मेयर विद्यासुन्दरका ‘सुन्दर’सय दिन : प्रत्येक वडा कार्यालयमा सीसी क्यामेरा..

मेयर विद्यासुन्दरका ‘सुन्दर’सय दिन : प्रत्येक वडा कार्यालयमा  सीसी क्यामेरा..

काठमाडौं : काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले कार्यभार सम्हालेको बिहीबार सय दिन पुगेको छ। सोही अवसरमारमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले सय दिनको कार्यप्रगति विवरण सार्वजनिक गरेका छन्। निर्वाचनको समयमा मतदातासँग गरेका एक सय एक प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै आलोचना भइरहेका बेला शाक्यले कार्य प्रगति विवरण सार्वजनिक गर्न पत्रकार सम्मेलन गरेर प्रगति विवरण सार्वजनिक गरेका हुन्। पत्रकार सम्मेलनमा मेयर शाक्यले निर्वाचनको समयमा गरिएका प्रतिबद्धता अनुरुप नै कामभइरहेको दाबी गरे।

उनले महानगरलाई भ्रष्टाचार मुक्त बनाउन प्रत्येक वडा कार्यालयमा सिसी क्यामेरा जडानको काम समेत भइरहेको दाबी गरेका छन्। मेयर शाक्यले पत्रकारलाई सम्बोधन गर्दै सडक व्यवस्थापन, ठूला सवारीको संख्या वृद्धि, सार्वजनिक बगैँचाको व्यवस्थापन, वृक्षारोपण, फोहोर व्यवस्थापन, जेष्ठ नागरिका मुद्दाको सम्बोधन, अपांगतामैत्री सडक र भवन निर्माण, फोहोरबाट विजुली निकाल्नेलगायतका प्रतिबद्धताको काम भइरहेको उल्लेख गरेका छन्। 

सम्बोधनको अन्तिमा मेयर शाक्यले जनताको अपेक्षा अनुसार आफूले विभिन्न कारणले काम गर्न नसकेको भने स्वीकार गरेका छन्। उनले सरकारले स्थानीय तहलाई कानुनी रुपमा सम्पन्न बनाए पनि कार्यान्वयनमा जटिलता आएको समेत उल्लेख गरे।

‘विभिन्न कारण अपेक्षाकृत नतिजा प्राप्त हुन नसकेको स्वीकार गर्छु, स्थानीय तहलाई अधिकार दिएर सरकारले नै कार्यसञ्चालन गर्दा केही समस्या आएका छन्,’ मेयर शाक्यले भने, ‘कर्मचारी व्यवस्थापन र स्रोत साधनको कमी र अधिकार स्पष्ट नहुनु महानगरका लागि समस्या बन्दै छन्।’
उनले सबैलाई परिवर्तनका लागि रचनात्मक सुझाव दिन समेत आग्रह गरेका छन्। कार्यक्रममा मेयर शाक्यले पत्रकारले सोधेका प्रश्नको जवाफ समेत दिएका छन्।

मेयर शाक्यको सम्बोधनका बुँदा
-कार्यभार सम्हालेको आज सय दिन पुगेको छ,
-चुनावका बेला गरिएका प्रतिबद्धता अनुसार केही काम गरिसकेका छौँ। केही चालु अवस्थामा छन्। केही नीतिगत रुपमा अगाडि बढाइएको छ।
-निर्वाचनका समयमा गरिएका प्रतिबद्धता पूरा गर्न हामी प्रतिबद्ध छौँ,
-क्लिन सिटी, सरसफाई एक हजार क्विन्टल बढी फोहोर उठ्यो,
-ग्रिन सिटीका लागि हजार रुख रोपिएको छ,
-सोलार जडान गरिएको छ,
-जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य परीक्षण, ७५ वर्ष पुगेका महिला र पुरुषलाई सेवा, जेष्ठ नागरिकलाई प्रत्येक वडामा विश्राम स्थल निर्माणको काम भइरहेको छ,
-काठमाडौंको पहिचान नेपाल भाषामा काठमाडौंका प्रत्येक वडा कार्यालयमा काम सुरु भएको छ,
-अपांगता व्यक्तिको विकासका लागि भौतिक संरचना अपांगतामैत्री बनाउने काम भइरहेको छ,
-फोहोरबाट बिजुली उत्पादनको काम सुरु भएको छ,
-सार्वजनिक यातायातका साधन वृद्धि गरिएको छ, मनोरोल, मेट्रोरेल नआएसम्म अन्य सवारीको विकल्प छैन,
-महानगरपालिकाका सम्पूर्ण कार्यालयलाई भ्रष्टाचार मुक्त बनाउन प्रत्येक वडा कार्यालयमा सिसी क्यामेरा जडानको काम सुरु भएको छ,
-सडक, ढल, यातायातलगायत साझा विषयलाई व्यवस्थापन गर्न अन्य निकायसँग समन्वय भइरहेको छ,
-भूकम्पबाट क्षति भएका व्यक्तिका लागि सोही स्थानमा घर बनाउदा नक्सा पासमा निशुल्क गरिदिने,
-बाढीपीडितको उद्धारका लागि सहयोग,
-शारीरिक असक्तता भएका व्यक्तिलाई सिपमुलक तालिम,
-एतिहासिक सम्पदा निर्माण र मर्मत सम्भारको काम भइरहेको छ, केही सम्पन्न भएको छ,
-सार्वजनिक जग्गा संरक्षण भइसकेका छन्,
-प्रत्येक वडामा बाल क्लब स्थापना गर्न सुरु,
-काठमाडौंका अव्यवस्थित बगैँचालाई व्यवस्थित बनाइदै,
-काठमाडौँका विभिन्न स्थानमा ढल निर्माण हुँदै,
-काठमाडौंका सडकमा पिच, ढलान र ग्राभेल भइसकेको छ,
-सडकपेटीमा यात्रुलाई सहज बनाउन फुटपाथ हटाउने काम भइरहेको छ,
-निर्वाचनका प्रतिबद्धता कतिपय कार्यान्वयन भए भने कतिपय कार्यान्वयनको चरणमा छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.