प्रदेश नं २ का उम्‍मेदवारहरुलाई चुनाव चिन्ह प्रदान

 प्रदेश नं २ का उम्‍मेदवारहरुलाई चुनाव चिन्ह प्रदान

काठमाडौँ: स्थानीय तहको तेस्रो चरणमा आगामी असोज-२ गते हुने प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा उम्मदवारी दिने उम्मेदवारलाई शान्तिपूर्ण र व्यवस्थित ढंगबाट चुनाव चिह्न प्रदान गरिएको छ। प्रत्येक जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट शान्तिपूर्ण वातावरणमा उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

 

व्यवस्थापिका-संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको छ भने अन्य दल र स्वतन्त्रले भने आयोगले निर्धारण गरेको चुनाव चिह्न प्राप्त गरेका छन्।

निर्वाचन कार्यक्रम अनुसार शनिबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यसूची रहेको थियो।निर्वाचन चिह्नप्राप्त गरेसँगै उम्मेदवारलाई प्रचारप्रसारका लागि मार्गप्रशस्त भएको छ।

कतिपय उम्मेदवार निर्वाचन चिह्न पाएलगत्तै घरदैलो र प्रचारप्रसारमा जुटिसकेका छन्।तेस्रो चरणको स्थानीय तहको निर्वाचन सकिएसँगै संविधान कार्यान्वयनको एउटा चरण पूरा हुनेछ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी)का अनुसार ३७ हजारभन्दा बढीले स्थानीय तहको विभिन्‍न पदमा प्रतिस्पर्धा गर्दैछन्।स्थानीय तहमा उम्मेदवारी दर्ता गराएका मध्ये ५९१ जनाले उम्मेदवारी फिर्ता लिएका थिए।

तेस्रो चरणको स्थानीय तहको यस निर्वाचनबाट एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका गरी कूल छ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुने छन्। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.