होटल बुकिङ ५० प्रतिशत

होटल बुकिङ ५० प्रतिशत

काठमाडौं : पर्यटकीय सिर्जन सुरुसँगै देशभरका होटेलमा ५० प्रतिशतभन्दा बढी कोठा बुकिङ भइसकेको होटल व्यवसायीले बताएका छन् । विदेशी पर्यटकको आगमन पनि बढ्दो छ । पर्यटकीय आगमनले होटल व्यवसायमा चलपल सुरु भइसकेको छ । पर्यटक आगमनलाई हेर्दा भूकम्प र भारतीय नाकाबन्दीले थला परेको पर्यटन क्षेत्र यो सिर्जनसँग उकालो लाग्नेमा पर्यटन व्यवसायी आशावादी छन् ।

तर, पर्यटकीय गन्तव्यसम्म जोडिएका सडक सञ्जालमा देखिएको समस्या समाधानमा सरकारले चासो नदेखाउँदा पर्यटन क्षेत्रमा नकारात्मकम असरपर्ने व्यवसायी बताउँछन् । हवाई सञ्जालमा रहेको महँगो फेयरले काठमाडौंभन्दा बाहिरका पर्यटकी गन्तव्यमा पर्यटक आगमन कमी हुने गरेको व्यवसायी बताउँछन् । सन् २०१७ को ६ महिनामै साढे चार लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरिसेका छन् । यो संख्या पर्यटकीय सिर्जन सुरुभएसँगै बढेर सन् २०१७ मा १० लाख पुग्ने नेपाल पर्यटन बोर्डको अनुमान छ ।

 

नेपाल होटल एसोसिएसन अर्फ (हान) का अनुसार विगतका वर्षभन्दा यो वर्ष सिर्जन सुरुसँगै पर्यटक आगमन बढेको छ । एसोसिएसनका महासचिव विनायक शाहाले सिजन सुरुसँगै उपत्यकालगायत धुलिखेल, नगरकोट क्षेत्रमा सञ्चालित होटलका कोठा ६० प्रतिशत बुकिङ भइसकेको जानकारी दिए । होटल बुकिङलाई हेर्दा इतिहासमै यो वर्ष बढी पर्यटक आगमन हुने संकेत देखाएको उनको भनाइ छ । विगतका वर्षमा यतिखेर ४० प्रतिशत मात्रै होटलका कोठा बुकिङ हुन्थ्यो । सिर्जन सुरुभएसँगै पहिलो चरणमा भएको बुकिङलाई हेर्दा सन् २०१७मा १० लाख भन्दा बढी विदेशी पर्यटक नेपाल भ्रमणका लागि आउने शाहाको अनुमान छ ।

यो सिजनमा होटलको अकुपेन्सी ९० प्रतिशत पुग्ने उनको भनाइ छ । तर, उपत्यका पछिको दोस्रो पर्यटकीय गन्तव्य पोखराको होटल बुकिङ भने सन्तोष जनक छैन । पश्चिमाअञ्चल होटल एसोसिएसनमा पूर्वअध्यक्ष हरीप्रसाद शर्माका अनुसार पोखरामा सञ्चालित होटलका ३० प्रतिशतभन्दा बढी कोठा बुकिङ भइसकेको छ । विगत वर्षमा यतिखेर ४० प्रतिशतभन्दा बढी बुकिङ हुन्थ्यो । बुकिङ पहिलो चरणका कमी देखिए पनि बढ्दो रहेकाले ८० प्रतिशतसम्म होटलको अकुपेन्सी पुग्ने शर्माको अनुमान छ । पोखरालगायत चार नम्बर प्रदेशमा पाँच सयका हाराहारीका होटल छन् ।

भारत र चीनबाट आफ्नै सावरी लिएर नेपाल भ्रमणका आउने पर्यटकको संख्याका भने केही कमी रहेको शर्माले बताए । दुई नम्बर प्रदेशमा हुन लागेको स्थानीय तहको निर्वाचन र सडक सञ्जालमा देखिएको समस्याका कारण बुकिङमा कमी आएको उनको भनाइ छ । चितवन तथा सौराह क्षेत्रका होटल व्यवसायी बाढीले क्षति गरेको होटलको संरचना मर्मत तथा रङरोकनमा व्यस्त छन् ।

चिनियाँ पर्यटकको आगमनमा केही कमी देखिए पनि पर्यटक आगमन बढ्दो रहेको ग्रिन पार्क होटलका अध्यक्ष केशव पान्डेले बताए । सौराह आसपासमा रहेका सयभन्दा बढी होटलका ५० प्रतिशतभन्दा बढी कोठा बुकिङ भइसकेको उनले बताए । यो संख्या बढेर ९० प्रतिशतसम्म पुग्ने उनको भनाइ छ । पर्यटकी सौराह काठमाडौ र पोखरापछिको पर्यटक आगमन बढी हुने गन्तव्य हो । बुद्ध धर्मावलम्बीको आर्कषणमा रहेको लुम्बिनी क्षेत्रमा आउने पर्यटकको संख्या भने गत वर्षभन्दा बढी रहेको भरैहवा नान्स होटलका सञ्चालक सीपी श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.