के भन्छन् अपार्टमेन्ट व्यवसायी ?

के भन्छन् अपार्टमेन्ट व्यवसायी ?

 

ग्राहकको रोजाइअनुसार घर तयार पारेका छौँ

शम्भु फुँयाल, महाप्रबन्धक सीई कन्स्ट्रक्सन

भूकम्पपछि सामूहिक आवासको आवश्यकता महसुस बढेकाले हाउजिङको महत्व अझै बढेको हो । हामीले हाउजिङ निर्माणको कामलाई निरन्तरता दिइरहेका छौँ । भूकम्पपछि पनि हाम्रो हाउजिङ निर्माण चलिरहेको छ । हामीले हाल निर्माण गरिरहेका प्रोजेक्टको संख्या १८ वटा छ भने कुल प्रोजेक्ट ३० वटा पुगिसकेको छ । भूकम्पपछि निर्माण भएको हात्तीवन हाउजिङमा ७१ वटा युनिट छन् । यसमध्ये ५५ वटा घर निर्माण सकिएका छन् । बाँकी निर्माणकै क्रममा छन् ।

sghambhu-photo1भक्तपुरको सल्लाघारी हाउजिङमा हामीले एक सयभन्दा बढी युनिट निर्माण गरिरहेका छैाँ । हालसम्म यसमा ६० वटा सम्पन्न भइसकेका छन् । सीतापाइलाको इलाइट कोलोनी पनि हाम्रो पछिल्लो चलिरहेको योजना हो । यो प्रोजेक्ट भर्खर सुरुआतको चरणमा छ । हात्तीवनमा रहेको पवित्र आवासमा पनि ३० वटा घर निर्माणकै चरणमा छन् । धोबीघाटको सेनन कोलोनीमा १२ वटा युनिट छ । यो पनि सकिने चरणमा छ । सानेपा हाइटमा रहेको नौवटा युनिटको हाउजिङ पनि निर्माणाधीन योजना हो ।

हामीले ग्राहकको रोजाइ र चाहनाअनुसारका हाउजिङ तयार पारेका छौं । सडक बत्ती र सुरक्षाबाहेक हाउजिङमा बस्नेले अतिरिक्त शुल्क तिर्नु पनि पर्दैन । बत्ती, पानी, सरसफाइसहितका विषयमा भने जो जहाँ बसे पनि तिर्नुपर्ने अनिवार्य शुल्क हो । पछिल्लो समय घर किन्न महँगो भएको कारण नै महँगी बढ्दै जानु हो । जग्गाको भाउ बढेका कारण रिङरोडनजिक डेढदुई करोड रुपैयाँ घरका निम्ति खर्चनु सामान्य लागत भइसकेको छ । हामीले भने ग्राहकको चाहनाअनुसार घर बनाएकाले ८०÷९० लाख रुपैयाँदेखि चारपाँच करोड रुपैयाँसम्मका घर बेचेरहेका छैाँ । हाउजिङप्रतिको ग्राहकको चाहना बढ्दै जाँदा सोहीअनुसारको संरचना पनि बन्ने गरेको छ ।

 

हामीले यो क्षेत्रमा गरेको योगदान र यसप्रतिको सकारात्मक प्रयासले नै बर्सेनि दुई÷तीनवटा नयाँनयाँ योजाना अगाडि सार्न सफल भएका छौं । गतवर्ष हामीले गरेको योगदान सफल भएकै कारण यो क्षेत्रमा हाम्रो उपस्थिति निकै राम्रो भएको हो । हाउजिङमा बस्नेको संख्या बिस्तारै बढेको छ । अतिरिक्त सुविधा नलिई सामान्य सुविधामै घर खोज्नेको जमात पनि बढ्दो छ । हामीले अतिरिक्त सुविधा प्रयोग गर्न सक्ने र नसक्ने दुवैका लागि घर तयार गर्न सफल भएका छौं ।
हाउजिङ एउटा समुदाय हो । समुदायभित्र आवश्यक खुला स्थान, खेल्ने स्थान, सडक, सुरक्षालगायत सेवा आश्यक हुन्छन् । ग्राहकले चाहेजस्तै सुविधा दिएर घर दिनु भनेको यो क्षेत्रप्रतिको विश्वसनीयता पनि बढ्दै जानु हो ।

