मदिरामा नक्कली होलोग्राम

मदिरामा नक्कली होलोग्राम

बुटवल : रूपन्देहीमा नक्कली अन्तः शुल्कको होलोग्राम टाँसिएको मदिरा बिक्री भएको पाइएको छ। यसले करोडौं राजस्व गुमेको छ। नक्कली होलोग्राम टाँसिएको मदिरा बिक्री भइरहेको आन्तरिक राजस्व कार्यालय र राजस्व अनुसन्धान कार्यालयमा व्यवसायीले जानकारी गराएका थिए। तर, ती कार्यालयले नक्कली होलोग्रामको मदिरा नियन्त्रण गर्न कुनै चासो नदिँदा व्यवसायी स्वयंले नियन्त्रणमा लिएका छन्।

 

मदिरा व्यवसायी संघले सालझन्डीस्थित रोमित स्टोरमा राखिएको चरी लिक्वर्स प्रालि बलेनी, सिन्धुलीबाट उत्पादित भुन्टे र निम्तो नामक ५० यूपी शक्तिका एक सय ८० एमएलका ६ पेटी मदिरा नियन्त्रणमा लिएका छन्। बुटवल-८ स्थित गंगा स्टोरबाट पनि त्रिशक्ति डिस्टिलरी ललितपुरबाट उत्पादित ५० यूपी शक्तिको एक सय ८० एमएलको मदहोस नामक मदिरा एक पेटी बरामद गरिएको मदिरा उद्योग संघले जनाएको छ।

बुटवलमा पत्रकार सम्मेलन गरी संघले मदिरा बरामद भएको जानकारी गराएको हो। संघका केन्द्रीय महासचिव राजु गुरुङले सस्तो मूल्यमा मदिरा बिक्री भएको जानकारी पाएपछि संघले नै नियन्त्रणमा लिएको बताए। ‘हामीले पटकपटक सम्बन्धित निकायमा जानकारी गरायौं तर कुनै सुनुवाइ भएन', उनले भने, ‘नक्कली होलोग्रामका मदिरा बिक्री हुँदा राजस्व तिर्ने व्यवसायी मारमा परेकाले अनुगमन गरेका हौं।'

रूपन्देहीका ग्रामीण भेगमा खपत हुने ५० यूपी शक्तिका १८० एमएलका बोतलमा नक्कली स्टिकर प्रयोग हुने गरेको छ। सहरी क्षेत्रमा खपत हुने २५ यूपी शक्तिका ७५० एमएलका बोतलमा पनि भेटिएको उनले बताए। संघले नियमनकारी निकायको बेवास्ता तथा सूक्ष्म अनुगमनको अभावका कारण मदिरा बजारमा अन्तः शुल्कका नक्कली स्टिकरको बिगबिगी बढेको बताएको छ।

पटकपटक नक्कली स्टिकर प्रयोग भएकाबारे प्रमाणसहित सरकारी निकायमा जानकारी गराउँदा पनि कुनै पहल नभएपछि उद्योगीव्यवसायी आफैं बजारमा उत्रिनु परेको संघका पश्चिमाञ्चल उपाध्यक्ष वीरेन्द्र रानाले बताए। उनले भने, ‘हामी प्रमाण लिएर आन्तरिक राजस्व कार्यालय र विभागमा समेत नक्कली स्टिकर लिएर प्रमाणसहित पुग्यौं तर कुनै किसिमको चासो राखिएन।'

रूपन्देहीका ग्रामीण भेगमा खपत हुने ५० यूपी शक्तिका १८० एमएलका बोतल र सहरी क्षेत्रमा खपत हुने २५ यूपी शक्तिका ७५० एमएलका बोतलमा नक्कली होलोग्राम प्रयोग।

राजस्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलका प्रमुख नरेन्द्र प्रकाश पाण्डेले अनुसन्धान टोलीले त्यस्ता मदिरा प्राप्त नगरेको बताए। ‘व्यवसायीले समातेका छौं भन्नुभएको छ, हामीले भने भेटाएका छैनौं', उनले भने। विशेष गरी ७० यूपी शक्ति, ५० यूपी शक्ति, ४० यूपी शक्तिका मदिरामा बढी मात्रामा नक्कली स्टिकर प्रयोग हुने गरेको पाइएको छ भने ३० यूपी शक्ति र २५ यूपी शक्तिका मदिराका बोतलमा पनि भेटिने गरेको जानकार बताउँछन्।

नेपालमा उत्पादन हुने मदिराका लागि पहिले भारतमा छापिएका स्टिकर प्रयोग हुने गरेको र त्यहाँबाट छापिएका स्टिकर चोरी पैठारी हुने क्रम बढेपछि हाल केही वर्षयता इन्डोनोसियाबाट छपाई गरी ल्याउने नेपालमा गरिन्छ। इन्डोनोसियाबाट स्टिकर आउन थालेपछि तस्करहरू भारततर्फ नक्कली स्टिकरको खोजीमा लागेको बताइएको छ।

हालै वीरगन्ज भन्सार नाकाबाट नेपाल भित्रिँदै गरेको अवस्थामा ८६ हजार चार सय ७० थान नक्कली स्टिकर बरामद भएकोे थियो। बरामद अवैध स्टिकरमा ५० यूपी शक्तिको एक सय ८० एमएलको बोतलमा राखिने ६७ हजार तीन सय ७० थान र २५ यूपी शक्तिको सात सय ५० एमएलको बोतलमा प्रयोग हुने १९ हजार एक सय १० थान थियो। एक क्वाटर मात्राको मदिराको एक पेटीमा नक्कली स्टिकर लगाउँदा १४ सय राजस्व गुम्छ भने यूपी २५ का मदिरामा एक हजार राजस्व गुम्ने व्यवसायी बताउँछन्।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.