परिसंघ र सीसीपीआईटीबीच सम्झौता

परिसंघ र सीसीपीआईटीबीच सम्झौता

काठमाडौं: उत्तरी छिमेकी मुलुक चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद् (सीसीपीआईटी) र नेपाल उद्योग परिसंघ (सीएनआई) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। दुई देशबीचको आर्थिक, औद्योगिक लगानी र व्यापार विस्तारमा सघाउने गरी सम्झौता भएको हो।

परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले परिसंघ र सीसीपीआईटीबीच भएको सम्झौताले दुई संस्थाबीचको सहकार्य बढाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे।

चीनको चेन्दु प्रान्तको जिलिङमा आयोजित उत्तर पूर्वी एसियाका उद्योग वाणिज्य संघको सम्मेलनका अवसरमा भदौ १७ गते दुई संस्थाबीच सम्झौता भएको थियो। भदौ १६ र १७ गते दुई दिनसम्म चलेको सम्मेलनमा नेपालका निजी क्षेत्रको तर्फबाट परिसंघका उपाध्यक्ष निर्वाण चौधरी र परिसंघ युवा उद्यमी मञ्चका संयोजक रोहित गुप्ता सहभागी थिए।

सम्मेलनमा चीनलगायत रुस, जापान, दक्षिण कोरिया, मलेसिया र नेपालका उद्योग वाणिज्य संघका पदाधिकारी पनि सहभागी थिए। उक्त सम्मेलनमा विशेषतः चीनलगायत उत्तरपूर्वी क्षेत्रका चेम्बरबीचको आपसी समझदारीका साथै आर्थिक र लगानी विस्तारका सम्भावनाबारे बृहत् छलफल भएको थियो। साथै, आपसी सहकार्यलाई अघि बढाउने समझदारी भएको छ।

सम्मेलनमा उपाध्यक्ष चौधरीले नेपालमा लगानी विकासको सम्भावना र क्षेत्रीय सहयोगको विषयमा आफ्नो धारणा राखेका थिए। नेपाल आर्थिक विकास, पूर्वाधार निर्माणमा सहयोग पुर्‍याउन उनको आग्रह थियो।

लगानीका लागि प्रचुर सम्भावना भएको मुलुक र लगानीमैत्री वातावरण नै नेपालको प्रमुख विशेषता भएको बताउँदै उनले यसमा विशेषतः मित्रराष्ट्र चीनको भूमिका एवं सहयोग महत्वपूर्ण हुने बताएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.