निर्वाचनपछि मधेसको मागका लागि फेरि संघर्ष सुरु हुन्छ : यादव

निर्वाचनपछि मधेसको मागका लागि फेरि संघर्ष सुरु हुन्छ : यादव

वीरगन्ज : संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले निर्वाचनपछि मधेसको मागका लागि फेरि संघर्ष सुरु गर्ने बताएका छन् ।
वीरगन्जमा बिहीबार फोरम नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भने ,‘ चुनावमा भाग लियो भन्दैमा मधेसको मुद्धा समाप्त भयो भनेर नठान्नु होला' । मधेसका मुद्धा, मधेसका माग संविधान संशोधन मार्फत सम्बोधन नभएसम्म उठाइरहने उनले बताए । ‘चुनाव लगत्तै मधेसका मुद्धा फेरि अगाडि आउछ, त्यसका लागि संघर्ष पनि फेरि सुरु हुन्छ' उनले भने ।

उनले मधेसको मुद्धा राष्ट्रिय मुद्धा भएको दाबी गरे । अहिलेको संविधानलाई गाइजात्रे संविधानको संज्ञा दिदै अध्यक्ष यादवले यो संविधानले मुलुकलाई गति दिन नसक्ने भएकाले संविधान संशोधन वा पुर्नलेखन नभए संविधान खारेज नै गर्ने दाबी गरे । संविधान त्रूटीपूर्ण छ भनेर संविधान जारी गर्नेहरुले पनि स्वीकार गरिसकेका छन्, संशोधन वा पुर्नलेखन गरिएन भने यो संविधान खारेज हुने निश्चित छ' उनले भने,‘संविधान संशोधन वा पुर्नलेखन भएन भने सर्वस्वीकार्य हुनै सक्दैन ।'

विगतका आन्दोलनबाट प्राप्त उपब्धिहरु गणतन्त्र, संघीयता र समावेशीतालाई संस्थागत र रक्षा गर्नका लागि नै फोरम नेपालले ठूलो जोखिम मोलेर चुनावमा भाग लिएको भन्दै फोरम नेपालका अध्यक्ष यादवले भने भने,‘ जब हामीले पहिलो र दोश्रो चरणको निर्वाचनमा भाग लिने निर्णय गरेका थियौं त्यस बेला हामी माथि चारै तिरबाट अनेकन प्रहार भएको थियो, हामीलाई गाली गलौज पनि गरिएको थियो, तर त्यति बेला हामीलाई गाली गर्ने र प्रहार गर्नेहरु अहिले हाम्रै बाटोमा तछाडमछाड गर्दै आएका छन्, यसले त्यति बेला हामी सही बाटोमा थियौ भन्ने प्रमाणीत भएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा फोरम नेपाल प्रदेश नम्बर २ को पहिलो राजनीतिक शक्ति बन्ने दाबी गर्दै उनले भने,‘हिजो मनोनयनका दिन मधेसभर फोरम नेपाल प्रति देखिएको जनलहरले यस्को संकेत गरि सकेको छ , यो जनलहरले हामीलाइ थप उर्जा प्राप्त भएको छ । पत्रकार सम्मेलनमा प्रदेश नंबर २ को प्रादेशिक राजधानी वीरगञ्ज हुन्छ कि हुँदैन भन्ने विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा फोरम नेपालका अध्यक्ष यादवले दुई नम्बर प्रदेशको राजधानी वीरुगन्ज वा जनकपुर कुन हुन्छ भनेर ठोकुवा गर्ने बेला अहिले नभएको जवाफ दिए ।

उनले भने,‘प्रादेशिक राजाधानी वीरगन्ज हुन्छ कि हुदैँन यस्को ठोकुवा अहिले गर्न सक्दिन, त्यसको निर्णय प्रादेशिक निर्वाचन पछि बस्ने प्रादेशीकसभाको पहिलो बैठकले गर्नेछ । उनले प्रादेशिक राजधानी वीरगन्जमै होस भन्ने वीरगन्जवासीको भावनाको फोरम नेपालले सम्मान गर्ने बताए । वीरगन्ज महानगर अहिले महानगर नभइ महानरकको अवस्थामा रहेको भन्दै अध्यक्ष यादवले वीरगन्जलाई साच्चिकै महानगरका रुपमा बनाउन सक्ने क्षमता र योजना भएका उम्मेदवारहरुलाई फोरम नेपालले चुनावी मैदानमा उतारेको बताए ।

फोरम नेपालले अधिकार प्राप्ति, विकास र निर्माणको मुद्दा सँगसँगै वीरगन्जलाई हेर्न लायकको एउटा उदाहरणीय महानगर बनाउने योजना लिएर हिँडेकाले वीरगन्जवासीले फोरम नेपालका सबै उम्मेदवारहरुलाई अत्याधिक मत दिएर विजयी बनाउने विश्वास आफूले लिएको अध्यक्ष यादवले बताए।
बिहीबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव । तस्बिर : क्रान्ति शाह

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.