नयाँ शक्ति र विप्लवको सिंगो संगठन माओवादी केन्द्रमा समाहित

नयाँ शक्ति र विप्लवको सिंगो संगठन माओवादी केन्द्रमा समाहित

भक्तपुर : बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भक्तपुरको सिंगो जिल्ला संगठन माओवादी केन्द्रमा समाहित भएको घोषणा गरिएको छ।

नयाँ शक्ति भक्तपुरका संयोजक ओम वाग्ले र नेकपामा भक्तपुर इन्चार्ज युवराज आचार्यले आफूहरुको सिंगो जिल्ला संगठन समिति माओवादी केन्द्रमा ध्रुवीकृत भएको घोषणा गरेका हुन्।

 

भक्तपुरमा शनिबार भएको उक्त वृहत वैचारिक तथा राजनीतिक ध्रुवीकरण कार्यक्रममा नयाँ शक्तिका भक्तपुर संयोजक वाग्लेले भक्तपुरमा रहेका नयाँ शक्तिका १२ जना केन्द्रीय परिषद् सदस्यसहित जिल्ला संगठनका ५० जना स्थानीय नेताहरु माओवादी केन्द्रमा समाहित भएको जानकारी दिए।

‘नयाँ शक्तिमा यथास्थितिवादी एवं प्रतिगामीहरु हावी भएपछि जनयुद्ध र २०६२÷६३ को आन्दोलनका उपलब्धि रक्षा गर्न कम्युनिष्ट एवं क्रान्तिकारीहरु फुटेर होइन जुटेर अघि बढ्नुपर्ने निष्कर्षसहित माओवादी केन्द्रमा समाहित भएका हौं’, उनले भने, ‘अहिले छुटेका साथीहरु पनि क्रमशः ध्रुवीकरणमा आउनुहुन्छ।’

त्यस्तै नेकपा विप्लवका भक्तपुर संयोजक आचार्यले जनताको अधिकार स्थापित गर्न स्थानीय तहको निर्वाचन उपयोग गर्नुपर्नेमा पार्टी चुकेपछि नै पार्टीले जनताको हित नगर्ने निष्कर्षसहित माओवादी केन्द्रमा ध्रुवीकृत भएको सुनाए।

नेकपाभित्र हुकुमी शैली हावी हुनुका साथै सिंगो पार्टी व्यक्ति विशेषको स्वार्थपूर्ति गर्ने गोटी बन्न थालेको उनको आरोप थियो।

निर्णायक क्रान्ति गर्न बाँकी : बादल

नयाँ शक्ति र नेकपा विप्लवको भक्तपुर जिल्ला संगठन माओवादी केन्द्रमा धु्रवीकरण कार्यक्रममा माओवादीका संगठन विभाग प्रमुख रामबहादुर थापा बादलले अझै निर्णायक क्रान्ति हुन बाँकी भएको ठोकुवा गरे।

संविधानले नै दलाल पूँजीपति र नोकरशाहीहरुलाई अधिकार सम्पन्न बनाएको भन्दै उनले सर्वहारा एवं श्रमजीवी वर्गहरुको राज्य सत्ता प्राप्तिको लागि निर्णायक क्रान्ति गर्न बाँकी भएको बताएका हुन्।

क्रान्तिको कुरा गरिरहँदा हतियार उठाउने तथा जंगल पस्ने जस्ता शब्द उच्चारण नगरेका नेता बादलले देशको परिस्थितिमा आमूल परिवर्तन ल्याउनु नै क्रान्ति भएको प्रस्ट्याए।

‘मुलुकमा गणतन्त्र आए पनि शासनसत्तामा दलाल पूँजीपति, नोकरशाहीकै नेतृत्व कायम छ’, उनले भने, ‘अझै श्रमजीवी वर्ग शासनसत्ताको नेतृत्वमा पुगेका छैनन्। त्यसैले निर्णायक क्रान्ति गर्न बाँकी छ।’

प्रत्यक्ष निर्वाचित शासकीय स्वरुप पार्टीको लाइन

पार्टीको सचिवालयले प्रत्यक्ष निर्वाचित शासकीय स्वरुप र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई राजनीतिक आन्दोलनको रुपम अघि बढाउने निर्णय गरेको नेता बादलले जानकारी दिए।

राजनीतिक अस्थिरताले मुलुक आर्थिक विकास र समृद्धितर्फ जान नसकेकाले पार्टीले प्रधानमन्त्री होस् या राष्टपति तर प्रत्यक्ष निर्वाचित शासकीय प्रणाली हुनुपर्ने निर्णय गरेको उनको भनाइ थियो।

‘निर्वाचन महंगो हुँदै आएको छ। जुन स्थानीय तहको निर्वाचनले नै पुष्टि गरिसकेको छ’, नेता बादलले थपे, ‘जित्न पनि भोट किन्ने र हार्नेले पनि भोट बेच्ने प्रवृत्ति विकास भएको छ। जसले गर्दा लाखौं रुपैयाँ नहुनेले चुनाव जित्ने स्थिति छैन। यसो हुँदा अपराधी, तस्कर, माफियाहरुमात्रै जनताका प्रतिनिधि हुने भए। वास्तविक मजदुर किसानका प्रतिनिधि संसदमा नहुने खतरा बढेको छ। त्यसैले भोट किनबेच गर्न नपर्ने गरी निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाउनुपर्ने पार्टीको लाइन हो।’

उनले देशभर भइरहेको माओवादी केन्द्रतर्फको ध्रुवीकरणलाई अझ्र तीव्र बनाउनुपर्नेसमेत बताए। ‘क्रान्तिकारी शक्तिहरुको एकता गर्दै समाजवादी क्रान्तितर्फ अघि बढ्ने राजनीतिक तथा वैचारिक ध्रुवीकरणलाई अझ तीव्र बनाउनुपर्छ’, नेता बादलले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.