मोदीले अरुण तेस्रो जलविद्युत उद्घाटन गरे दुर्घटना हुने विप्लवको चेतावनी

मोदीले अरुण तेस्रो जलविद्युत उद्घाटन गरे दुर्घटना हुने विप्लवको चेतावनी

धरान : नत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अरुण तेस्रो जलविद्युत आयोजनाको उद्घाटन गर्न दिए ठूलो दुर्घटना हुने चेतावनी दिएको छ। सप्तकोसी उच्च बाँधको विरोधमा धरानमा बिहीबार आयोजित सभालाई सम्बोधन गर्दै पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले अरुण तेस्रो उद्घाटन गर्न मोदी आए ठूलो दुर्घटना हुने चेतावनी दिएका हुन्।

सरकारले सप्तकोसीमा २ सय ६९ मिटर अग्लो बाँध निर्माणका लागि सप्तकोसी उच्च बाँधको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्न स्वीकृती दिएपछि विप्लव नेतृत्वको पार्टीले विरोध जनाउदै आएको छ। सप्तकोसी उच्च बाँध नेपाल र नेपालीको हित विपरित रहेकाले तत्काल उक्त सम्झौता खारेज नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी समेत बास्तोलाले दिएका छन्।

नेता बास्तोलाले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको बेला मोदीलाई अरुण तेस्रोको उद्घाटन गर्न निम्ता दिएको प्रसंग कोट्याउदै नेपाल र नेपालीविरुद्ध गलत अभिव्यक्ति दिने भारतीय प्रधानमनत्रीलाई कुनै पनि हालतमा अरुण तेस्रोको उद्घाटन गर्न नदिने बताए।

पूर्वसांसद तथा पार्टीका केन्द्रीय सदस्य किरणकुमार राईले तत्काल भारतलाई दिएको डीपीआरको काम बन्द गर्न आग्रह गरेका छन्।सप्तकोसीमा बाँध बने प्रदेश १ का धेरै जसो जिल्लाका धेरै मानव बस्ती डुवानमा पर्ने भएकाले सप्कोसी उच्च बाँध नेपालको हितमा नरहेको उनको दाबी छ।

सीमाविद् गोपाल कोइरालाले ३० बर्ष अगाडि भएको कोसी उच्च बाँध सम्झौता अनुसार नै उच्च बाँध बन्न लागेकोले यो समय सान्दर्भिक नभएको भन्दै त्यसकाविरुद्ध लाग्न सबै राष्ट्रवादीलाई आग्रह गरेका छन्। प्रा.डा.गोपाल शिवाकोटी (चिन्तन) ले सप्तकोसी उच्च बाँध नेपाल र नेपालीका लागि मात्र नभएर भारतका लागि समेत हानिकारक हुने बताए। प्रजातन्त्र र लोकतन्त्र पश्चात भारतसंग भएका प्राकृतिक सम्झौता कहिल्यै पनि नेपालीको हितमा नभएको बताउदै उनले यसपछिका सरकारले राष्ट्रियता जोगाउन भन्दा पनि भारतलाई खुशी पार्ने काम गरिरहेको आरोप लगाए।

भारतीय प्रधानन्त्री नरेन्द्र मोदीसँग गरेको ४६ बुँदे सहमतिको २८ नं. बुँदामा कोसी नदीमा उच्च बाँध बनाउने उल्लेख गरिएको छ। कोशी उच्च बाँध बनाउदा धनकुटा, उदयपुर, भोजपुर, सिन्धुली, ओखलढुंगा, रामेछाप, खोटाङ, तेह्रथुम, पाँचथर, संखुवासभासहित तराईका बस्तीहरु र सुनकोशी नदीको जलाधार क्षेत्रका भुभागहरु डुब्दा १ लाख २० हजार भन्दा बढी परिवार विस्थापित हुने बताइएको छ। विरोधसभा अगाडि पार्टीले धरानको छाताचौकबाट राष्ट्रघाती सप्तकोसी उच्चबाँध खारेज गर, नेपालको जलसम्पदा नेपालके लागि प्रयोग गरौँ लगायतका नारा लगाउदै सयाँै कार्यकर्तालाई सडकमा उतारेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.