नेवानिको बोइङ भदौ २७ मा आउँदै

नेवानिको बोइङ भदौ २७ मा आउँदै

राष्ट्रिय ध्वाजवाहक नेपाल वायुसेवा निगमले नियमित मर्मतका लागि सिंगापुर लगिएको बोइङ भदौ २७ गते काठमाडौं आइपुग्ने भएको छ । अन्तर्राष्ट्रिय उडान गर्दै आएको निगमको बोइङमा बारम्बार समस्या आएपछि करिब दुई महिनाअघि मर्मतका लागि सिंगापुर लगिएको हो । जहाज मर्मतका लागि निगमले गत जुलाई २२ मा बोइङ सिंगापुर लगेको हो । पूर्ण रूपमा जहाज मर्मत सकिएकाले प्राविधिक र पाइलटको टोली सिंगापुर गई भदौ २७ गते जहाज नेपाल ल्याउने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । मर्मत अवस्थाको जहाज हेर्न मात्र यसअघि निगमका दुई दर्जनभन्दा बढी सदस्य सिंगापुर पुगेका थिए । मर्मत बोइङ नेपाल आएपछि निगमका आठ गन्तव्यमा पहिलेकै तालिकाअनुसार उडान गर्ने कंसाकारले बताए ।

काठमाडौं : राष्ट्रिय ध्वाजवाहक नेपाल वायुसेवा निगमले नियमित मर्मतका लागि सिंगापुर लगिएको बोइङ भदौ २७ गते काठमाडौं आइपुग्ने भएको छ । अन्तर्राष्ट्रिय उडान गर्दै आएको निगमको बोइङमा बारम्बार समस्या आएपछि करिब दुई महिनाअघि मर्मतका लागि सिंगापुर लगिएको हो । जहाज मर्मतका लागि निगमले गत जुलाई २२ मा बोइङ सिंगापुर लगेको हो ।

पूर्ण रूपमा जहाज मर्मत सकिएकाले प्राविधिक र पाइलटको टोली सिंगापुर गई भदौ २७ गते जहाज नेपाल ल्याउने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । मर्मत अवस्थाको जहाज हेर्न मात्र यसअघि निगमका दुई दर्जनभन्दा बढी सदस्य सिंगापुर पुगेका थिए । मर्मत बोइङ नेपाल आएपछि निगमका आठ गन्तव्यमा पहिलेकै तालिकाअनुसार उडान गर्ने कंसाकारले बताए ।

बोइङ मर्मतमा पठाउँदा निगमले दिल्ली, दोहा तथा मलेसियामा गर्दै आएको दैनिक उडानमा कटौती गरेको थियो । यसबाट निगमले हवाई यात्रुसँगको विश्वसनीयता एवं अन्तराष्ट्रिय हवाई यात्रुसमेत गुमाउनुपरेको कंसाकारको भनाइ छ । अन्तर्राष्ट्रिय उडानमा सबैभन्दा बढी यात्रु बोक्न सफल नेपाल एयरलाइन्स बोइङमा समस्या आउँदा दोस्रो स्थानमा झरिसकेको छ । बोइङ मर्मत भएर आएपछि बिस्तारै फेरि पहिलेकै अवस्थामा फर्किने कंसाकारको दाबी छ । बोइङ बिग्रँदा निगमलाई भारतीय जेट एयरवेजले पछि पारेको थियो ।


मर्मत अवस्थाको जहाज हेर्न मात्र यसअघि निगमका दुई दर्जनभन्दा बढी सदस्य सिंगापुर पुगेका थिए ।

निगमले अहिले दुई न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । करिब २८ वर्षअघि खरिद गरिएको बोइङमा निगमले पछिल्लो समय मर्मतमै बढी समय खर्चिनुपरेको छ । निगम स्रोतका अनुसार पुरानो जहाज एक साता नियमित उडान भयो भने अर्को साता ग्राउन्डेड हुने गरेको छ । बोइङ उडान पाइलट पनि दुई महिनादेखि बेरोजगार बनेका छन् । तर आन्तरिक उडान गर्दै आएको वाई १२ जहाज भने पाइलट अभावकै कारण नियमित उडान हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.