बिहीबार बिहानसम्म उम्मेदवारी दर्ता हुँदा निर्वाचन कार्यतालिका प्रभावित

बिहीबार बिहानसम्म उम्मेदवारी दर्ता हुँदा निर्वाचन कार्यतालिका प्रभावित

जनकपुरधाम : असोज २ गतेको निर्वाचनको लागि बुधबार निर्धारण गरिएको मनोनयन दर्तामा ढिलाई हुँदा निर्वाचन कार्यतालिका नै प्रभावित भएको छ।

राजनीतिक दलको ढिलासुस्ती र निर्वाचन आयोगको कमिकमजोरीको कारण बुधबार बिहान १० बजेदेखी ५ बजेसम्मको लागि निर्धारित उम्मेदवार मनोनयन दर्ता प्रक्रिया धनुषाको विभिन्न स्थानीय तहहरुमा विहीबार मात्र पुरा गर्न भ्याइएको हो।

जिल्लाको धनौजी गाउँपालिकामा बिहीबार ११ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिएको थियो भने विदेह नगरपालिकामा बिहान ५ बजेसम्म दर्ता प्रक्रिया चालु रह्यो। त्यसैगरी मिथिला नगरपालिकामा राति १ बजेसम्म, शहीद नगरपालिकामा १० बजेसम्म, औरही नगरपालिकामा ९ बजेसम्म मनोनयन दर्ता गरियो। जनकपुर उपमहानगरपालिकामा राति १ बजेसम्म मनोनयन दर्ता प्रक्रिया जारी रहेको थियो।

निर्वाचन आयोगले थोत्रो ल्यापटप दिएको र सफ्टवेयर राम्ररी चल्न नसक्दा धनौजीमा मनोनयनको कार्यमा ढिला हुन गएको निर्वाचन अधिकृत दयाशंकर अधिकारीले बताए। बेलुका इन्टरनेटनै नभएर कम्प्युटरमा इन्ट्री हुन नसक्दा सम्पूर्ण प्रक्रिया नै प्रभावित हुन गएको अधिकारीले बताए। अर्को तर्फ राजनीतिक दलहरुको ढिलासुस्ती र कतिपयले कागजातहरुनै मिलाएर नल्याएको हुनाले पनि मनोनयन दर्तामा ढिलाई भएको निर्वाचन अधिकृतहरुले बताएका छन्।

विशेषगरी प्रमुख राजनीतिक दलका उम्मेदवार मनोनयन दर्ताको समय समाप्त हुन लाग्दा मात्रै निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको हुनाले समयमा प्रक्रिया सकाउन गाह्रो भएको धनुषाका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले बताए।

मनोनयन दर्ता प्रक्रियामा भएको ढिलाइका कारण निर्वाचन आयोगद्वारा प्रकाशित गरिएको निर्वाचन कार्यक्रम कार्यतालिका प्रभावित भएको मुख्य निर्वाचन अधिकृत उप्रेतीले जानकारी गराएका छन्। बिहीबार बिहान १० बजेदेखी दिउँसो १ बजेसम्म उम्मेदवारमाथि दावी विरोधको कार्यक्रम सार्वजनिक गर्ने आयोगको कार्यतालिकामा उल्लेख भएपनि दर्तामा भएको ढिलाइका कारण सो सम्भव हुन सकेको छैन्। धनुषामा बिहीबार दिउँसो करिब ३ बजे उम्मेदवारहरुको नामावली प्रकाशन गरिएको हो।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.