घरघरमा हिलटेक

-कमल जैन, अध्यक्ष, हिलटेक

नेपालीको घरघरमा पानीको कालो ट्यांकी देख्नेबित्तिकै आम नागरिकले यो हिलटेक होला भनेर बुझ्ने गरी ब्रान्ड बनाउन सफल भएको छ हिलटेक प्रालि । विगत २५ वर्षदेखि हिलटेक पानीट्यांकी बनाइरहेको यो कम्पनीले १० वर्षदेखि पाइप पनि बिक्री गर्दै आएको छ । हामीले बनाएका ब्रान्डले नै अहिले बजारमा जति पनि ट्यांकी छन्, ती सबैलाई पछाडि पार्न सफल भएका हौं । हाम्रो बजार हिस्सा अझै पनि ५० प्रतिशत छ । हाम्रो मार्केट पनि निकै राम्रो छ । हामीले बनाउन सकेको ब्रान्डकै कारण अहिले सबै नेपालीले आफ्नो घर तथा कुनै पनि पानीको ट्यांकीका लागि हिलटेक नै रोज्ने गरेका छन् ।

kamal-jain,-hilltakeबजारमा सस्तोको नाममा नयाँ कम्पनीको ट्यांकी बिक्री हुने गरे पनि ग्राहकको विश्वास भने हिलटेकमै छ । हामीले २५ वर्षदेखि आधुनिक प्रविधि आत्मसात् गर्दै जाने र ग्राहकको खोजेजस्तै गुणस्तर कायम गर्न सकेकाले पनि हाम्रो ब्रान्डप्रतिको विश्वास बढेको हो । हामी प्रतिस्पर्धात्मक बजारमा हिलटेकलाई खस्किन दिँदैनाँै । हामीले बढी पैसा लिने र कम गुणस्तरको सामान कहिल्यै पनि दिँदैनौँ । प्रविधिलाई आत्मसात् गर्दै जाने हाम्रो विशेषताकै कारण नेपालभर हिटलेक पुगेको छ ।

यसको सेवा ७५ वटै जिल्लामा पुगेको छ । जहाँ बाटोको पहुँच छ, त्यो ठाउँसम्म सहजै पुग्ने नै भयो । बाटो नपुगेका ठाउँमा मान्छेले बोकेर वा हेलिकोप्टरमा राखेर भए पनि हिलटेक पुगेको छ । हिलटेकले सेवाक्षेत्रमा पनि आफ्नो योगदान दिन साँगामा विश्वकै अग्लो महादेवको मूर्ति बनाएको छ । सात वर्षदेखि नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनाउन सफल यो स्थानमा आउने सेवाग्राहीको सेवाका निम्ति हिलटेक रिसोर्ट पनि सञ्चालनमा छ ।

९० प्रतिशत घर बेचिसकेका छौँ

-सुमनप्रसाद न्यौपाने, प्रमुख कार्यकारी अधिकृत, ग्रीनहिल सिटी

हामीले हाउजिङका विभिन्न प्रोजेक्ट सञ्चालन गरिरहेका छाँै । ग्रिनहिल सिटीको थानकोटमा रहेको १ सय ४३ युनिटको रोजभिलेज, मूलपानीको आठ सय युनिटको ग्रीनहिल सिटी, इमाडोलको ९७ युनिटको ग्रीनहिल सिटी, धुम्बाराहीको १५ युनिटको ग्रीनहिल सिटी र एक सय युनिटको ग्रीनहिल सिटी दुवाकोटमा छ । हामीले काम सुरु गरेको एक वर्षदेखि डेढ वर्षसम्ममा बनाइसक्ने गरी सबै युनिटको काम गरेका हौँ । मूलपानीको हाउजिङ भने पाँच चरणमा निर्माण भइरहेको छ । यसमा पनि चारवटा चरण सकिइसक्यो, पाँचौँमा काम सुरु हुँदै छ । हामीले हाउजिङसँगैै झापाको गौरीगन्ज, गौरादह क्षेत्रमा एक सय बिहागामा वृक्षरोपण पनि गरिरहेका छौं । हामीले हरियाली पनि जोगाउँदै जानुपर्छ भनेर यो अभियान सुरु गरेका हैाँ ।

