नेपाल र चीनको एजेण्डा : केरुङ-काठमाडौं-पोखरा-लुम्बिनी रेल सेवा सञ्चालन

 नेपाल र चीनको एजेण्डा : केरुङ-काठमाडौं-पोखरा-लुम्बिनी रेल सेवा सञ्चालन

काठमाडौं : उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले क्षेत्रीय र अन्तराष्ट्रिय मञ्चमा नेपाल र चीनको साझा अवधारणा बनाउने प्रस्ताव चीन समक्ष राखेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीसँगको छलफलपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री महराले आफूहरुबीच त्यस्तो विषयमा पनि छलफल भएको बताएका हुन्।

 

ऊर्जामा सहकार्य बढाउन संवाद संयन्त्र स्थापना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने र त्यसले ऊर्जा क्षेत्रमा सहकार्यको ढोका खुल्ने मन्त्री महराले बताए। अरनिको राजमार्ग छिटै खुला गर्ने र यथास्थितिमा रहेका सीमालाई स्तरोन्नती गर्ने र नयाँ सीमा खोल्ने बिषयमा पनि चिनियाँ विदेशमन्त्री वाङ यीसँग छलफल गरिएको मन्त्री महराले बताएका छन्।

नेपाल र चीनबीचको अन्तरदेशीय सीमा पार गराई केरुङ-काठमाडौ-पोखरा-लुम्बिनी रेल सेवा सञ्चालन गर्ने संम्भाव्यता अध्ययन गर्ने बिषयमा चिनिया परराष्ट्रमन्त्री यीसँग छलफल भएको महराले बताए।

पारवहन तथा यातायात सम्बन्धी सम्झौताको प्रोटोकलको मस्यौदाका बारेमा पनि चिनियाँ परराष्ट्रमन्त्री वाङ यीसँग छलफल भएको छ । मस्यौदालाई अन्तिम रुप दिन सम्वादलाई तीब्रता दिन दुवै पक्ष सहमत भएको महराले बताएका छन् । चीनसँगको नेपालको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन केही सहयोगी कदम अगाडि बढाउन चिनियाँ विदेशमन्त्री वाङलाई आफूले अनुरोध गरेको पनि मन्त्री महराले जानकारी दिए । 

चीनले अगाडि बढाएको वेल्ट एण्ड रोड इनिसियटिभमा जनस्तरको सम्बन्ध,व्यापार,पर्यटन र लगानी प्रबद्र्धन,रेल सेवा र सडकसहित अन्तरदेशीय सीमा सम्पर्कमा बृद्धि, पूर्वाधार संरचना निर्माणको विकासमा योगदान पुग्ने अपेक्षा नेपालले राखेको मन्त्री महराले बताए ।  नेपालको विकासमा निरन्तर चिनिया सहयोग प्रति धन्यवाद दिदै काठमाडौ बसन्तपुर दरवारलाई नौ तले बनाउनेसहित महत्वपूर्ण अन्वेषणात्मक परियोजनामा खर्च गर्ने गरी चीनले सन २०१६/२०१७ का लागि दुई अर्व आरएमबी परिचालन गर्ने सम्झौता भएको पनि जानकारी गराए ।

नेपालमा पर्यटन प्रवद्र्धन गर्न दुवै पक्ष संयुक्त कदम चाल्न सहमत भएको महराले भेटपछि बताएका छन् । चीन सरकारले सन् २०१७ लाई गन्तव्य नेपाल कार्यक्रम सञ्चालन गरिदिएकोमा महराले मन्त्री वाङ यीलाई धन्यवाद पनि दिएका छन्। सो अवसरमा चीनका मुख्य शहरमा नेपालका प्रमुख पर्यटकीय गन्तव्यको प्रचार प्रसार चीन सरकारले गरिदिने अपेक्षा पनि महराले व्यक्त गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.