खुकुरी प्रहारबाट माओवादी नेता गम्भीर घाइते

खुकुरी प्रहारबाट माओवादी नेता गम्भीर घाइते

चरीकोट: खुकुरी प्रहारबाट माओवादी केन्द्र दोलखाका सचिवालय सदस्य बर्ष ३३ का राम ढुङ्गेल गम्भीर घाइते भएका छन्। गम्भीर घाइते भएका नेता ढुङ्गेल लाई चरीकोटमा उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत राजधानी पठाइएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक रमेश प्रधानले जानकारी दिए।उनले घाइते ढुङ्गेलको टाउँकोमा गम्भीर चोट लागेकोले उपचारको लागि राजधानी पठाइएको बताए।

बिगु गाउँपालिका वडा नम्बर ४ लादुक स्थित झोरुङ भन्ने स्थानमा खाना खाइरहेको बेला स्थानीय देउता बुढाथोकीले पछाडिबाट खुकुरी प्रहार गरेको स्थानीयको भनाइ उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ।

कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाडा घर भएका ढुङ्गेललाई सोही गाउँपालिका वडा नम्वर ४ घर भएका बुढाथोकीले खुकुरी प्रहार गरेका हुन।खुकुरी प्रहारमा संलग्न बुढाथोकीलाई विहिबार नै पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दोलखाको भनाइ रहेको छ।

यद्यपी खुकरी किन प्रहार गर्‍यो भन्ने विषयमा नखुलाएपनि पुरानो विषय लाई लिएर खुकरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। ढुङ्गेल माओवादी केन्द्र दोलखाका सचिवालय सदस्य एवंम कालिञ्चोक गाउँपालिकाको सह-संयोजक हुन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.