ला घुम्ने र पार्टीको उम्मेदवारका पक्षमा मत बटुल्ने प्रयासमा छन्।

स्थानीय नेताकार्यकर्ताको निमन्त्रणलाई स्वीकार गर्दै चुनावी कार्यक्रममा सहभागी हुँदै आएका प्रचण्डले आइतबार टांगियावस्तीमा आयोजित सभालाई सम्बोधन गरे। सम्बोधनका क्रममा प्रचण्डले अन्य ठाउँमा बोले जस्तै मधेसको साथी माओवादी नै रहेको दोहोर्‍याए। ‘माओवादीनै साथी हो भन्ने कुरा मधेसका जनताले अब बुझिसके भन्ने मलाई लाग्छ’, प्रचण्डले भने, ‘मधेस घुम्ने क्रममा मैले यस्तै महसुस पनि गरेको छु।’

टांगिया आउनुअघि वीरगन्जमा अर्को सभामा बोलेर आएका प्रचण्डले जनताले अधिकार पाउने स्थानीय तहको निर्वाचनमा माओवादीलाई सबैले माया गर्नेमा आफू आशावादी रहेको समेत बताएका थिए। आफूलाई मधेसको जनता फकाउन थालेको भन्ने आरोप लाग्ने गरेको बताउदै प्रचण्डले त्यसो भन्नु भन्दा पनि पहाड र मधेसलाई जोड्ने काम आफूले गरिरहेको बताए। ‘मलाई मधेसप्रति झुकाव बढी भयो र मधेसका जनता फकाउन थाल्यो भन्ने आरोप नआएको होइन्’ प्रचण्डले भने, ‘तर मैले पहाडी र मधेसी अतिवादले देशको हित गर्दैन भनेर मधेस र पहाड जोड्ने काम गरेको हु।’

पहिलो चरणको निर्वाचनमा आफू प्रधानमन्त्री हुँदा मधेसका जनता र मधेस केन्द्रित दल चुनावमा सहभागी होलान कि नहोलान भन्ने प्रश्न रहेपनि अहिले सबैको सहभागीतामा निर्वाचन उत्साहका साथ सम्पन्न हुन लागेको उनको भनाइ छ।

टांगिया वस्तीमा आयोजित चुनावी सभामा बोल्दै प्रचण्ड। तस्बिर : दिवाकर भण्डारी

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.