suman-pd-neupane,-green-hillग्रीनहिल सुरु भएको १० वर्षमा ग्राहकको रुचि र यसप्रतिको आकर्षण पनि निकै राम्रो देखिएको छ । हामीले बनाएका घरमध्ये करिब ९० प्रतिशत बेचिसकेका छौँ । १० प्रतिशत निर्माणकै चरणमा छन् । निर्माण सुरु भएका तर पूरा नभएका हाउजिङको युनिट मात्रै हामीसँग बाँकी छ । हामीले बनाइरहेको हाउजिङ ग्राहकको क्षमताअनुसारका छन् । हामीले धुम्बाराहीमा भने अन्य हाउजिङको तुलनामा अलि बढी मूल्यसम्म जाने गरी तयार पारेका छौँ । यहाँ दुई करोडदेखि ६ करोड रुपैयाँसम्मका घर छन् ।

बजारको आवश्यकताअनुसार हामीले घर बनाउने काम गरिरहका छौँ । हामीले बनाउन थालेका हाउजिङमध्ये धुम्बाराहीमा पाँच, इमाडोलमा १५, मूलपानीमा ७० वटा मात्रै तयार हुन बाँकी छन् । भूकम्पपछि केही समय हाउजिङप्रतिको आकर्षण कम भएको थियो । यसमा कुनै पनि प्रकारको उल्लेख्य क्षति नभएको हुँदा ग्राहकको आकर्षण भने कम भएको छैन । पछिल्लो समय व्यस्त जिन्दगीसँगै परिवारको संख्या कम हुने र अवकाशपछिको आनन्दपूर्ण जीवनका निम्ति पनि हाउजिङ प्रमुख आकर्षण बनेको छ ।

हाउजिङको भविष्य राम्रो छ

-भीम खरेल प्रवक्ता, सिभिल होम

नेपालमा हाउजिङ व्यवसायको भविष्य एकदम राम्रो छ । हामीले २०५७ सालबाट हाउजिङ व्यवसाय सुरु गरेका हौं । एकल परिवार बढ्दो सहरी जीवनका लागि अपार्टमेन्ट रोजाइमा पर्न थालेसँगै यसको भविष्य पनि देखिन थालेको हो । सुरक्षा, चोरी, डकैतीलगायतका अपराधबाट जोगिन मात्र होइन, व्यक्तिगत जीवनका हर सुरक्षाका निम्ति मानिसले अपार्टमेन्ट नै रोज्छन् । यिनै सुनिश्चितताले मानिसहरू अपार्टमेन्टप्रति आकर्षित भएका हुन् । सानो क्षेत्रमै समुदायको सामीप्य मिल्नु अपार्टमेन्टको अर्को विशेषता हो । अब हाउजिङ जिउने आधार बनेको छ ।

bhim-kharel_-civil-hoheपछिल्लो समय व्यक्तिले बनाएका हाउजिङ बिक्न छाडिसके । व्यवसायीले बनाएका अपाटमेन्ट तथा हाउजिङ नै बढ्दो चापको विकल्प हो । सिभिल होमले हालसम्म विभिन्न नौ स्थानमा हाउजिङ विस्तार गरिसकेको छ । भैंसेपाटीबाट सुरु भएको सिभिल होमको हाउजिङ व्यवसाय आठौं फेजमा सामाखुसीमा हुँदै छ ।

यसमा कुन मोडेलमा जाने भनेर तय पनि हुँदै छ । इन्जिनियरिङ प्वाइन्ट अफ भ्यूबाट वा वैज्ञानिक तरिकाबाट बनाइएका अपार्टमेन्टहरूमा भूकम्पले क्षति पुर्‍याएको छैन । विश्वबजारमा भएका अभ्यासलाई हेर्दा भने नेपालमा हाउजिङ तथा अपाटमेन्ट व्यवसाय बामे सर्दै गरेको अवस्थामा छ । समग्र क्षेत्रको बुझाइलाई हेर्ने हो भने यो क्षेत्रको भविष्य राम्रो देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.