गोरखकाली रबर उद्योग सञ्चालनबारे छलफल

 गोरखकाली रबर उद्योग सञ्चालनबारे छलफल

गोरखा: लामो समयदेखि ठप्प रहेको गोरखकाली रबर उद्योगलाई सञ्चालन गर्ने बारे गोरखाका जनप्रतिनिधि र प्रधानमन्त्री बीच बुधबार छलफल भएको छ। सांसदहरु चीनकाजी श्रेष्ठ, कमला पन्त सहभागी रहेको गोरखा नगरपालिकाका मेयर राजनराज पन्त नेतृत्वको टोली र प्रधानमन्त्री शेरबहादुर देउवाले बीच छलफल भएको मेयर पन्तले जानकारी दिए।

 

छलफलमा प्रधानमन्त्री देउवाले एकदुई दिनभित्रै उद्योग मन्त्री नियुक्त गरी रबर उद्योग सञ्चालनको बिषयमा ठोस निर्णय लिने जनाएका छलफलमा सहभागी पत्रकार महासंघ, गोरखाका अध्यक्ष किशोरजंग थापाले जानकारी दिए।

टायर उत्पादन गर्ने नेपालको एक मात्र उद्योग गोरखकाली रबर उद्योग २०७१ चैतदेखि बन्द रहेको छ। सो उद्योग बन्द भएपछि कार्यरत दुईसय ४७ जना कर्मचारी तथा मजदुरले पनि तलब पाएका छैनन्।

प्रधानमन्त्री देउवाले दशैअघि मजदुरलाई तलब खुवाउने ब्यबस्था मिलाउने पनि जनाए। नयाँ उद्योग मन्त्री नियुक्त गरी उद्योगलाई नयाँ संरचना र स्वरुपमा सञ्चालनको पहल गर्ने प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै थापाले जनाए।

'एक दुईदिनमै उद्योग मन्त्री नियुक्त हुनेछन्। त्यसपछि पहिले त कर्मचारी र मजदुरको दशै मनाइदिनु पर्‍यो । अनि उद्योगलाई कसरी ब्यबस्थित रुपमा चलाउनुपर्छ चलाउँछौं' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै थापाले भने ‘सरकारी ढुकुटीलाई आर्थिक भार पारेर उद्योग बन्द गरेर कर्मचारी, मजुदर पालेर मात्र राखेर काम छैन।

पुराना कर्मचारी मजदुरलाई ‘गोल्डेन हाइण्डसेक’को ब्यबस्था गरेर बिदा गर्ने, नयाँ ब्यबस्थापनले उद्योग चलाउनुपर्छ भने।' रबर उद्योगमा सरकारको एक अर्ब(३८ प्रतिशत) सेयर लगानी रहेको छ।

प्रधानमन्त्री देउवाले रबर उद्योगको विशेष आर्थिक क्षेत्र लागु गर्ने बारे छलफल भइरहेको पनि जानकारी दिए । गोरखा नगरपालिका १४ मझुवामा रहेको रबर उद्योगको नाममा ६००. रोपनी जग्गा छ। ‘त्यही जग्गालाई उपयोग गरी बिभिन्न उद्योग पनि बिस्तार गर्न सकिने प्रधानमन्त्रीले बिकल्प दिनुभएको छ' छलफलमा सहभागी अर्का नेपाल कारखाना श्रमिक संघका अध्यक्ष इश्वर परियाले भने।

रबर उद्योगको २४ घण्टामा ६२४ थान ट्रकटायर र ननट्रक टायर उत्पादन गर्ने क्षमता रहेको छ।
बिगतमा एकबर्षमा ५६ दिनमात्र सञ्चालन हुँदा पनि उद्योगले कर्मचारी, मजदुरको ब्यबस्थापन गरेर नाफा कमाउने गरेको थियो।

प्रधानमन्त्रीसंगको छलफलमा सांसदहरु श्रेष्ठ र पन्त, मेयर पन्त, कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, पत्रकार महासंघका अध्यक्ष थापा, मजदुर नेता परियार लगायतका सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.