सांसदलाई थर्काउँदै आपूर्ती मन्त्रालयका सचिवले भने, ‘मलाई भेडाबाख्रा र हरुवाचरुवा नठान्‍नुहोस्’

सांसदलाई थर्काउँदै आपूर्ती मन्त्रालयका सचिवले भने, ‘मलाई भेडाबाख्रा र हरुवाचरुवा नठान्‍नुहोस्’

काठमाडौं: आपूर्ती मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले संसदीय समितिका बैठकमा जति बेला चाह्यो उति बेला नबोलाउन सांसदहरुलाई चेतावनी दिएका छन्। 

उद्योग, बाणिज्य तथा उपभोक्ता हकहित संरक्षण समिति अन्तर्गतको उपसमितिले बोलाएको बैठकमा सचिव देवकोटाले समितिले चाहदैमा जतिसुकै बेला बैठकमा उपस्थित हुन सम्भव नहुने भन्दै आफूलाई भेडाबाख्राजस्तो नठान्न चेतावनी दिएका हुन्।

उपसमितिले शुक्रबार नेपाली नम्बर प्लेटको बुलेट सञ्चालनका सम्बन्धमा सचिव देवकोटालाई छलफलका लागि बोलाएको थियो। सांसदहरुले बैठकको सुरुमा एक बर्षदेखि नेपाली नम्बर प्लेटका ग्याँसका बुलेट भारतमै थन्किएको बारे सचिवसँग जिज्ञासा राख्दा उनी सांसदमाथि खनिएका हुन्। सचिव देवकोटाले आक्रोशित हुँदै भने, ‘मलाई भेडाबाख्रा ठान्नुभाको छ, म हरुवाचरुवा होइन, तपाईहरुले जतिबेला चाह्यो उतिबेला समितिमा जवाफ दिन आईपुग्ने।’

आक्रोशित मुद्रामा रहेका सचिवले थप भने, ‘म राज्यको जिम्मेवार अधिकारी हुँ। मलाई उपयुक्त समय मिलाएर मात्र समितिका बैठकमा बोलाउनुहोला।’

बिदाको दिन टेलिफोन र पत्रमार्फत बैठकबारे जानकारी दिएको उल्लेख गर्दै सचिव देवकोटाले समयको ख्याल गर्न समेत सांसदलाई सुझाव दिए। सचिव देवकोटाको प्रस्तुति देखेर जिल्ल परेका सांसदले शिष्ट भाषा प्रयोग गर्न उनलाई आग्रह गरे। सांसदहरुले भने, ‘समिति पनि राज्यकै एउटा महत्वपूर्ण अंग हो। हामीहरु पनि हरुवाचरुवा होइनौं।’

चार बर्षदेखि बुलेटको समस्या यथावत् रहेकाले आफूहरुले छलफलका लागि बोलाएको स्पष्टिकरण दिँदै सांसदहरुले भने, ‘व्यवस्थापिका संसद, संसद अन्तर्गतका समिति, मन्त्रिपरिषद् आवश्यक परे विदाको दिन पनि बस्छ।’

आपूर्ती मन्त्रालयका सचिव देवकोटाको प्रस्तुतिप्रति रुष्ट बनेका सांसदहरुले माफी माग्नुपर्ने अडान लिएपछि बैठकको अन्तिममा सचिवले देवकोटाले गल्ती स्वीकार गर्दै भने, ‘गल्ती भयो माफ गर्नुस्।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.