युनिलिभरका २५ वर्ष : मुनाफायोग्य वृद्धिले कम्पनी सबल

युनिलिभरका २५ वर्ष : मुनाफायोग्य वृद्धिले कम्पनी सबल

काठमाडौं : बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले नेपालमा काम थालेको २५ वर्ष पूरा गरेको छ । यस अवधिमा निरन्तर मुनाफा गर्दै बढेको कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा चार अर्ब ४४ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा १३ प्रतिशत बढी हो ।युनिलिभर नेपाल लिमिटेडको सञ्चालक समितिले आव २०७३/७४ को वित्तीय विवरण स्वीकृत गर्दै कम्पनीको मुनाफा १३ प्रतिशतको खुद दरले वृद्धि भएको जानकारी गराएको छ । कम्पनीका अनुसार गत आवमा चार अर्ब ४४ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले त्यस अवधिमा ९६ करोड ५० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।

 

समग्रमा १३ प्रतिशतले कारोबारमा वृद्धि गरेको कम्पनी मुख्यतया आकारगत वृद्धिमा आधारित छ । झन्डै तीन महिनासम्म कारखानामा भएको तालाबन्दी, गर्मीयामको गैरआगमनले साबुनको बिक्रीमा नकारात्मक प्रभाव र पछिल्ला केही महिनामा स्थानीय निर्वाचनका कारण बजारमा आएको कमीलगायत समस्याका बीच पनि कम्पनीले सफलता हात पारेको हो । कम्पनीका अनुसार यो वृद्धिमा कम्पनीका सबै उत्पादनको हात रहे तापनि विशेषगरी स्किन केयर र हेयर केयरका उत्पादनको ठूलो भूमिका छ ।

गतवर्ष कम्पनीले उच्च मुनाफा हासिल गरी सबल कम्पनीका रूपमा आफूलाई स्थापित गरेको छ । न्यायिक मूल्यवृद्धि र विद्यमान उत्पादन क्षमताको लाभ उठाउँदै कम्पनी उच्च मुनाफा आर्जन गर्न सफल भएको हो । अघिल्लो वर्षमा भएको अत्यधिक वृद्धिले गतवर्ष मुनाफा केही कम देखिए पनि अन्य कम्पनीभन्दा उच्च मुनाफा आर्जन गर्ने कम्पनीका रूपमा यसले आफूलाई प्रस्तुत गरेको छ । तीन वर्षको औसत नाफा २० प्रतिशतका तुलनामा गतवर्ष कम्पनीले २४ प्रतिशत खुद नाफा आर्जन गरेको छ । ब्याज, कर र ह्रासकट्टीअघिको नाफा पनि विगत तीन वर्षको ३० प्रतिशतको तुलनामा औसत २० प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । कम्पनीले गतवर्षजस्तै ‘क्यास जेनरेसन' कायमै राखेको छ ।

कम्पनीले आधुनिक प्रविधि भित्र्याउँदै वितरण पूर्वाधारमा ध्यान केन्द्रित गरेको छ भने ब्रान्ड विस्तारका लागि पर्याप्त लगानी गरेको छ । यसले कम्पनीलाई दिगो वृद्धि हासिल गर्न सहयोग पुर्‍याएको उल्लेख छ । यसका साथै कम्पनीको सञ्चालक समितिले गतवर्षको नाफाबाट प्रतिसेयर ११ सयका दरले लाभांश दिने घोषणा गरेको छ । सञ्चालनको २५औं वर्ष मनाइरहेको कम्पनीले उक्त अवसरमा आफ्ना सेयरधनीलाई प्रतिसेयर एक सय ७० रुपैयाँ विशेष लाभांश दिन सिफारिससमेत गरेको छ ।

ब्याज, कर र ह्रास कट्टीअघिको नाफा पनि विगत तीन वर्षको ३० प्रतिशतको तुलनामा औसत २० प्रतिशतले वृद्धि भएको छ ।

युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक सुयश चौहानका अनुसार यो मुनाफायोग्य वृद्धिले कम्पनी सबल रहेको पुष्टि भएको छ । चुनौतीपूर्ण अवस्थामा पनि कम्पनीले व्यवसायबाट सन्तोषजनक नाफा आर्जन गर्नु व्यवस्थापकीय सफलता भएको उनको भनाइ छ । कम्पनी आफ्नो व्यवसाय र उत्पादनमार्फत ‘स्वस्थ' र ‘सक्षम' नेपाल निर्माण गर्ने प्रतिबद्ध रहेको उनले बताए ।

नेपालमा कम्पनीले तीव्र खपत हुने वस्तु उत्पादन गरी उपभोक्तामाझ पुर्‍याउँदै आएको कम्पनीले विश्वस्तरीय सामान उत्पादन गर्दै आएको छ । कम्पनीको उत्पादनमध्ये डोभ, सनसिल्क, फेयर एन्ड लभ्ली, लक्सलगायत सामग्री विश्वबजारमा ग्राहकमाझ प्रस्तुत गरेको छ । कम्पनीले आफ्नो उत्पादन विस्तार गर्नुका साथै संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत हात धुने कार्यक्रम ‘स्कुल अफ ५' सञ्चालन गरेको थियो, जुन चार वर्षमा नेपालका १० प्रतिशत मानिसमा सचेतना पुगिसकेको छ । साथै कम्पनीले सन् २०२० सम्म नेपालमा एक करोड मानिसको स्वास्थ्य तथा जीवनस्तरमा सुधार ल्याउने योजना बनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.