हुने कुरा गर्दा मजाक उडाइयोः ओली
भानु(तनहुँ): नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको नाममा रामनामी ओढ्नेहरुले देश डुबाएको टिप्पणी गरेका छन्।
तनहुँको भानुमा नेकपा एमालेले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले कांग्रेसमा आवेश, उत्तेजना र सत्तालोलुपता मात्र बाँकी रहेको आरोप लगाएका ओलीले माओवादीप्रति झनै कडा टिप्पणी गरे। ‘पानी पर्दा मस्र्याङदी भन्दा खहरे कडा हुन्छ,' उनल भने,‘अहिलेको माओवादी त्यस्तै हो।'
भरिलो राष्ट्रवाद के हो ?
एमाले अध्यक्ष ओलीले आफुलाई लागेका आलोचनाको जवाफ दिन पनि सक्दो प्रयास गरे। आफुलाई महेन्द्र राष्ट्रवादी तथा खोक्रो राष्ट्रवादी भन्दै विभिन्न दलका नेताहरुले गरेको आलोचनाको उनले जमेर प्रतिवाद गरे। ‘देशलाई अखण्ड राख्छु, अरुसँग झुक्दिन भन्दा खोक्रो राष्ट्रवाद भनियो,' उनले प्रतिप्रश्न गरे,‘तपाइंको भरिलो राष्ट्रवाद के हो?'
मजाकप्रति आक्रोश
आफ्नो मन्तव्यको अधिकांश समय विपक्षीप्रतिको आलोचना र एमालेको तारिफमा खर्च गरेका ओलीले आफूले हुने कुरा गर्छु भन्दासमेत मजाक उडाइएकोमा कटाक्ष गरे। ‘रेल कुदाउँछु भन्दा उडाइयो,' उनले भने,‘हावाबाट बिजुली निकाल्छु भन्दा पनि कसरी निस्कन्छ भनेर मजाक गरियो।' उनले आफूले सम्भव हुने कुरा मात्र गरेको दाबी गरे।