पर्यटकको रोजाइमा गोरखाली ढाका

पर्यटकको रोजाइमा गोरखाली ढाका

गोरखा : तपाईं गोरखा आउँदै हुनुहुन्छ ? यहाँको चिनो लैजान चाहनुहुन्छ भने तपाईले पाउने ढाकाका सामान नै हुन् । स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लाग्ने गोरखा दरबार, गोरखा संग्रहालय क्षेत्रमा प्रशस्त ढाका उद्योगदेखि ढाकाका पसलसम्म सञ्चालित छन् ।

पाहुनाको स्वागत-सत्कारदेखि बिदाइमा ढाकाका सामान उपहार दिने चलनसमेत बढेको छ । विभिन्न सभा, समारोहका अतिथिलाई पनि ढाकाका खादा लगाएर सत्कार गर्ने चलन छ । गोरखाली चेलीबेटीले बुनेका टोपी, रुमाल, जुहारीकोट, मफलर, सलदेखि चप्पल, झोला ढाकाकै उत्पादन हुन् । यी सामग्री पर्यटकको रोजाइमा पर्ने गरेको व्यवसायी बताउँछन् ।

 

व्यवसायीका अनुसार अहिले गोरखाली ढाका लोकप्रिय भइरहेको छ । यससँगै ढाका व्यवसायी पनि बढिरहेका छन् । ‘सुरुमा म मात्र थिएँ’, दिदीबहिनी ढाका उद्योगकी सञ्चालिका रुपा गुरुङ भन्छिन्, ‘पछि दुईवटा भयो ।’ उद्योगको संख्या अहिले ११ पुगेको उनको भनाइ छ । सिजनमा मनग्गे आम्दानी हुने गरेको छ ।

ढाका उद्योगको सुरुआत २०६७ सालमा भएको थियो । गोरखा उद्योग वाणिज्य संघले स्थानीय उत्पादनको प्रवद्र्धनका लागि ढाका बुनाइ तालिम सुरु गरेपछि गोरखाली ढाकाको लोकप्रियता बढ्न थालेको हो ।‘सुरुमा म सतिपीपलमा फेन्सी पसल गर्थें’, उद्योगी गुरुङ भन्छिन्, ‘गिफ्टका लागि नयाँ सामानको व्यापार गर्ने चाहना थियो । उद्योग वाणिज्य संघले सञ्चालन गरेको ढाका बुनाइ तालिम लिएँ ।’

उनी आफूले तालिम लिएपछि साथीहरूलाई पनि प्रेरित गरिन् । ढाकाका सामानको व्यापार थाल्न घरेलु तथा साना उद्योग विकास समितिले उनलाई सहयोग गर्‍यो । ‘त्यसपछि मैले तान राखें । साथीहरूलाई पनि तानमा ढाका बुन्न सिकाएँ’, उनी भीन्छन्, ‘एक-दुई गर्दै पँदेली टोल नै ढाका उद्योगले भरियो ।’ अहिले उनको उद्योगमा पाँचवटा तान छ । सातवटा थपेर १२ पुर्‍याउने उनको योजना रहेछ ।

ढाका उद्योगमा महिला मात्र आबद्ध छन् । ‘प्रशिक्षक पुरुष हुन्छन्, व्यवसाय गर्नेहरूचाहिँ महिला मात्र छन्’, उनी भन्छिन्, ‘त्यही पनि गुरुङ र मगर मात्र।’ बाहिरी जिल्लाबाट घुम्न आएकाहरूले ढाकाका उत्पादन खोजी-खोजी किन्ने गरेको अर्की व्यवसायी सावित्री थापा सुनाउँछिन् ।

महिलालाई स्वरोजगार बनाउनु ढाका उद्योगको सकारात्मक पाटो रहेको अजिरकोट गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमाया गुरुङ बताउँछिन् । ‘बच्चा पढाउन गाउँ-गाउँबाट सदरमुकाम आएका महिलालाई ढाका उद्योगले स्वरोजगार बनाएको छ’, उपाध्यक्ष गुरुङ भन्छिन्, ‘त्यत्तिकै बित्ने समयमा ढाका बुनाइ गर्दा आम्दानी हुने भएकाले धेरै महिलाले यसलाई अपनाउनुपर्छ ।’

ढाका उद्योगको प्रवद्र्धनमा गोरखा उद्योग वाणिज्य संघले सहयोग गरिरहेको संघका महासचिव भगवानबाबु मास्के बताउँछन् । तालिमदेखि बजार प्रवद्र्धनसम्म पनि संघको सहयोग रहेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.