शिवपुरी र ककनीमा क्यानोनिङ

शिवपुरी र ककनीमा क्यानोनिङ

नुवाकोट : साहसिक खेल क्यानोनिङका लागि ककनी र शिवपुरीमा पर्यटक जाने क्रम बढेको छ। प्राकृतिक दृश्यावलोकन र पदयात्रासहित साहसिक पर्यटकीय गतिविधिमा रुचि राख्ने स्वदेशी, विदेशी पर्यटकको रोजाइमा शिवपुरी र ककनी परेको सरोकारवालाको भनाइ छ।

क्यानोनिङ एक दशकदेखि नेपालमा सञ्चालनमा आएको खेल हो। नेपाल क्यानोनिङ एसोसिएसनको आयोजनामा विगत तीन वर्षदेखि नेपालका विभिन्न झरनामा क्यानोनिङलाई महोत्सवकै रूपमा मनाउन थालेपछि स्वदेशी तथा विदेशी युवाको आकर्षण यसप्रति बढेको हो।

 

काठमाडौंदेखि ३० किलोमिटर पश्चिम रहेको शिवपुरी गाउँपालिका-८ थानापतिस्थित सानो छहरे झरनामा एसोसिएसनको सदस्य फ्रेन्सस एडभेन्चरले गतवर्ष दिएको दसदिने क्यानोनिङ प्रशिक्षणपछि यस वर्षबाट स्वदेशी र विदेशी पर्यटकको आकर्षण बढेको छ। तर मोटरबाटोबाट झरनासम्म पुग्ने सहज बाटो निर्माण र व्यावसायिक मान्यता पाउन भने बाँकी छ।

नुवाकोटको ककनी गाउँपालिकाको पौवाथोक र बुलबुले झरनामा पनि क्यानोनिङ सुरु भएको छ। बाटो निर्माण गरी विदेशीका लागि डिजिटल सामग्री प्रचार गर्न सके व्यवसाय फस्टाउने ककनी गाउँपालिका अध्यक्ष मानबहादुर लामाले बताए।

स्थानीय क्यानोनिङ व्यवस्थापन समितिले आयोजना गरेको क्यानोनिङमा स्थानीय १० युवाले उक्त सो खेल खेलेका छन्। क्यानोनिङको निरन्तरता र व्यावसायिकतामा जोड दिन यस्ता कार्यक्रम थालिएको शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाको भनाइ छ। ‘स्थानीय विकासका लागि पर्यटन एक महत्वपूर्ण क्षेत्र हो। यसको विकास र प्रवद्र्धनमा हामी सबै लाग्नु आवश्यक छ उनले भने।

नेपाल क्यानोनिङ एसोेसिएसनले पछिल्लो समय नुवाकोटमा क्यानोनिङको पहिचान, प्रशिक्षण र स्थानीय समुदायलाई सक्रिय गराउन थालेपछि यसको सम्भावना बढेको हो। मनोरञ्जन, पर्यटन प्रवद्र्धन, व्यावसायिक आयआर्जन तथा समुदाय परिचालनमा यसलाई जोड्न राजनीतिक दल, स्थानीय तह र सामाजिक कार्यकर्तामा जागरणसमेत आवश्यक देखिएको थापाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.