दुर्इ छिमेकी देशसंग मित्रवत सम्बन्ध: अोली

दुर्इ छिमेकी देशसंग मित्रवत सम्बन्ध: अोली

काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको समृद्धिका लागि एमालेले निर्वाचनमा दुई तिहाइ ल्याउने उद्देश्य राखेको बताएका छन्। उनले देशलाई ढिलो नगरी समृद्धिको बाटोमा लैजानुपर्ने बताए।

 

नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी सोमबार एमालेमा समाहित भएको अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले दुई छिमेकी देशसँग मित्रवत् र समान सम्बन्ध राखेर टकरावमा नपरी नेपालले आफ्नो हितका पक्षमा काम गर्नुपर्नेमा जोड दिए।

छिमेकीसँगको पुराना मानसिकता र व्यवहार परिवर्तन गरेर नयाँ सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले छिमेकीलाई डुबान गराउन र सीमा स्तम्भ सार्ने जस्ता काम नगर्न आग्रह गरे।

कार्यक्रममा एमाले उपाध्यक्ष वामदेव गौतमले साम्राज्यवादी र पूँजीवादीले एमालेमाथि प्रहार गरिरहेका बेला एउटा सिंगै पार्टी एमालेमा आएर थप राष्ट्रिय एकता जोगाउन सहयोग पुग्ने बताए। कार्यक्रममा नवप्रवेशीका तर्फबाट लोकतान्त्रिक पार्टीका अध्यक्ष चूडादेवसिंह लामा, संरक्षक वसन्तराज कुँवर र वरिष्ठ नेता धरणीधर खतिवडाले एमालेको देशप्रति देखिएको झुकावका कारण आफूहरु त्यसमा प्रवेश गरेको बताए।

एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आयोजित कार्यक्रममा २१४ जना सो पार्टीका सबै केन्द्रीय, प्रदेश र जिल्ला समितिसहित प्रवेश गरेका थिए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.