यसकारण चितवनबाट चुनाव लड्दै दाहाल

यसकारण चितवनबाट चुनाव लड्दै दाहाल

 भरतपुर : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा गृहजिल्ला चितवनबाट चुनाव लड्ने खुलासा गरेका छन् । दोस्रोपटक प्रधानमन्त्री बनेसँगै वातावरण बनाएको भए पनि उनले शुक्रबार चितवन आएर उक्त घोषणा गरेका हुन् । ‘समग्र देशको अनुभवलिएर चितवन आउँदैछु', उनले भने, ‘राष्ट्रिय राजनीतिमा मैले खेलेको भूमिकाको जनताले मूल्यांकन गर्नेछन् भन्ने विश्वास गरेको छु ।'

 

प्रेस सेन्टर भरतपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चितवनबाट आफूले चुनाव लड्ने तयारी गरेको औपचारिक घोषणा गरे । माओवादी केन्द्रको वीरगन्जमा भएको सचिवालय बैठकले आफूलाई चितवनबाट चुनाव लड्ने निर्णय गरेको सुनाए । वीरगन्ज बैठकबाट निर्वाचनमा चितवनबाट प्रतिष्पर्धा गर्ने निर्णय भएकाले यसपटक निर्वाचन लड्न चितवन आउन लागेको उनले बताए । ‘चितवनको भौगोलिक र राजनीतिक भूमिकालाई राष्ट्रियस्तरमा पुर्‍याउने कुरा दिमागमा राखेर म चितवन आउँदैछु', दाहालले भने, ‘यो चितवन र यहाँका जनताका लागि लाभदायक हुन्छ भन्ने लागेको छ ।' शान्ति प्रक्रियामा आएसँगै अन्यत्रबाट चुनाव लडे पनि चितवनलाई उपेक्षा नगरेको उनले बताए ।

आफू कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने नखुलाए पनि चितवन क्षेत्र नम्बर ३ बाट लड्ने उनको योजना छ । प्रतिनिधिसभाका लागि चितवनमा ३ क्षेत्र निर्धारण गरिएको छ । दाहालको घर क्षेत्र नम्बर ३ अन्तर्गतको भरतपुर महानगरपालिका ६ मा पर्छ । दाहालले कांग्रेससँगको तालमेलबाट उठ्ने संकेत गरे । केन्द्र र प्रदेशमा पनि कांग्रेससँग तालमेल हुने उनले बताए । ‘संघीय लोकतान्त्रिक पक्षधरसँग तालमेल गर्ने पार्टीको निर्णय हो', दाहालले भने, ‘शान्ति प्रक्रियाको सुरुवात कांग्रेससँग भएकाले हाम्रो प्राथमिकतामा कांग्रेस नै रहन्छ ।'

कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले दाहालको उम्मेदवारी आफूहरूको सरोकारभन्दा बाहिरको कुरा भएको बताए । ‘तीन नम्बर क्षेत्र कांग्रेसको पकड क्षेत्र हो', श्रेष्ठले भने, ‘दाहाल किन र के आधारमा यहाँबाट लड्न लाग्नुभएको हो, त्यो उहाँको पार्टीले जान्ने हुरा हो ।' पत्रकार सम्मेलनमा पार्टीका पोलिटब्युरो सदस्यहरू अमिक शेरचन, नारायण दाहाल, सूर्य सुवेदी, भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल उपस्थित थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.