पोखरामा बंगुर पार्क

पोखरामा बंगुर पार्क

पोखरा : बंगुरपालन व्यवसायलाई व्यवस्थित गर्न पोखरामा बंगुर व्यवसाय औधोगिक पार्क निमार्ण कार्य सुरु भएको छ । पोखरा लेखनाथ महानगरपालिका ३१ बाघमारा स्थित सेती नदिको किनारको १ सय ४० रोपनी क्षेत्रफलमा बंगुर व्यवसाय औधोगिक पार्क निमार्ण कार्य सुरु भएको हो ।

महानगरमा एकीकृत रुपमा बैज्ञानीक ढंगले बंगुरपालन व्यवसाय संचालन गर्ने उद्देश्यले बंगुर ब्रिडर कृषक सहकारी संस्थाको पहलमा बंगुर व्यवसाय औधोगिक पार्क (पिग पार्क) निमार्ण कार्य भइरहको छ ।

पहिलो चरणमा ४ करोड ६८ लाखको लगानीमा पिगपार्क निमार्ण कार्य भइरहेको जिल्ला पशु सेवा कार्यालय कास्कीका प्रमुख डा पुरुषोतम त्रिपाठीले जानकारी दिए । पिगपार्क स्थापनाकालागि नेपाल सरकारको ७० प्रतिशत र व्यवसायीको ३० प्रतिशत लागनी रहने छ । दोस्रो चरणमा ५ करोड नेपाल सरकारको लगानी र त्यसको ३० प्रतिशत व्यवसायीको रहने कार्यालय प्रमुख त्रिपाठीले जानकारी दिए । पिग पार्कका कम्प्लीट प्याकेज तयार हुन २० देखि २५ करोड लाग्ने बताइएको छ ।

निजी जग्गा २५ बर्षकालागि भाडामा लिएर पिग पार्क निमार्ण कार्य भएको हो । सरकारले आवश्यक दोस्रो किस्ताको रकम बेलैमा उपलब्ध गराए आउदो आर्थिक बर्ष देखि पिग पार्क पूर्ण रुपमा संचालनमा आउने बंगुर व्यवसाय औधोगिक पार्क निमार्ण समितिका अध्यक्ष कृष्णबहादुर गुरुङले बताए । पिग पार्ककालागि बैज्ञानिक र प्राविधिकरुपमा पूर्णता दिने काम भने संचालन पछि पनि निरन्तर रुपमा अघि बढ्ने उनले सुनाए ।

महानगरमा जनघनत्व बृद्धि संगै छरिएर बंगुरपालन गरिदा वातावरणीय र मानवीय स्वास्थ्यका दृष्टिले पनि हितकर नहुने भएकोले पशुपंक्षी मन्त्रालयले पोखरेली व्यवसायीको माग अनुसार पोखरामा पिग पार्क निमार्ण कार्य अघि बढेको जिल्ला पशु सेवा कार्यालय कास्कीका प्रमुख त्रिपाठीले बताए । पर्यटकीय शहर पोखरामा बंगुर पालन गर्ने व्यवसायी बढ्दो रहेकोले पिग पार्क स्थापनाले वातावरण मैत्री, हाइजेनिक मासु उत्पादन गर्ने उद्देश्यले योजना अघि बढेको उनले सुनाए । यसवाट मासु उत्पादनमा पोखरावाट देशलाई नै थप योगदान पुग्ने उनले विश्वास गरे ।

२०७३ जेठ २ गतेवाट सुरु भएको पिग पार्क निमार्ण कार्य अन्तर्गत मासुकालागि पालिने बंगुरको खोर बनी सकेको छ । यसै गरि बोरिङ गरि पानी, बिजुली, बाटो र कम्पाउण्डा वाल लगाई सकीएको निमार्ण समितिका अध्यक्ष कृष्णबहादुर गुरुङले जानकारी दिए । प्रजनन केन्द्र, बधशाला, खोर व्यवस्थापन, नाली, दाना स्टोर, क्लिनिक आउस लगाएतका काम हुन बाँकी रहेको उनले सुनाए ।

पिग पार्क दश हजार बंगुर पाल्न सकीने क्षमताको हुने छ । बंगुरलाई फोहोर चिज खुवाउने मान्यता भए पनि यहाँ पालिएका पिग पार्कमा बंगुरलाई फोहोर चिज खुवाइने छैन् । दाना खुवाएर बंगुर पालिने बंगुर व्यवसाय औधोगिक पार्क निमार्ण समितिका सचिव यज्ञ पौडेलले बताए । पिग पार्कमा अन्तर्राष्ट्रि बजारमा प्रतिस्पर्धा गर्न सक्ने हाइजेनिक बंगुरको मासु उत्पादन गरिने योजना अनुसार काम भइरहेको उनले बताए ।

पार्क भित्रै स्थापना हुने बधशालामा मासु काटीने छ । सुरक्षित रुपमा मासु राख्ने चिस्यान केन्द्र पनि पिग पार्क भित्रै हुने छ । पिग पार्कमा ब्रिडिङ गरि पार्कमा चाहिने बंगुरका पाठापाठी उत्पादन गरिने छ । यहाँ १ सय १३ वटा पिग फर्म संचालनमा छन् । कास्कीमा बंगुर र सुंगुरको उत्पादन बर्षेनी बढ्दो छ । मासुको राष्ट्रिय उपलब्धता प्रति ब्यक्ति प्रति बर्ष भन्दा कास्कीमा उपलब्धता प्रति व्यक्ति प्रतिशत धेरै छ । राष्ट्रिय उपलब्धता प्रति व्यक्ति प्रति बर्ष १२ केजी रहेकोमा कास्कीमा १६।४१ केजि रहेको जिल्ला पशु सेवा कार्यालय कास्कीको तथ्याङ्क छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.