४५ वर्षपछि बन्यो तराई-पहाड जोड्ने द्रूतमार्ग

४५ वर्षपछि बन्यो तराई-पहाड जोड्ने द्रूतमार्ग

दमक : तत्कालीन शिक्षामन्त्री नगेन्द्र प्रधानले २०२८ सालमा शिल्यान्यास गरेको उर्लाबारी-मधुमल्ला-रवि सडकखण्डले ४५ वर्षपछि पूर्णता पाएको छ । उर्लाबारीबाट पाँचथरको रविसम्म जम्मा ५२ किलोमिटरको दूरी रहे पनि लामो समयपछि सडकले पूर्णता पाएको हो ।

अनेक बिबाद र समस्याबीच यो सडकखण्ड पाँचथरको रविसम्म जोडिएपछि पहाडी जिल्ला इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङका बासिन्दालाई तराई झर्न सहज हुने भएको छ । उर्लाबारी-मधुमल्ला-रवि सडक तराईलाई पहाडसँग जोड्ने सबैभन्दा छोटो मार्ग बन्न सफल भएको छ । लामो समय इलामको साक्फारास्थित चुली खण्डमा ३ किलोमिटर जोड्न बाँकी थियो । यो दूरीमा ट्र्याक निर्माण गर्न मात्र १० वर्ष लागेको थियो । अहिले उक्त स्थानमा ट्र्याक खनेर रविसम्म पुर्‍याइएको छ । यो सडकमा जेठदेखि मोटरसाइकल गुड्न सुरु गरेको सडक पहल तथा अनुगमन समितिका संयोजक मानबहादुर श्रेष्ठले जानकारी दिए ।

 

दसैं अगाडि नै गाडीसमेत पुर्‍याउने गरी काम भइरहेको उनले बताए । ट्र्याक खोलिसकेपछि अहिले यो सडकखण्डको स्तरोन्नतिको काम धमाधम भइरहेको उनले बताए । उनले भने, ‘जेठमै ट्र्याक खनिसके पनि यो बाटोको अझै स्तरउन्नति गरेर अबको एक दुई हप्ताभित्रै गाडी पुर्‍याउने गरी काम भइरहेको छ ।' लामो प्रयास र रस्साकस्सीपछि यो सडक रविसम्म जोडिने जानकारी दिँदै उनले अब पहाडका बासिन्दालाई तराई झर्न धेरै लामो यात्रा गर्नुपर्ने बाध्यता हटेको बताए । बाटोको स्तरोन्नतिका लागि साढे तीन करोड रुपैयाँमा ठेक्का लागिसकेको र काम अन्तिम चरणमा पुगेको उनले बताए ।

चुली खण्डमा बाटो अत्यन्तै अप्ठ्यारो रहेकाले उक्त क्षेत्रमा अलि बढी समय लागेको उपभोक्ता समितिका सदस्य घनश्याम भण्डारीले बताए । एकपाइले, छालासुकुवामा ट्र्याक खन्ने काम अत्यन्तै गाह्रो भए पनि सम्पन्न भइसकेको उनले बताए । मोरङ र इलामको सडक डिभिजन कार्यालयको बिबादले गर्दा पनि काममा ढिलाइ भएको भण्डारीले बताए । बाटो निर्माण गर्दा रूख काटिएको भन्दै वन मन्त्रालयले केही समय निर्माणमा अवरोध पुर्‍याए पनि अहिले बिबाद समाधान भएर काम अन्तिम चरणमा पुगेको मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी आचार्यले बताए ।

तराईबाट एउटा पनि पुलको प्रयोग नगरी सहजै पहाडी जिल्लाको यात्रा गर्ने एक मात्र मार्ग भएकोले भविश्यमा यसको महत्वव बढेर जानेमा स्थानीय उपभोक्ता आशावादी देखिएका छन् ।

ट्र्याक खोलिसकेको र गाडी पुर्‍याउन बाटो बढाउने तथा ट्र्याक खोल्दा दबिएको भागमा मर्मत गर्ने काम भइरहेको उनले बताए । ट्र्याक खोलिएसँगै पूर्वी पहाडी जिल्लाका स्थानीयवासी तराई ओर्लन यही मार्गको प्रयोग गर्न थालेका छन् । भारतको फूलबडियादेखि चीनको सिमाना जोड्न यो बाटोले सेतुको काम गर्ने संयोजक श्रेष्ठले बताए ।

२०५१ सालमा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले यो सडक योजना आयोगको रातो किताबमा पारेपछि सडक निर्माणका लागि सानोतिनो रकम विनियोजन हुँदै आएको थियो । तराईबाट एउटा पनि पुलको प्रयोग नगरी सहजै पहाडी जिल्लाको यात्रा गर्ने एक मात्र मार्ग भएकोले भविश्यमा यसको महत्वव बढेर जानेमा स्थानीय उपभोक्ता आशावादी देखिएका छन् ।





प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.