सांसद मियाँको बबरमहलस्थित कोठामा चोरी

सांसद मियाँको बबरमहलस्थित कोठामा चोरी

दाङ: सांसद अनारकली मियाँको कोठामा चोरी भएको छ।सासद मियाँ जिल्लामा आएको बेला काठमाडौको बबरमहलमा रहेको कोठामा सोमबार दिउँसै चोरी भएको हो।

 

सांसद मियाँका अनुसार दिउँसो नै चोरले कोठा फोरेर कोठाका विभिन्न सामान चोरी गरेको छ। साँसद मियाले भनिन् ' 'म जिल्लामा छु।मेरो काठमाडौमा रहेको कोठामा चोरी भएको छ।'

'घरभेटीले खबर गरेपछि मात्रै थाहा भयो।' उनले भनिन्, 'सासदको कोठा समेत सुरक्षित छैन। जनतामा झन के होला? उनले भनिन्, 'काठमाडौमा चोरी बढिरहेको छ, राज्यले सुरक्षा दिन सक्नुपर्छ।'

मियाँले कोठामा रहेका केहि उपकरण सामग्री, प्याप्टप, आइप्याड, क्यामरा, केहि गहना समेत चोरीएको बताइन। उनी मानबहादुर खडकाको घरको भुईतलामा बस्दै आएको बताइन्। सोमबार दिउँसो भएको चोरीको खबर आए लगतै प्रहरी अहिले घटना स्थलमा पपुगेका सासद मियाले बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.