‘सडकमा कुर्लने सरकारमा गएर माखो नमार्ने एमाले’

‘सडकमा कुर्लने सरकारमा गएर माखो नमार्ने एमाले’

चरीकोट : पूर्व परराष्टमन्त्री एवंम नेपाली काँग्रेसका केन्द्रिय सदस्य डाक्टर प्रकाशशरण महतले सडकमा कुर्लेर मात्र राष्ट्रवादी नभइने बताएका छन् । सडकमा चर्का कुरा गर्ने अनि सरकारमा गएपछि माख्खो नमार्ने एमालेको प्रचारबादी प्रवित्तिले देश संकटमा गएको आरोप उनले लगाएका छन् ।


नेपाली काँग्रेस जिल्ला कार्यसमिति दोलखाको आयोजनामा १०४ औ विपि जयन्तीको अवसरमा सदरमुकाम चरीकोटमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै काँग्रेस नेता महतले काँग्रेसले गरेको कामहरुलाई प्रचार प्रसार गर्न नसक्दा पछि परेको बताए । उनले एमाले र माओवादीले थोरै काम गर्ने तर धेरै प्रचार गर्ने गरेको बताउदै धेरै काम गरेर पनि काँग्रेस पछि परिरहेको बताए ।

 
बृद्धा भत्ता काँग्रेसको सरकारले पनि बढाएको भएपनि चर्चा नभएको र एमालेको सरकारले बाढ्दा धेरै चर्चा भएर जनता भ्रममा परेको बताउदै उनले यस्ता भ्रमलाई चिर्न कार्यकर्ताहरुलाई गाउँअभियानमा लाग्न निर्देशन दिएका छन् । एक अर्को पसंगमा बोल्दै पूर्व मन्त्रि महतले दुई नम्वर प्रदेशमा काँग्रेस पहिलो पार्टी बन्ने बताउदै प्रदेश र संघको निर्वाचनमा पनि बहुमतको साथ देशकै ठुलो पार्टि बन्ने बताए ।
यसैगरी साँसद तिर्थ लामाले काँग्रेसकै नेतृत्वमा संविधान जारी भएको,स्थानीय तहको निर्वाचन भएको ,प्रदेश र सँघको निर्वाचनको पनि मिति निश्चित भइसकेको बताउदै देशको विकास चाहनेहरुले काँग्रेसलाई जिताउने बताए ।
यस्तै नेपाल विद्यार्थी सघंका महामन्त्री कुन्दनराज काफ्लेले विपिको विचार र सिद्धान्तलाई आत्मासाथ गर्ने हो भने काँग्रेसले कहिले नहार्ने बताउदै आफै भित्रका आत्माघातिहरुको कारण सधै दोलखामा हार्नुपरेको बताए । मंसिरमा हुने प्रदेश र संघको निर्वाचनलाई लक्षित गर्दै महामन्त्री काफ्लेले यो पटक तीन वटै सिट काँग्रेसको पोल्टामा पर्ने दावी गरे । गाउँ अनि सहरमा विद्यार्थी,युवाहरुलाई परिचालन गरी काँग्रेसको सिद्धान्तलाई विस्तार गरी देशको पहिलो पार्टि बनाउन आफुहरु लागि पर्ने प्रतिबद्धता जनाए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.