मधेश विरोधीलार्इ मतबाट जवाफ: नेता निधि

मधेश विरोधीलार्इ मतबाट जवाफ: नेता निधि

जनकपुरधाम: नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन संघीयताका पक्षधर र संघीयताका विरोधीलाई पहिचान गर्ने अवसर भएको बताएका छन्।

 

नेपाली कांग्रेसको मिडिया सेन्टरद्वारा सोमबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले संघीयता विरोधीलाई परास्त गर्नु अहिलेको आवश्यकता भएको बताए। पूर्व उपप्रधानमन्त्री समेत रहेका निधिले नेकपा (एमाले) मधेश विरोधी शक्ति भएको प्रसंग उल्लेख गर्दै मधेशीलाई विदेशी भन्नेलाई मधेशी जनताले मतबाट सबक दिने समय आएको धारणा राखे।

प्रदेश नं २ मा कांग्रेसको लहरलाई देखेर विपक्षी एमालेलगायतका दलहरुमा छटपटी बढेको बताउँदै एमालेकै कारण संविधान संशोधन हुन नसकेको आरोप पनि लगाए।

कांगेसका केन्द्रीय सदस्य एवं प्रचारप्रसार समितिका संयोजक रमेश लेखकले २ नं प्रदेशमा कांग्रेसका पक्षमा अपार जनसमर्थन देखिएको चर्चा गर्दै मतदाताहरूले कांग्रेसलाई अत्यधिक मतले जिताउन चुनावलाई अवसर र उत्सवका रूपमा लिन उल्लेख गरे।

उनले तेस्रो चरणको चुनाव मधेश र मधेशी जनताको पक्षमा उभिने र उभिन नचाहनेको जनमत संग्रह रहेको समेत बताए।रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.