बाढीपीडितलाई सहयोग गर्दै तरुण दल
काठमाडौं : कांग्रेस निकट युवा संगठन तरुण दल बाढीपीडितको राहतमा जुटेको छ। बाढीपीडितको उद्धारमा जुटेको दरुण दल अहिले बारा, पर्सा, र रौतहटमा सक्रिय छ। देश तथा विदेश बाट प्राप्त सहयोग रकमसहित तरुणदल अध्यक्ष जितजंग बस्नेतको टोली तराई झरेको हो।
बस्नेतको टोलीले विपदमा परेका नागरिकलाई नगद, औषधि, खाद्यन्न तथा पाल वितरण गरेको छ। तरुणदलले रौतहटमा १ लाख ७५ हजार नगदसहित ८० थान मण्डी प्रदान गरेको छ। अध्यक्ष बस्नेतले बाढी प्रभावित जिल्लाका संगठनको उपस्थितिमा राहत वितरण कार्य भइरहेको जानकारी दिए।
बस्नेत संगै रातह वितरण अभियानमा तरुणदल महासचिव भुपेन्द्रजंग शाही , उपाध्यक्ष उत्तम चापागाई र कोषाध्यक्ष विद्वान गुरुङलगायतका तरुण नेता सक्रिय छन्।