चिनियाँ प्रधानमन्त्री, स्टेट काउन्सिलर र विदेशमन्त्रीले महरासँग के भने ?

चिनियाँ प्रधानमन्त्री, स्टेट काउन्सिलर र विदेशमन्त्रीले महरासँग के भने ?

काठमाडौ : उपप्रधान तथा परराष्टमन्त्री कृष्णबहादुर महराले चिनिया प्रधानमन्त्री लि खछयाङ, चिनियाँ स्टेट काउन्सिलर याङ् जेइची र चिनियाँ बिदेशमन्त्री वाङ् यीसँग गरेको भेटवार्ता नेपाल र चीन वीचमा दुरगामी महत्व राख्ने खालका छन् । दुई पक्षीय वार्तामा उठेका बिषयलाई वार्तामा सहभागी नेपाली प्रतिनिधिमण्डलका सदस्यहरुसँग बरिष्ठ सम्वाददाता सन्तोष घिमिरेले गरेको कुराकानीका अंश यहाँ प्रस्तुत गरिएको छ ।

 

चिनियाँ प्रधानमन्त्री लि खछ्याङ् : राजनीतिक स्थिरताको बाटोमा नेपाल अघि बढेकोमा हामी खुशी छौं । दुई चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएकोमा हामी बधाई दिन चाहन्छौँ । तेश्रो चरणको चुनाव सफलताको कामना छ ।

दुई मुलुकबीच उच्चस्तरीय राजनीतिक भ्रमणलाई निरन्तरता दिनुपर्छ । त्यसका लागि हामी तयार छौँ । उपयुक्त समयमा चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुनेछ । भ्रमण कुन समयमा गर्ने भन्ने कुरा हाम्रा मुलुकका आन्तरिक राजनीतिक परिस्थितिले निर्णय गर्ने कुरा हो । नेपाल हाम्रो प्राचीन र निकट छिमेकी मुलुक हो ।

चिनियाँ रेल नेपालसम्म विस्तार भएको हेर्न नेपाली जनता आतुर छन् भन्ने हामीलाई थाहा छ । नेपालसम्म रेल विस्तारका लागि भौगोलिक जटिलता पनि छन् । यसैपनि उच्च हिमाली क्षेत्रबाट तल्लो क्षेत्रमा रेल लैजाने कुरा विश्वभरी नै चुनौतिपूर्ण काम मानिन्छ । तर हामीले यो बिषयलाई प्राथमिकतामा राखेका छौँ । जस्तोसुकै चुनौति आएपनि हामी यो परियोजना अघि बढाउनेछौँ । यसका लागि हाम्रा संबन्धित सरकारी निकायलाई आवश्यक अध्ययन गर्न ब्यक्तिगत रुपमा मैले निर्देशन दिइसकेको छु । अध्ययनको प्रतिफल सकारात्मक आउने मेरो विश्वास छ ।

 चिनियाँ स्टेट काउन्सिलर याङ् जेइची :  नेपाल हाम्रो पुरानो र असल मित्र हो । नेपालका राजनीतिक दलहरुले निरन्तर रुपमा चिनियाँ राष्ट्रपति सि जिनपिङ्को भ्रमणका लागि अनुरोध गरिरहनुभएको छ । हामीले पनि राष्ट्रपतिको नेपाल भ्रमण हुनुपर्छ भन्नेमा जोड दिइरहेका छौँ । उपयुक्त समयमा राष्ट्रपति सिको नेपाल भ्रमण हुनेछ । तर राष्ट्रपति तहको भ्रमणका बेला दुई देशबीचको सम्ंबन्धलाई नयाँ उचाईमा पु¥याउने खालका दिर्घकालीन महत्वका बिषय समेटिएको हुनुपर्छ। भ्रमण भ्रमणका लागि मात्र सीमित हुनुहुंदैन । भ्रमणको प्रतिफलमा हामीले ध्यान दिनुपर्छ । हामीले यस्ता भ्रमणहरु गर्दा दुरदृष्टि राख्नुपर्छ । ताकि यस खालका भ्रमणले दुवै मुलुकबीचको संबन्धलाई नयाँ गति प्रदान गरुन् । चीनले नेपालको प्रगति, स्थिरता र शान्तिका लागि सदैव हरतरहले सहयोग गर्नेछ ।


चिनियाँ बिदेशमन्त्री वाङ् यी : परराष्ट्रमन्त्री महरासँग मेरो बृहत् र फलदायी भेटवार्ता भयो । बेल्ट एन्ड रोड अवधारणालाई व्यावहारिक कार्यान्वयनमा लैजान मिलेर काम गर्न हामी सहमत भयौँ । हामी नेपाललाई अटुट रुपमा सहयोग जारी राख्नेछौँ । नेपालको सार्वभौमिकता, अखण्डता र स्वतन्त्रताको हामी उच्च सम्मान गर्छौँ । बेल्ट एन्ड रोड अवधारणामा नेपाल साझेदार बनेकोमा हामी नेपाललाई आभार ब्यक्त गर्न चाहन्छौँ । आशा छ, नेपालले आफ्नो आर्थिक विकासमा यो अवधारणाबाट लाभ लिनेछ ।
अरनिको राजमार्गलाई पुनः संचालनमा ल्याउन चीन सकारात्मक छ । विगतमा नेपाल र चीनबीच भएका पारवहन यातायात सम्झौता र बेल्ट एन्ड रोड अवधारणामा नेपालको सहभागिताबाट सम्बन्धलाई अघि बढाउन ठूलो सहयोग मिलेको छ । हामीले यी सम्झौताको व्यावहारिक कार्यान्वयनमा ध्यान केन्द्रित गर्नुपर्छ । पारवहन सम्झौताको प्रोटोकलाई हामीले अध्ययन गरिरहेका छौँ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.