व्यापारी भेडाच्यांग्रा किन्न केरुङ गएनन्

व्यापारी भेडाच्यांग्रा किन्न केरुङ गएनन्

विदुर : दसैं आउन मात्र तीन साता बाँकी रहँदा यस वर्ष चीनको केरुङबाट भेडाच्यांग्रा ल्याउन व्यापारीले चासो दिएका छैनन् । गत वर्ष एक महिनाअघि नै भेडाच्यांग्रा खरिदका लागि रसुवागढी नाका हुँदै केरुङ पुग्ने गरेकोमा बिहीबारसम्म कोही पनि व्यापारी केरुङ गएका छैनन् ।

यस वर्ष बडादसैंका लागि चीनको केरुङबाट रसुवागढी हुँदै नेपालतर्फ भेडाच्यांग्रा नआउने टिमुरेका व्यापारी बुनिमा तामाङले बताए । पहिले एक महिना अगाडि नै भेडाच्यांग्रा खरिदका लागि व्यापारी चीन जाने गरेकोमा कोही नगएको र यस वर्ष रसुवागढीबाट भेडाच्यांग्रा नआउने तामाङको भनाइ छ । गत वर्ष रसुवागढी नाकाबाट चार सय थान भेडाच्यांग्रा नेपाल भित्रिएका थिए ।

गत वर्ष एउटा भेडाच्यांग्राको १८ देखि २२ हजार रुपैयाँ परेको थियो । भेडाच्यांग्रा खसीबोकाको तुलनामा निकै महँगो पर्न थालेका कारण यसका पारखी घटिरहेको व्यापारीहरूको भनाइ छ ।

गत वर्षभन्दा यस वर्ष चिनियाँ रुपैयाँ घोर्मुको दर घटेका कारण केही सस्तो पर्न जाने व्यापारी बुनिमा तामाङको भनाइ छ । पोहोर एक हजार घोर्मु बराबर नेपाली १८ हजार रुपैयाँ परेकोमा यस वर्ष घटेका कारण एक हजार घोर्मु बराबर नेपाली १५ हजार पाँच सय रुपैयाँ पर्ने तामाङले बताए ।

केरुङमा पहिले नै रकम बुझाउनु पर्ने र राम्रा खालका भेडाच्यांग्रा नपाउने भएका कारण यस वर्ष मुस्ताङ पुगेर भेडाच्यांग्रा ल्याउने तयारी गरिएको धुन्चेका व्यापारी रामेश्वर खड्काले बताए । सदियौंदेखि चीनको केरुङबाट रसुवागढी नाका हुँदै नेपालतर्फ बडादसैंका लागि भेडाच्यांग्रा भित्रिने गरेकोमा बाटोघाटो र विविध कारणले गर्दा यस वर्ष नआउने भएको उनको भनाइ छ ।


एक महिनाअघि नै भेडाच्यांग्रा किन्न रसुवागढी नाका हुँदै केरुङ पुग्ने व्यवसायीले यस वर्ष भने चासो देखाएका छैनन् ।

खसीको तुलनामा चीनका भेडाच्यांग्राको मासु स्वास्थ्यका लागि हितकर र स्वादिलो हुने गरेको छ । यसकारण केही महँगो परे पनि यसका पारखी भेडाच्यांग्रा खरिद गरेर खाने गरेका छन् । रसुवागढी नाकाबाट सबैभन्दा बढी भेडाच्यांग्रा २०६० सालमा चार हजार गोटा नेपाल भित्रिएका व्यापारीहरूको अनुभव छ । चिनियाँ मूल्यमा बढोत्तरी आएका कारण भेडाच्यांग्राका सौखिन उपभोक्तालाई महँगो पर्न गएको व्यापारी सरोज न्यौपानेको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.