युनिलिभरको रजत महोत्वसवमा पोलम्यानको भ्रमण

युनिलिभरको रजत महोत्वसवमा पोलम्यानको भ्रमण

काठमाडौं: युनिलिभर नेपाल लिमिटेडले २५औं वार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा युनिलिभरका प्रमुख कार्यकारी अधिकृत पौल पोलम्यानले नेपाल भ्रमण गरेका छन्।

नेपाल भ्रमणका क्रममा प्रमुख कार्यकारी अधिकृत पोलम्यानले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने कार्यक्रम छ। पोलम्यानको साथमा युनिलिभर दक्षिण एसियाका कार्यकारी उपाध्यक्ष सञ्जीव मेहता तथा युनिलिभर नेपालका अध्यक्ष प्रदीप बनर्जी पनि छन्।

 

युनिलिभरका प्रमुख कार्यकारी अधिकृतको भ्रमणले युनिलिभरको स्थानीय व्यवसाय र नेपाली जनताप्रतिको प्रतिबद्धता प्रदर्शित गर्ने कम्पनीले जनाएको छ। उक्त अवसरमा पोलम्यानले स्थानीय उत्पादन बढाएर मुलुकमा पुँजीगत लगानी वृद्धिलाई कम्पनीले निरन्तरता दिनेमा जोड दिए।

नेपालमा कम्पनीको व्यवसायलाई थप बलियो, स्थिर, प्रतिस्पर्धात्मक, नाफामूलक र जिम्मेवारीयुक्त बनाउन वृद्धिलाई निरन्तरता दिइने प्रयास भएको उनले बताए । ११ र १२ कक्षामा अध्ययनरत १० जना गरिब तथा विपन्न परिवारका छात्रालाई दुई वर्षका लागि हरेक वर्ष छात्रवृत्ति प्रदान गर्न माइती नेपालसँगको सहकार्यमा स्थापित ‘फेयर एन्ड लभ्ली फाउन्डेसन'को प्रमुख कार्यकारी अधिकृत पोलम्यानले उद्घाटन गरेका छन्। यसका अतिरिक्त माइती नेपालका महिलाले युनिलिभरको मूल्य शृंखलामा रोजगारीको अवसर पाऊन् भन्ने उद्देश्यले उनीहरूलाई व्यावसायिक सीपसम्बन्धी तालिम प्रदान गर्नेछ।

पोलम्यानले दिगो विकासको आफ्नो मोडल भनेको मूल्यलाई मूल्यसँग समायोजन रहेको उल्लेख गरे। समाजका लागि मनकारी ढंगले खर्च गरेर सामाजिक तथा मौद्रिक सफलता प्राप्त गर्नुपर्ने उनको भनाइ छ । ‘हामी हाम्रा सेयरधनीका लागि मात्र होइन, सबै सरोकारवाला हाम्रो मूल्यशृंखलामा आबद्ध छन् । ती सबैका लागि सुन्दर र उज्यालो भोलिको सिर्जना गर्न प्रयासरत छौं', उनले भने, ‘युनिलिभर नेपालमा अहिले मुलुककै सबैभन्दा ठूला स्थानीय उत्पादक कम्पनीमध्ये एक हो, जसको एउटा उत्पादन एकाइ र चारवटा प्याकेजिङ गर्ने सहएकाइ छन्।'

कम्पनीले दुई सय ४३ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ भने यसको मूल्यशृंखलामा आबद्ध २० हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी प्रदान गरेको छ । युनिलिभर नेपालले पारेको सबैभन्दा ठूलो प्रभाव यसको उद्देश्य निर्देशित ब्रान्डको अभियान हो । युनिलिभर नेपालले ‘स्वस्थ र सक्षम नेपाल' नामको अभियानअन्तर्गत उद्देश्य निर्देशित ब्रान्डमार्फत स्वास्थ्य र जीवनयापनमा सुधार ल्याउने र जीवनस्तर उकास्ने उद्देश्य लिएको छ।

लाइफब्वायको ‘बच्चालाई पाँच वर्ष पुग्न सहयोग गरौं' भन्ने कार्यक्रमको उद्देश्य साबुन र पानीले हात धुने बानी बसाली स्वास्थ्य र जीवनयापन शैलीमा सुधार ल्याउनु हो । यसले झाडापखाला तथा अन्य रोगको संक्रमण घटाउन मद्दत पुर्‍याउनेछ । कम्पनीका अनुसार साबुनपानीले हात धुने सामान्य कार्यले ठूलो संक्रमण रोक्न र लागतका हिसाबले कम र प्रभावकारी पनि छ। लाइफब्वायको यो कार्यक्रम नेपालका १० प्रतिशत जनसंख्यासम्म पुगिसकेको छ।

नेपाल दन्त चिकित्सक एसोसिएसनगँको सहकार्यमा कम्पनीले ‘पेप्सोडेन्ट ओरल केयर' (पेप्सोडेन्ट दाँत तथा गिँजाको हेरचाह)सम्बन्धी विद्यालय कार्यक्रम सञ्चालनमा ल्याएको छ। यसले विद्यालयका बच्चामा स्वस्थ दाँत तथा गिँजाको हेरचाहसम्बन्धी बानीको विकास गर्न मद्दत पुर्‍याएको छ। त्यस्तै कम्पनीले ‘हाम्री दिदी' भन्ने कार्यक्रम ग्रामीण महिलालाई लक्ष्य गरी सञ्चालनमा ल्याएको छ। यसले ग्रामीण महिलालाई आर्थिक उपार्जनको मौका प्रदान गरी उनीहरूको जीवनस्तर उकास्न सहयोग गर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.