दश वर्षपछि चमेलिया जलविद्युत्‌को परीक्षण प्रसारण

दश वर्षपछि चमेलिया जलविद्युत्‌को परीक्षण प्रसारण

दार्चुला: सुदुरपश्चिमको सबै भन्दा ठूलो राष्ट्रिय गौरवको आयोजना चमेलिया जलबिद्युत आयोजनाबाट आगामी तीन महिना भित्र बिजुली उत्पादन हुने भएको छ । सो आयोजना सन २००७ मा निर्माण शुरु गरिएको थियो भने सन २०१७ को डिसेम्बरसम्म निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ ।

 

सो आयोजना सन २०११ मा निर्माण पूरा हुने भनिए पनि बिभिन्न भौगोलिक, आर्थिक राजनीति समस्या तथा सरकारको बेवास्ता र ठेक्केदारको लापरबाहीका कारण लम्बिएर २०१७ डिसेम्बरमा पूरा हुन लागेको आयोजनाका प्रमुख अजयकुमार दाहालले बताए ।

३० मेगावाट क्षमताको यो आयोजना ८ अर्ब ५० करोड लगानीमा सम्पन्न गर्ने भनिएकोमा हालसम्म १४अर्ब ५० करोड खर्च भईसकेको छ भने काम समपन्न भई सक्दासम्म १५ अर्ब ६० करोड रुपैया लाग्ने अनुमान गरिएको छ।

दार्चुलामा निर्माणाधीन चमेलिया जलविद्युत परियोजनाका लागी बलाँच अत्तरीया १३२ केभी प्रसारणलाईनको परीक्षण सुरु भएको छ। १३२ केभीको प्रसारणलाईन र सबस्टेशनको परीक्षण गर्न लागिएको हो। जडान गरिएका उपकरणहरु एक सय ३१ किलोमिटर प्रसारण लाईन दार्चुलाको शैल्य शिखर बलाँचमा रहेको सबस्टेसन लगायतको आयोजनाका उपकरणहरुको परिक्षण कार्य सुरु भएको आयोजना प्रमुख अजय कुमार दाहालले जानकारी दिए।

निर्माणधिन चमेलिया जलबिद्युत आयोजनाको ९९.२ प्रतिशत काम सम्पन्न् भईरहेका बेला उक्त उपकरणहरु परीक्षण भईरहेका हुन्। ती विभिन्न नौ उपकरणहरुको परीक्षण कार्य कम्तीमा १५ दिनसम्म गरिने दाहालले बताएका छन्।

बाँकी सम्पूर्ण टनेलहरुको निर्माण कार्य पूरा भएको र अडिट टनेल नम्बर २ र ३ ब्लकिङ गर्ने काम मात्रै अधुरो रहेको आयाजनाका प्रमुख दाहालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.